News Portal

  • मोरङको उर्लाबारीमा फेरी अर्को दुर्घटना, ३ जना घाईते

    हिमालीसंचार संवाददाता
    २४९ पटक

    उर्लाबारी – मोरङको उर्लाबारी-३ मंगलबारे स्थित सोल्टी खोला पुलको डिभाइडरमा म्याजिक भेन अनियंत्रित भई ठोक्किर दुर्घटनामा परेको छ ।

    बिराटनगरबाट खाद्य सामाग्री बोकेर पूर्वको दमकतर्फ जादैगरेको प्रदेश १-०२००२च ४२६७ नम्बरको म्याजिक भेन अनियन्त्रित भई पुलको डिभाईडरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा भेनका चालक बिराटनगर बस्ने अजय कुमार शाहको हात र खुट्टामा सामान्य चोट लागेको छ भने कामदार सद्दाम हुसेन र अनवर अन्सारीलाई सामन्य चोटपटक लागेको अस्थाई प्रहरी चौकी मगलबारेका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधानले हिमालीसचंरडटकमसंग बताए ।

    प्रारम्भिक अनुसन्धानका क्रममा शुक्रवार बिहान करिब ६:३० बजेको समयमा भएको दुर्घटनामा भेनका चालक निदाएका कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाको बिस्तृत अनुसन्धानका लागि भेन र भेनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ। 

    यस अघि सोही पुलमा बुधबार बिहानै मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किदा उर्लाबारी-७ का निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal