News Portal

  • दलित भएकै कारण सुवासले गंगाजमुना गाउँपालिकाको जागीर गुमाए

    हिमालीसंचार संवाददाता
    १५८६ पटक

    धादिङ। धादिङ जिल्ला गंगाजमुना गाउँपालिकामा प्रायजसो जसो राम्रो होस् या नराम्रो कामबाट बेलाबखतमा चर्चामा आईरहेकाे छ। हिजो गंगाजमुना गाउँपालिकामा यस्तै एउटा नपत्याउँदो घटना घटेको छ। पालिकामा संचालित क्यान्टीनमा काम गर्न स्थानीय युवा सुवास बिकलाई दलित भएकै कारण उनेले गरेकाे काम छाेडन बाध्य बनाईयो।

    पालिकामा संचालित क्यान्टीनमा कुककाे काम गर्थे। क्यान्टीन सञ्चालक दिपेन्द्र अधिकारी र सुवास बिकबीच मासिक बीस हजारमा काम गर्ने मौखिक रुपमा सहमति भएको थियो। सुवास गाउँमा नै काम पाएका कारण उनी खुसी थिए।

    तर उनकाे खुसी केही दिनमै दलित भएको कारणले काम छोड्न बाध्य भयाे। त्यस क्यान्टिनमा स्थानीय व्यक्ति हस्पिटलका कर्मचारी गाउँपालिकाका कर्मचारी स्कुलका शिक्षक शिक्षिकाहरु सबैजना खाजा खान आउँथे। त्यस क्यान्टिनमा एक स्थानीय व्यक्ति खाजा खान आउने क्रममै सुवासलाई देखेपछि याे बिबाद बाहिर आएकाे हाे।

    क्यान्टिनमा पालिका कर्मचारी, हस्पिटलका कर्मचारी प्रायजसो: खाजा खान आउन छाडेपछि क्यान्टिन सञ्चालक दिपेन्द्र अधिकारीले बाध्य भएर सुवासलाई काम छोड्न भने।स्थानीय कर्मचारी तथा जनप्रतिनिधिहरुले दलित भएके कारणले जागिर छोड्न बाध्य बनाए।

    छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो। नेपालको सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा छुवाछुत प्रथा अझै व्यापक रूपमा चलिरहेको भेटिन्छ।

    यस्ता व्यवहार हाम्रा समाजका समस्या हुन्। परम्परागत सोचमा आधारित यस्ता समस्या समाधान गर्न शिक्षा र सचेतना बढाउनु जरुरी छ। यस विषयमा माईस्थान एक आएका सबै राजनीतिक दलको अग्रजहरु र स्थानीय सरकार प्रशासन सबै बसेर छलफल गरि समस्याकाे समाधान गर्नु पर्दछ।

    एक्काइसौं शताब्दी शताब्दीमा पनि जातीय कुरा गर्नु कति लाजमर्दो छ, राजनीतिक दलका नेताहरुले भाषण मात्रै गर्छन तर व्यवहारमा कैले उतार्ने। परिवर्तन भनेको सबैभन्दा पहिला आफैबाट गरौं त्यसपछि आफ्नो परिवार समाज गाउँको अनि देशको परिवर्तन गरौं अनिमात्र देश बिकास हुन्छ। जातीय छुवाछुत कानुनी अपराध हो।

    नेपाललाई सरकारले नै जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिसकेको छ। तर पनि अहिले समाजमा जातकै आधारमा भेदभाव हुनेक्रम रोकिएको छैन। गृहपृष्जातीय छुवाछुत कानुनी अपराध हो।

    नेपाललाई सरकारले नै जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिसकेको छ। तर पनि अहिले समाजमा जातकै आधारमा भेदभाव हुनेक्रम रोकिएको छैन। अहिले पनि दलित भएकै कारण मान्छेहरू कथित उपल्लो जातबाट कुटिएका छन्।

    केही दिन पहिले मात्र सुर्खेतको पश्चिम बराहताल गाउँपालिकामा भान्सा छोएको आरोपमा एक दलित बालकमाथि निर्मम कुटपिट भयो। समाजमा अहिले पनि दलितमाथि विभेद गर्नेक्रम रोकिएको छैन। पँधेरो होस् वा घरभित्र सामान छुँदासमेत दलितले यातना व्यहोर्नु परिरहेको छ। शिक्षित व्यक्तिहरूले नै दलितमाथि जातीय विभेद गर्ने र मन्दिरमासमेत रोक लगाउने गरेको पाइन्छ।

    जातजाति वंश समुदाय वा पेसाका आधारमा गरिने भेदभाव वा छुवाछुत हाम्रो समाजमा लामो समयदेखि वंशाणुगत रूपमा चलिरहेको छ। पहिला कामको आधारमा माथिल्लो जात र तल्लो जात भनेर वर्गीकरण गरिएको हो। काटे रगत सबैको रातै आउँछ मान्छे एउटै हुन् भन्ने जनचेतनाको कमीका कारण हाम्रो नेपाली समाजमा अझै पनि जातीय छुवाछुतले जडो गाडेर बसेको छ।

    माथिल्लो जात वा वर्गले तल्लो जातका व्यक्ति र समुदायलाई अझै पनि हेप्ने र गाली गलौज गर्ने चलन छ। यसलाई उन्मूलन बनाउनको लागि सबैमा जनचेतना जगाउन जरुरी छ। भेदभाव तथा छुवाछुतलाई अन्त्य गर्नु सबै सचेत नागरिकको भूमिका रहन्छ।

    प्रतिकृया दिनुहोस्

    भारतीय सेना र माओवादी भिडन्त, १८ जनाको मृत्यु

    दिल्ली। सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ।...

    मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

    काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेश...

    बैशाख २९ गतेदेखि धरानमा दोस्रो अल्फा विटा ओपन बास्केटवल प्रतियोगिता हुने

    बैशाख-४, मंगलबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानमा दोस्रो अल्फा विटा...

    आज बैशाख-४ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ४ गते मंगलबार इश्वी सन् २०२४ अप्रिल १६...

    मोरङको रतुवामाई स्थित कटुन खोलामा अझै पुल बन्न सकेन

    बैशाख-३,सोमबार/मोरङ – मोरङको रतुवामाई नगरपालिकाको वडा नं. ५ र वडा नं. ६ को विचमा पर्ने...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal