News Portal

  • कालीकोटका बाढीपहिरा पीडितका घर अझै बनेनन्

    हिमालीसंचार संवाददाता
    २१३ पटक

    मान्म। गतवर्षको बाढीपहिराका कारण घरबारविहीन भएका कालीकोट नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीका लागि घर निर्माणको काम अझै सुरु हुन सकेको छैन। घर निर्माण हुन नसक्दा उनीहरु हिउँदको जाडोमा कठांग्रिएर दिन काटन बाध्य भएका छन्।

    गत वर्षको बाढीपहिराले क्षतविक्षत भएको नरहरिनाथ गाउँपालिकामा उनीहरुका लागि १ सय ५१ घर बनाउनु पर्नेमा बल्लतल्ल ५० घर सकिएको छ। अन्य घरको काम अझै सुरु हुन सकेको छैन। गत हिउँदको जाडोमा कठांग्रिएर दिन कटाएका बाढीपहिरा पीडितले अझै घरमा बस्न पाएका छैनन्।

    सङ्घीय तथा प्रदेश सरकारले ढिलोगरी बजेटको अख्तियारी दिँदा गत आर्थिक वर्षमा ५० घर निर्माण भएको थियो भने चालू आर्थिक वर्षमा १०१ घर निर्माण हुने गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताउनुभयो। “गतवर्ष कर्णाली प्रदेश सरकारको १ करोड ७० लाखको लगानीमा ५० घर बनाइएको छ” उहाँले भन्नुभयो, “यो वर्ष थप ४ करोड बजेट आएको छ। यो बजेटबाट १०१ बन्नेछन्।”

    त्यस्तै, गतवर्षको पहिरोबाट क्षतविक्षत भएको रास्कोटमा बाढीपहिरापीडितका लागि २०६ घर बनाउनुपर्नेमा बल्लतल्ल १०६ घर बनाएको र अन्य घरको काम अझै सुरु हुनसकेको छैन। परिवार आफैंलाई निर्माणको जिम्मा दिएको प्रदेश सरकारले बनाएका घर अझै हस्तान्तरण गरेको छैन। नगरपालिकाले माघसम्म औपचारिक कार्यक्रम गरेर बनेका घर हस्तान्तरण गर्ने योजना बनाएको नगरप्रमुख काशीचन्द बरालले बताउनुभयो।

    “नगरका ७ नम्बर वडाको पुच्छेगाउँमा थप १ सय घर निर्माणको प्रक्रियामा छ”, उहाँले भन्नुभयो, “गत वर्ष एक सय ६ घर बने भने यो वर्ष थप १ सय घर बन्नेछन्।” रास्कोटमा गत वर्ष कर्णाली प्रदेश सरकारले पीडितका घर बनाउन ३ करोड ३० लाख दिएकोमा यस वर्ष थप ४ करोड रकम उपलब्ध गराउनेछ।

    पहिराले बढी क्षति पुर्याएको वडा नं १ र ३ मा पर्ने बडोलतोला, लहरेला, सागाटिया, कुमालवाडा, भट्टेडाँडा र तामाकोटमा १ सय ६ घर निर्माण भएका हुन्। प्रतिघरको लागत ५ लाख हुनपर्ने भएपनि स्थानीय जनप्रतिनिधिले आफन्तलाई पार्न घर सङ्ख्या बढाएर ३ लाख ६३ हजार मात्र रकम दिएको पीडितको गुनासो छ।

    वडा नं १ मा प्रदेश सरकारबाट ४० घर निर्माणका लागि ५ लाखका दरले २ करोड रकम आएको थियो। नगरका पदाधिकारीले सामान्य क्षति भएका आफन्तका घर बनाउन घर सङ्ख्या थपेर ३ लाख ६३ हजारका दरले मात्र रकम दिएको स्थानीय वासीको गुनासो छ। “सरकारको उद्देश्य त राम्रो हो”, उनीहरु भन्छन्, “नगरका जनप्रतिनिधिले गतिलो काम गरेनन्।”

    पहिराले धेरै मानवीय क्षति पुर्याएको नरहरिनाथ–४ सुगरखालमा ५० घर निर्माण भएर पीडितलाई हस्तान्तरण गरिए पनि अझै एक सय घर बन्न बाँकी छन्। गत वर्ष कर्णाली प्रदेश सरकारको रु एक करोड ७० लाखको लगानीमा ५० घर बनाइएको गाउँपालिका अध्यक्ष धीर बहादुर विष्टले बताउनुभयो। उहाँले सुगरखालमा यो वर्ष थप १ सय घर बनाउन ४ करोड बजेट आएको जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal