News Portal

  • परराष्ट्रको चिठी लुकाएर एनआरएनए अध्यक्ष पन्तद्वारा निर्वाचनको मिति घोषणा

    हिमालीसंचार संवाददाता
    १७९ पटक

    काठमाडौँ। गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्त र बर्तमान कार्यसमितिका केहि पदाधिकारिको मिलेमतोमा परराष्ट्र मन्त्रालयले पत्र पठाई सकेपछि पनि एक पक्षीय रुपमा निर्वाचनको मिति घोषणा गरेको खुलासा भएको छ।

    गत शुक्रबार दिउँसो पन्तको कार्यसमितीलाई जिम्मेवारीमुक्त गर्दै संरक्षक परिषदलाई निर्वाचनको जिम्मेवारी दिने पत्र मन्त्रालयले पठाइसकेपछि पन्तले त्यसलाई लुकाएर छुट्टै विज्ञप्ति जारी गरेका थिए। पन्तले शुक्रबार साँझ ७:४० मा मात्रै निर्वाचनको मिति तोकिएको व्यहोराको विज्ञप्ति जारी गरेका थिए। त्यसअघि नै सोही दिन परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय समन्वय परिषदमा पत्र पठाएको थियो।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले शुक्रवार दिउसो नै एनआरएनएलाई पत्र पठाएको हो। मन्त्रालयको पत्र कार्यालयमा लुकाएर पन्तले काम देखाउन चुनावको मितिसहितको वक्तव्य जारी गरेको पाइएपछि आइसीसीकै कतिपय पदाधिकारीले पन्तको इमान्दारितामाथि प्रश्न उठाएका छन।

    गैरआवासीय नेपाली संघको अठार वर्ष लामो इतिहासमा पन्त र उनी नेतृत्वको आइसीसी पहिलो पटक असक्षम सावित भएको छ। यसअघिका कुनै पनि नेतृत्वले असक्षमको बिल्ला भिर्नु परेको थिएन। अघिल्ला सबै नेतृत्वले दुई/ दुई वर्षमा महाधिवेशन र निर्वाचन गराएर नेतृत्व हस्तान्तरण गर्ने गरेका थिए।

    विवाद समाधानको दिशामा !

    हाल गैरआवासीय नेपाली संघका विगत ६ महिनादेखिको विवाद समाधानतर्फ अगाडि बढेको छ। अध्यक्ष कुमार पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)ले विधान विपरीत नियमावली बनाई राष्ट्रिय समन्वय परिषद (एनसीसीहरु) मा पठाएपछि उत्पन्न विवाद परराष्ट्र मन्त्रालयको पछिल्लो पत्रसँगै समाधान उन्मुख भएको छ।

    विश्वभरका एनसीसीहरुमा नयाँ नेतृत्व चयन र महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनका लागि निर्वाचन सुरु भइसकेपछि आइसीसीले विधान विपरीत नियमावली पठाएपछि संघमा विवाद उत्पन्न भएको थियो। खासगरी गत जुलाईमा दशौं महाधिवेशनका लागि प्रतिनिधि चयन सम्बन्धी प्रक्रियामा आइसीसीले विधान विपरीत नियमावली बनाई परिपत्र गरेपछि विवाद सुरु भएको थियो। विधान र प्रचलित अभ्यास भन्दा विपरीत आइसीसीले नियमावली बनाएको भन्दै अधिकांश एनसीसीहरुले प्रतिवाद गरेका थिए।

    विवादकै कारण गत अक्टोबर २३–२५ का लागि तोकिएको दशौं महाधिवेशन हुन सकेन भने त्यसअगावै अक्टोबर २० का लागि तोकिएको निर्वाचन पनि हुन सकेन। अन्तिम समयमा आएर पन्त नेतृत्वको आइसीसीले विधान विपरीत कार्य समितिको म्याद ६ महिना थप्दै निर्वाचन तथा महाधिवेशन स्थगित गरेको थियो।

    नवौं महाधिवेशनबाट सन २०१९–२०२१ का लागि निर्वाचित कुमार पन्त नेतृत्वको कार्य समिति दशौं महाधिवेशन तथा सन २०२१–२०२३ का लागि नयाँ कार्य समिति चयन गर्ने निर्वाचन गर्न असफल भएको छ। पन्त नेतृत्वको कार्य समिति असफल भएपछि सरकारले संघको विधान अनुसार नै २०२१ भित्रै नयाँ निर्वाचन गराउने गरी संघको संरक्षक परिषदलाई जिम्मेवारी दिएको छ।

    संरक्षक परिषदलाई सम्पूर्ण जिम्मेवारी !

    परराष्ट्र मन्त्रालयले पन्त नेतृत्वको आइसीसी कार्य समितिलाई असक्षम ठहर गर्दै संघको विधान अनुसार विवाद समाधान गरी नयाँ निर्वाचन गर्नका लागि संघको संरक्षक परिषदलाई जिम्मेवारी प्रदान गरेको छ। गैरआवासीय नेपाली संघ नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो।

    मन्त्रालयले मंसिर ३ गते आइसीसीलाई पठाएको तीन बुँदे निर्देशनसहितको पत्रमा ‘वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल पूरा भइसकेको हुँदा त्यस परिषदले संस्थालाई दूरगामी असर गर्ने कुनै कार्य नगर्नू नगराउनू’ भन्ने निर्देशन दिएको छ।

    त्यस्तै, दोस्रो बुँदामा ‘संघको विधानको धारा १३.७ को खण्ड(ग) बमोजिम चयन हुने ६५ प्रतिशत प्रतिनिधिका सम्बन्धमा विगतको प्रचलित अभ्यासअनुसार वर्तमान राष्ट्रिय समन्वय परिषदले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिहरुलाई मान्यता दिने’ उल्लेख छ भने तेस्रो बुँदामा ‘हाल संघमा देखिएका विवादहरुको समाधान गरी सन २०२१ भित्र संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्य विधानको धारा १६ बमोजिम गठित संरक्षक परिषदमार्फत मात्र गर्नू गराउनू’ उल्लेख गरिएको छ।

    मन्त्रालयको यो निर्देशनसँगै गत अक्टोबर १८ मैै कार्यकाल पूरा भएको आइसीसी निष्कृय भएको छ भने संघको सम्पूर्ण कार्यकारी अधिकार संरक्षक परिषदमा सरेको छ।

    पूर्वअध्यक्ष डा. शेष घलेको प्रमुख संरक्षक रहेको संरक्षक परिषदमा संघका पूर्वअध्यक्षहरु सदस्य छन। गैर आवासीय नेपाली संघको विधानको धारा १६.१.४ मा अन्तर्राष्ट्रिय समन्वय परिषद निष्कृय रहन गएमा वा अत्यन्तै विवादित भई संस्था विभाजित हुने अवस्था सिर्जना भएमा संरक्षक परिषदले संस्थाको संरक्षण गर्ने व्यवस्था रहेको छ।

    यही व्यवस्था अनुसार म्याद समाप्त भइसकेको कार्य समितिले निर्वाचन गराउन नसक्ने अवस्था नरहेको भन्दै मन्त्रालयले संरक्षक परिषदलाई जिम्मेवारी दिने निर्णय गरेको हो।

    पररास्ट्रको निर्णयपछि एनसीसीहरु खुसी, सघाउन तयार !

    सरकारले संघको विवाद समाधान गरी नयाँ नेतृत्व चयन गर्न संरक्षक परिषदलाई जिम्मेवारी प्रदान गरेका संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुले खुसी व्यक्त गरेका छन।

    गत अक्टोबर २४ मा सम्पन्न एनसीसीहरुको विश्व भेलाको माग बमोजिम नै सरकारले संरक्षक परिषदलाई जिम्मेवारी दिएपछि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको उनीहरुको भनाइ छ।

    विश्व भेलाको आयोजकका तर्फबाट एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले सोमबार विज्ञप्ति जारी गरी भनेका छन ‘ हाम्रो माग बमोजिम ६५ प्रतिशत डेलिगेट्स चयन वर्तमान एनसीसी कार्य समितिले गर्ने मन्त्रालयको निर्णयको स्वागत गर्दछौं’।

    एनसीसीहरुले संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन सफल पार्न आवश्यक सबै विषयमा संरक्षक परिषदलाई सहयोग गर्न आफूहरु तयार रहेको पनि स्पष्ट पारेका छन।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal