News Portal

  • नेपालका मुख्य दलका शीर्ष नेताहरुको शैक्षिक योग्यता कति छ ?

    हिमालीसंचार संवाददाता
    ३१३ पटक

    काठमाडौं।
    नेपालमा डिग्री गरेका युवा देशमा रोजगारी नभएर खाडी जानुपरेको तर नपढेका नेताले देश चलाउँदा देशपछि परेको भन्ने आम टिप्पणी हुने गरेको छ। नेपालका मुख्य राजनीतिक दलका मुख्य नेताहरुको औपचारिक शिक्षा चाहीँ कति छ त ?

    नेताहरुको शैक्षिक योग्यता आमचासोको विषय बन्ने गरेको छ। हुन त राजनीतिमा प्रवेश गर्न कुनै योग्यता चाहिँदैन भन्ने वैश्विक मान्यता छ तर, नेपालमा नेताहरुको चेतनाको स्तर, उनीहरुको अभिव्यक्ति, प्रस्तुति, अन्तर्राष्टिय सम्बन्ध जस्ता कुराले उनीहरुको शैक्षिक योग्यतामाथि प्रश्न उठ्ने गरेको छ।

    कति छ त नेपालका शीर्ष नेताहरुको शैक्षिक योग्यता ?

    राष्ट्रपति विद्यादेवी भण्डारी
    भोजपुरमा जन्मिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले बीएसम्मको अध्ययन गर्नुभएको छ। भोजपुर क्याम्पसबाट आइएसम्मको अध्ययन सकेर तत्कालीन माले पार्टीको युवा संगठनमा संलग्न भई राजनीतिक यात्रा शुरु गरेकी भण्डारीले महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट बीएसम्मको पढाई पूरा गर्नुभएको हो।

    प्रधानमन्त्री शेरबहादुर देउवा
    डडेल्धुरामा जन्मिएका प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनमा स्नातक तह र राजनीतिशास्त्रमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ। नेपाली कांग्रेसका सभापितसमेत रहेका देउवाले लन्डन स्कुल अफ इकोनोमिक्समा रिसर्च फेलोसमेत पूरा गर्नुभएको छ।

    पुष्पकमल दाहाल प्रचण्ड
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बीएससीसम्मको अध्यन पूरा गर्नु भएको छ। २०२६ सालमा एसएलसी, दिएका प्रचण्डले कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट बीएससी पूरा गर्नुभएको छ।

    माधवकुमार नेपाल
    पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले वाणिज्यशास्त्रमा स्नातक तहसम्मको अध्यन पूरा गर्नु भएको छ। तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नु भएका नेपालले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको हो।

    डा.बाबुराम भट्टराई
    पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले औपचारिक शिक्षा सन् १९६३ मा अमर ज्योति जनता माविबाट शुरु गर्नुभएको थियो। उहाँले द नेचर अफ अण्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल विषयमा विद्यावारिधि गर्नुभएको छ। एसएलसी र आईएस्सीमा प्रथम भएपछि उहाँले कोलम्बो प्लानमा इन्जिनियरिङ्गको पढाईसमेत पुरा गर्नुभएको छ।

    केपी शर्मा ओली
    पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शैक्षिक योग्यताका हिसावले सबैभन्दा कम पढ्ने नेतामा पर्नुहुन्छ। उहाँले कक्षा १० सम्मको मात्रै औपचारिक शिक्षा पुरा गर्नुभएको छ। २०२८ सालदेखि २०४४ सालसम्मको लामो जेल जीवन बिताएका ओलीले आफ्नो औपचारिक अध्ययन अगाडी बढाउन सक्नुभएको थिएन। ओलीले पछिल्लो समय कोरोनाको औषधि बेसारपानी, अम्बाको पातलगायतका जडिबुटी खानु भन्ने चिकित्सकीय अभिव्यक्तिले उहाँको शिक्षाप्रति सबैको चासो बढेको हो।

    उपेन्द्र यादव
    जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले स्नातकोत्तरसम्मको पढाइ पूरा गर्नु भएको छ। सप्तरीको मोहन निमाविमा प्रारम्भिक शिक्षा प्राप्त गरेका यादवले पछि जनता मावि मधुवन र वनदहवाकट्टी हाइस्कूल सप्तरीमा माध्यमिक शिक्षासम्म अध्ययन गरेर धरानको हात्तीसार क्याम्पसबाट आईएस्सी गर्नु भएको हो। पछि महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट स्नातक र स्नातकोत्तरसम्मको अध्ययन पुरा गर्नुभएको छ।

    रवीन्द्र मिश्र
    पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गर्नुभएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अङग्रेजीमा स्नातकोत्तर हासिल गर्नुभएको छ। त्यसैगरी पन्जाब विश्वविद्यालय, पाकिस्तानबाट पत्रकारितामा तथा लन्डन विश्वविद्यालय, बेलायतबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तरसमेत गर्नुभएको हो।

    पछिल्लो समय डिग्री हासिल गरेका युवाहरु विदेशमा र नपढेका नेताहरु मुलुक सञ्चालनमा रहेको भन्दै नेताहरुको शैक्षक योग्यताको चर्चा हुने गरेको छ। राजनीतिमा प्रवेश गर्न कुनै शैक्षिक योग्यता चाँहिदैन भन्ने मान्यता छ। तर जनताको प्रतिनिधि नै अशिक्षित भए कसरी काम गर्न सक्छन् भन्ने प्रश्न उठ्नु स्वभाविक हो।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal