News Portal

  • चीनबाट किन आयो ओली र प्रचण्डलाई मिल्न दबाब ?

    हिमालीसंचार संवाददाता
    २१९ पटक

    काठमाडौँ।
    चिनियाँ राजदूत होउ यान्छीले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकतामा जोड दिइन्। उनले नामै तोकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिल्नुपर्ने बताएपछि राजनीतिवृत्तमा तरंग आएको छ।

    आइतबार नेपाल डाइलग फोरमको भर्चुअल कार्यक्रममा यान्छीले ओली र प्रचण्डको मिलनको विषय उठाउनुले नेपालको आन्तरिक मामलामा चीनले चलखेल गरेको तथ्यहरु थप उजागर भएको छ। त्यसो त तत्कालीन नेकपा हुँदा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली नै मिलाउन नेपाल आएको थियो। टोलीले ओली, प्रचण्डलगायत कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटेको थियो।

    चिनियाँ राजदूत होउ यान्छी नेपालका राजनीतिक दलका नेताहरुलाई धेरै भेट्ने कुटनीतिज्ञमध्ये पर्छिन्। उनी बेला बेलामा निवासमै गएर नेताहरुलाई भेट्छिन्। त्यसमाथि पनि कम्युनिस्ट पार्टीका नेताहरुलाई बढी भेट्छिन्। उनले नेकपा फुट्न नदिने निकै पहल गरेपनि सफल हुन सकिनन्। नेकपाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएको र एमाले फुटेर नेकपा एस बनेको अवस्थाका बाबजुद चीन कम्युनिस्ट पार्टी किन मिलाउन सक्रिय भएको छ ? यो चासोको विषय हुनसक्छ।

    चीन कम्युनिस्ट शासन भएको देश हो। वैचारिक रुपमा पनि नेपालका कम्युनिस्ट दलहरुसँग चीनको निकटता छ। त्यसमाथि पनि उनीहरु शक्तिमा छन्। कम्युनिस्टहरु एक हुँदा प्रतिनिधि सभामा बहुमतमा छन्। अर्कोतर्फ, चीनले कम्युनिस्टहरुप्रति बढी भरोसा गर्दै आएको छ।

    चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका कम्युनिस्ट पार्टीहरुबीच विशेष सम्बन्ध छ। कोरोना कहर अघि नेपालका कम्युनिस्ट नेताहरुको चीन भ्रमण निकै धेरै भयो। चीनबाट पनि उच्च अधिकारीदेखि कम्युनिस्ट पार्टीका नेताहरुको ओहोरदोहोर बाक्लियो। दुई पार्टीबीच संयुक्त प्रशिक्षणसमेत भयो। नेपालमा कुनै विदेशी दलसँग संयुक्त प्रशिक्षण गर्ने नेकपा पहिलो दल भयो। त्यतिबेलाको नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए।

    चीनले कम्युनिस्ट पार्टीबाहेक अन्य दलहरुलाई कमैमात्र विश्वास गरेको छ। नेपाली काँग्रेसको नेतृत्वको सरकार बनेलगत्तै चीनसँगको सीमा समस्याको विषय उठ्यो। सरकारी तहबाटै सीमा समस्याको अध्ययन गर्न टोली गठन भई काम बढ्यो। यसबाट चीन झस्किएको छ। चीनले चुनौती ठानेको भारत, अमेरिकालगायत देशहरुको सामना आफ्नो रणनीतिक स्वार्थ अनुसार गर्न पनि कम्युनिस्ट पार्टीहरुलाई भरोसायोग्य ठानेको छ।

    एमसीसीको पक्षमा नेपाली काँग्रेस खुल्दा कम्युनिस्ट पार्टीहरु विरोधमा देखिएका छन्। यसले पनि चीनलाई कम्युनिस्ट पार्टीहरुप्रति भरोसा जगाएको छ। चीनले नेपालमा आफ्नो बलियो प्रभाव बनाउन कम्युनिस्ट पार्टीहरुलाई नै भरोसायोग्य ठानेको देखिएको छ। राजदूत यान्छीले खुलेर कम्युनिस्ट पार्टी मिलाउने कुरा गर्नुको कारण यही हुनसक्छ।

    अर्को वर्ष नेपालमा आमनिर्वाचन हुने निश्चित छ। संविधान अनुसार पनि अर्को वर्ष चुनाव हुनुपर्छ। कम्युनिस्ट पार्टीहरु विभाजित अवस्थामा भएकाले चीन चिन्तामा छ। विभाजित हुँदा कम्युनिस्ट पार्टीहरुले चुनावमा ठूलो धक्का खान सक्ने बुझाई चीनको पनि हुनसक्छ। २०७४ को आमनिर्वाचनमा एमाले र माओवादी गठबन्धन बनाएर चुनाव लड्दा बहुमत ल्याएका थिए। उनीहरुलाई मिलाउन चीनले नै भूमिका खेलेको खुल्दै गएको छ। अब फेरि दुवै शक्तिलाई मिलाउन चीन खुल्न थालेको छ।

    चीनले एकातर्फ नेपालसँगको सीमामा कडाई गर्दै लगेको छ। सीमा क्षेत्रमा सैन्य उपस्थिति बढाउँदै लगेको छ। मुख्य नाकाहरुमा कडाई गरेको छ। निर्यात गर्न दिएको छैन। आयातमा पनि कडाई गरेको छ। यो एक प्रकारको नाकाबन्दी जस्तै अवस्था हो।

    अर्कोतर्फ, चीन नेपालमा आफ्नो प्रभाव बढाउन खुलैरै लागेको छ। आफू अनुकूलको अवस्था निर्माण गर्न सक्रिय देखिन्छ। तत्कालीन नेकपाको चिनियाँ कम्युनिस्ट पार्टीसँगको प्रशिक्षण, नेकपामा विवाद बढ्दा चिनियाँ टोलीको नेपाल भ्रमण र भूमिका हुँदै चिनियाँ राजदूत यान्छीको कम्युनिस्ट पार्टीहरु बलियो बनाउन केन्द्रित सक्रियताले पनि त्यही देखाउँछ। नेपालमा कम्युनिस्ट पार्टीहरु मजबुत हुँदा नै आफ्नो रणनीतिक स्वार्थ पूरा हुनसक्ने बुझाईका आधारमा चीन नेपाल मामलामा प्रस्तुत हुनुले देशको राजनीतिमा नयाँ घटनाक्रमहरु विकास हुने देखिन्छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal