News Portal

  • प्रदेश नं. १ को नामकरण “किरात प्रदेश”

    विनोद राई ‘पुमा’
    ४९५ पटक

    किरात प्रदेश, किरात प्रदेश, किरात प्रदेश, यति नारा लागाउदै मात्र “किरात प्रदेश” प्राप्त गर्नु सकिन्छ? सत्ताधारीहरुले नेपालको आदिबासीहरुको पहिचानलाई सजिलै स्थापित गर्नु दिन्छ?  सजिलै स्वीकार्न सक्छ?  स्वीकार्ने भए किन प्रदेश नं. १ भनेर मात्र नम्बर दिए? किन प्रदेश नं. १ “किरात प्रदेश” भनेर नामकरण गरिएन ?

    प्रदेश सभा गठन भएको कति वर्ष भयो? प्रदेश १ का मुख्यमन्त्री पनि फेर बदल भैसके, साढे तीन वर्षसम्ममा पनि प्रदेशको नामकरण गर्नु नसक्नु कस्तो विडम्बना हो? शेरधन राई मुख्यमन्त्री हुदा किन आट गरेनन । शेरधन राईले प्रदेशको “किरात प्रदेश” नामकरण गरेको भए उनको नाम इतिहासमा स्वणीम अक्षरले लेखिन्थ्यो तर उनिले बुझेनन। 

    प्रदेशको नामकरण गर्नुलाई केन्द्रको आदेश माग्नेसुन्ने हैन प्रदेश सरकारले त्यहाको इतिहास सभ्यता र पहिचानको आधारमा नामकरण गर्नु पर्दछ तर गरेनन पद भनेको केहि समयको लागि मातेर हो तर इतिहास युगौ युगको लागि हो। 

    अब चुनाव नजिक आउदैछ प्रदेशको नामकरण नगरी कसरी चुनाबमा भोट माग्ने? लाग्दै छ अब आउने चुनावको लागि यसलाई नै  मुख्य एजेन्डा बनाएर फेरी १ नम्बर प्रदेशको जनताहरुलाई पंगु बनाउने होला? त्यस्तै देखिन्छ । 

    “नेपालको आदिवासीहरुले सयौँ वर्षदेखि भोग्दै खेप्दै आएको र  अझै पनि वर्तमान सत्ताधारी राज्य सत्ताको प्रवृत्ति – एक भाषा, एक धर्म, एक संस्कार संस्कृतिको लागि मात्र राजनीतिक गरिरहेको देखिरहेको प्रस्ट छ। आदिवासीहरुको पहिचान धर्म संस्कार संस्कृति इतिहास अस्तित्व र सभ्यतालाई मेटाउन चाहान्छ्न्न।”

    पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्ने निहुमा लागु गरेको एक भाषा, एक धर्म, एक संस्कार र संस्कृति भनेर किरातहरुको संस्कार, संस्कृति र धर्मलाई बन्देज लगाए। उनीहरुले देशको समृद्धि र विकासको लागि राजनीतिक गरेकै हैन। यो सयौँ वर्षको इतिहासले प्रमाणित गरिसकेको छ। सयौँ वर्षदेखि सत्ता हस्तान्तरण गरेर गएकाहरु र हाल सत्तामा रहेकाहरुले नेपालका आदिवासी विशेष गरेर “भुमिपुत्र मुलवासीहरुको” अस्तित्व र पहिचान निमोठ्नु निमिट्यान्न पार्न चाहान्छन । अस्तित्व समाप्तगर्न चाहान्छन।  

    उनीहरु विकास भएको देख्नु चाहान्दैनन्। आदिवासिहरुमा चेतना आएको हेर्न र देख्नु चाहान्दैनन्। आदिवासीहरुको शिक्षित भयो भने उनीहरुमा चेतना आयो भने र उनीहरुले राजनैतिक कुरा बुझे भने उनीहरुले पनी राजनैतिक अधिकार माग्ने छन् । सत्तामा बसेर शासक गरिरहनु पाउदैन्। त्यसैले आदिवासीहरुको पहिचानलाई सजिलै स्वीकार्न चाहान्दैनन्।  कसरी हुन्छ हरेक नाटक, बहाना गरेर हुन्छ की किरातीहरुको नेताहरुलाई प्रयोग गरेर भए पनि किरात समुदायहरुलाई दबाउनु चाहान्छन्। 

    नेपालको इतिहास धेर थोर अधिकांश नेपाली जनताहरुलाई थाहै छ । नेपालको आदिवासी “भुमिपुत्र मुलवासीहरुलाई” शिक्षादेखि बन्देज गराको थियो । पढिलेखेकाहरुलाई सजाय दिईन्थ्यो तर राज्य सत्तामा भएको सिमित जातीले भने भित्र भित्र पढाई लेखाइ गर्थे। यसको मतलव सबै जातजातिले शिक्षा पाए भने सबैको चेतना विकास हुन्छ अनि हामीले सत्तामा बसिरहनु पाउदैनौ भन्नु हो। 

    देशको समृद्धि र विकासको लागि राजनीतिक गर्छ भने नेपालमा भएको सबै जात जाति समुदायहरु सतप्रतिश जनतालाई शिक्षा दिनु पर्छ । शिक्षा बिना केहि विकास गर्न सम्भव छैन। एउटा समुदाय वा जातिको चेतनाको विकासले पुरै नेपाल देशको समृद्धि विकास हुनै सक्दैन नेपालमा १२५ जातिहरु भएको देशमा एउटा जातिको विकासले देशमा विकास हुनै सक्दैन्। 

    “देशको विकास र समृद्धिको लागि देशको सबै जनताहरुलाई शिक्षा दिलाउनु पर्दछ अनिमात्र सबैको चेतना बराबरी हुन्छ । सबैले उतिकै कुरा बुझेको हुन्छ। सबैमा राजनीतिक चेतनाको विकास हुन्छ अनि मात्र देशको विकास सम्भव छ ।”

    अहिले नम्बर नं.१ प्रदेश “किरात प्रदेश” हुनु पर्छ भन्ने सवालमा धेरै जस्तो किरात समुदाय अर्थात समाजहरुले किरात प्रदेश किन केको लागि हो भन्नेनै बुझेको छैन। किनभने जनतासंग अझै चेतनाको अभाव छ। राजनीतिक चेतना, सामाजिक चेतना र  आर्थिक चेतनाको अभावले गर्दा हो । 

    अर्को कुरा जान्ने बुझ्नेहरुले राम्रो बुझाउनु नसकेको कारण र किरात प्रदेश अभियन्ता, किराती नेताहरु, किरात बुद्धिजीविहरुले अहिलेसम्म कुन- कुन गाउ, नगर , जिल्लाहरुमा अभिमुखिकरण अन्तरक्रिया कार्यक्रम संचालन गरे? यस्ता जनचेतनाका कार्यक्रमहरु केही संचालन गरेको देखिन्दैन । कतिदिन, महिना र वर्ष सडक आन्दोलन गरे केही देखिदैन। अनि कसरी “किरात प्रदेश” प्राप्त हुन्छ। 

    विकसित देश बेलायत अर्थात युके देशको शिक्षा र चेतना विकासको कुरा गर्दा त्यहाको सरकारको विधि नियम कानून अनुसार सतप्रतिशतले शिक्षा लिनै पर्छ यदि बच्चाहरुको उमेर स्कुल जाने भएपछि र अभिभावकले छोरा छोरी विधालय पठाएन भने अभिभावकलाई सम्पन्धित निकायले आवश्यक कार्बाही गर्छ।त्यसैले,  सतप्रतिशतले शिक्षा हासिल गर्नै पर्ने कानून लागु गरेको हुन्छ।  

    सरकारले राम्रो व्यवस्थापन गरेर सबैलाई गुणस्तर शिक्षा दिने वातावरण बनाएको हुन्छ। अनि सबैले उत्तिकै एउटै तहको शिक्षा पाए पछि सबैको उत्तिकै सबै क्षेत्रमा क्षमताको विकास भएको हुन्छ। त्यसरी उनीहरुले देशको विकास गर्छन्। तर नेपालमा उल्टो गरेकोछ अनि कसरी देशमा समृद्धि खोज्नु? कसरी हुन्छ देशको विकास। 

    सत्तामा रहेकाहरुको नाटक देशलाई समृद्धि र विकास गर्छु। जनताहरुलाई सुखी राख्नेछु। जनताहरुको सेवा गर्नेछु । सबै जातजातिहरुको भाषा, संस्कार-संस्कृति, धर्मको संरक्षण सम्बर्धन गरिदिन्छु। उनीहरुको हक, अधिकार र पहिचानको व्यवस्थापन गरिदिनेछु भन्नेसत्ताधारी नेता भनाउदोहरुलाई पनि थाहै छ की १ नम्बर प्रदेश किरातिहरुको इतिहास हो, सभ्यता हो, भुगोल हो, थातथलो हो, पहिचान हो भनेर। यो पनि थाहा छ नेपाल लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष संघिय राज्य हो ।

    प्रदेशहरुको नामकरण गर्दा पहिचान, अस्तित्व , भुगोल र सभ्यताको आधारमा नामकरण गर्नु पर्दछ भनेर। तर खोइ जनचाहाना अनुरुप १ नम्बर प्रदेशको नामकरण “किरात प्रदेश” धोषणा गरेको?  सर्वसाधारण जनतालाई थाहा छ। राज्य सत्तामा बस्नेहरुले दिनु नचाहेको हो भनेर तर राज्य सत्ताधारीहरुले जनताको हक अधिकार दिदैन भन्दैमा चुब लाग्नु पनि पाप हो । 

    सत्तामा बस्नेहरुले दिदैन भने आफ्नो भाग खोसेर लिनु सक्नु पनि पर्दछ सजिलै दिनु मान्दैन भने आन्दोलन पनि गर्नु सक्नु पर्छ । इमानदार-भलात्मि तरिकाले सनिबार छुट्टिमा एकदुइ जना भेला भएर २ मिनेट भाषण गरे जस्तो गरेर “किरात प्रदेश” प्राप्त हुदैन।

    संसारमा सबै देशको इतिहास हेर्दा आफ्नो हक-अधिकार प्राप्तिको लागि सजिलै पाप्त भएको छैन । ठुलै आन्दोलन र बलिदान गरेर मात्र प्राप्त भएको छ । १ नम्बर प्रदेशको नामकरण “किरात प्रदेश” प्राप्तिको लागि पनि ठुलै आन्दोलन गर्नु पर्ने देखिन्छ तर अचम्मको कुरा किराती नेताहरुले नै ध्यान दिएको देखिन्दैन मात्र आखामा छारो हालेको देखिन्छ। 

    किराती नेताहरु एक भएर किरातहरुको हक अधिकार, अस्तित्व, सभ्यता र पहिचानको लागि किन हातेमालो गर्दैनन? १ नम्बर प्रदेशका जानताहरुसंग किन दिनरात सडकमा उत्रिदैनन्? किन उनीहरुको मालिकको इसारामा मात्र चल्छनन्। के ती किराती नेताहरुलाई उनीहरुको मालिकले भोट दिएर जिताएका हुन की?  १ नम्बर प्रदेशकोजनताहरुले जिताएर हाम्रो लागि काम गर भनेर पठाएको हुन? यस्तो गम्भीर कुरा बुझ्नु पर्छकि पर्दैन्। 

    जब सम्म एक नम्बर प्रदेशको नाम “किरात प्रदेश” नामकरण हुदैन तब सम्म लगातार आन्दोलन हुनु जरुरी छ तर किराती नेताहरुमा त्यो देखिएन बरु जाति चै किराती तर भिजेको रुपी जस्तो भएर उनीहरुको मालिकले सुन्छ भनेर बोल्न डराएको देखिन्छ। अनि चुनावमा भोटचाहि किराती समुदायहरुले जिताएर पठाउने तर चाकडी चाहि नश्लिए चिन्तन बोकेकोहरुलाई गर्ने। अनि कसरी किरातिहरुले उनीहरुको संस्कार संस्कृति, भाषा, धर्म, पहिचानको संरक्षण सम्बर्धन गर्नु सक्छन्। 

    कसरी उनीहरुको अस्तित्व, सभ्यता र इतिहासलाई जोगाई राख्नु सक्छन्। कसरी उनीहरुले सामाजिक न्याय, राजनीतिक अधिकार पाउनु सक्छन? उनीहरुको इतिहास, अस्तित्व र सभ्यता नै निमिट्यान्न पारिदिए पछि कसरी किरातहरुको विकास हुन्छ गम्भीर विषय छ।

    “महत्वपुर्ण चिज केहोत: १ नम्बर प्रदेशलाई “किरात प्रदेश” नामकरण हुनु पर्छ भनेर अभियान गर्ने किराती अभियन्ताहरु, किराती संघसंस्थाका नेतृत्व वर्गहरु, अन्य जो किरात प्रदेशलाई सही तरिकाले तर्क गर्ने व्यक्तित्वहरु, यदि साच्चिकै “किरात प्रदेश” प्राप्तिको लागि नै अभियान गरेको हो भने – पहिलो चिज भनेको सबै किरात समुदायहरु एकजुट हुनु जरुरी छ।”

    जो आधिकारिक रुपमा हामी किरात हौ भनेर दाबी गर्ने समुदायहरु जस्तै किरात राई, किरात लिम्बु, किरात याख्खा, किरात सुनुवार, किरात जिरेल, किरात सुरेल, किरात थामी, किरात हायु, यी किरात समुदायहरु जुनै क्षेत्र वा प्रदेशमा बसे पनि किरात इतिहास अस्तित्व, सभ्यता, पहिचान र हक अधिकारको लागि एक जुट, एक भएर हातेमालो गरेर आन्दोलन गर्नै पर्दछ। 

    एउटै मात्र आवाज सबै किरात समुदायहरुको १ नम्बर प्रदेश “किरात प्रदेश” नामाकरण हुनु पर्छ भनेर आवाज, एजेन्डा र मुद्धा हुनु पर्दछ, अनि पक्कै सफल हुने छौ। तर कुनै समुदायले लिम्बुवान, खम्बुवान प्रदेश हुनु पर्छ भनेर अभियान संचालन गर्ने, कुनैले लिम्बुवान प्रदेश हुनु पर्छ भन्दै अभियान गर्ने अर्कोले खम्बुवान प्रदेश हुनु पर्छ भन्ने, यस्तो पनि हुन्छ?  

    यस्तै, खेलाईची गरेको होकी भन्ने भान हुन्छ्। यसरी मिसावट र भ्रमित अभियान गर्दा पहिचान बिरोधिहरुलाई चलखेल गर्न सजिलो हुनु जान्छ भने सर्वसाधारणजनताहरुलाई भ्रम पर्न सक्छ किनभने एउटा प्रदेशको नामकरण गर्नुलाई कतिधेरै प्रस्ताव भनेर भ्रमित हुनेछन।१ नम्बर प्रदेशलाई “किरात प्रदेश” हुनुको लागि एउटै उपाय चिज हो । हामी सबै किरात समुदायहरु एकजुट हुनु जरुरी छ । एउटा मात्र एजेन्डा र उदेश्य सबैको आवाज एक हुनु पर्दछ ।

    त्यस्तै, अर्को महत्वपूप्ण कुरा “किरात प्रदेश” प्राप्त भएमा किरात प्रदेश भित्र बसोबास गर्ने गैर किरात समुदायहरु जस्तै खस, आर्य, गुरुङ, मगर, शेर्पा, तामाङ, दलितहरुको हक, अधिकार, शिक्षा स्वास्थ्य, धर्म संस्कार संस्कृति र पहिचानको सुरक्षित हुन्छ की हुदैन यस्ता महत्वपूर्ण कुराहरु प्रस्टपार्नु जरुरी छ । 

    हरेक वर्ग सर समाजसंग अन्तरक्रिया कार्यक्रम गर्नु पर्ने हुन्छ उनीहरुलाई बुझाउनु पर्दछ। सबै गैर किरात जातजातिको संघ संस्थाहरुलाई प्रस्ट विचार राखेर बुझाउनु पर्दछ। उनीहरुका लागि अवधारणा पत्र तय गर्नु पर्दछ। उनीहरुको पनि सहअस्तित्व स्थापित गर्नु पर्दछ। जातजातिको धर्म, संस्कार, संस्कृति र पहिचानको निश्चित सुरक्षित हुनु पर्दछ। 

    किरात प्रदेश प्राप्ति पछि त्यहा जतिपनि बसोबास गर्ने सबैजात जाति समुदायहरुले सबैले किरात धर्म संस्कार संस्कृति मान्नु पर्छ भन्ने हैन। पहिचानको आधारमा प्रदेशको नामाकरण स्थापित गर्ने हो । किरात प्रदेश भित्र बसोबास गर्ने सबै जात जातिहरुको आ आफ्नो धर्म, संस्कार-संस्कृति र पहिचानलाई सुरक्षित प्रदान गर्ने हो। यस्तो विषयहरु हरेक समुदायलाई बुझाउनु सक्नु पर्छ । 

    हरेक गाउ, टोल र शहरहरुमा  गएर कार्यक्रमहरु गरेर सबै गैर किरात समुदायहरुलाई बुझाएर खुशी बनाउनु पर्छ । अनि मात्र गैर किरात संघ संस्था समुदयहरुले हातेमालो गर्न सहयोग गर्ने छन्। उनीहरुले पनि १ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण हुनुपर्छ भनेर आवाज उठाउनु सक्छन अनि सजिलै सफल हुने छौ। 

    अन्ततः किरात प्रदेश प्राप्तिको लागि सबै किरात समुदाय संघ संस्थाहरु एकजुट हुनु जरुरी छ । किरात प्रदेश प्राप्तिका लागि एउटा एजेन्डा, एउटा उदेश्य, एउटै आवाज, एउटै मुद्धा हुनु पर्दछ । किरात प्रदेश भित्र बसोबास गर्ने गैर किरात समुदायहरु, खस, आर्य, गुरुङ, मगर, शेर्पा , लामा, मधेसी, दलित अन्य सबै जातजाति समुदायहरुको अस्तित्व, धर्म, संस्कार संस्कृति, पहिचानको सुरक्षित हुनु पर्दछ। 

    “शिक्षा, स्वास्थ्यको राम्रो व्यापस्था हुनु पर्छ। यसको बारे गाउ टोल नगर शहर समुदायमा गएर सबै गैर किरात समुदायहरुको संघ संस्थाहरुमा अन्तरक्रिया कार्यक्रम गरेरप्रस्ट पार्नु पर्दछ। हरेक समुदायको सुरक्षित अधिकारका लागि अवधारणा तयार पार्नु पर्दछ। प्रत्येक जातजातिहरुलाई बुझाएर खुशी बनाउनु सक्नु पर्दछ, किरात प्रदेश भनेको एउटा सभ्यता हो, इतिहास हो, भुगोल हो, हजारौ वर्षदेखिको लामो इतिहास अस्तित्व र सभ्यता छ ।”

    जस्तै, ओल्लो किरात, पल्लो किरात र माझ किरात यो अस्तित्व सभ्यता इतिहास कायम रहोस मेटिनु हुदैन भन्ने हो। तर यहा बसोबास गर्ने सबै जातजातिहरु किरात हैनन जस्तै; खस, आर्य,  गुरुङ, मगर, शेर्पा, तामाङ, दलित, मधेसी, उनीहरु किरात हैनन्। उनीहरु किरात प्रदेश भित्र बसोबास गर्ने अन्य समुदायहरु हुन, । उनीहरुको आफ्नो पहिचान छ। 

    जस्तै, शेर्पा समुदाय उनीहरु शेर्पा नै हुन उनीहरुको पहिचान संस्कार संस्कृति धर्म बौद्ध धर्म नै हो तर उनीहरु किरात प्रदेश भित्र बसोबास गर्ने भएकोले उनीहरुको सभ्यता किरात हो किनकि उनीहरु किरात प्रदेशमा बसोबास गर्छन यति हो फरक । केही आकास पाताल झर्ने हैन्।

    किरात प्रदेश भित्र बसोबास गर्ने सबै समुदायहरुको हक, अधिकार, धर्म, संस्कार-संस्कृति र पहिचानको सुरक्षित हुने छ। त्यस कारण किरात प्रदेश प्राप्तिको लागि त्यहा बस्ने सबै किरात समुदायहरु, गैरकिरात समुदायहरु एकजुट भएर हातेमालो गरेर एउटा एजेन्डा, एउटा आवाज, एउटा उदेश्य एउटा मुद्धा लिएर १ नम्बर प्रदेशलाई पहिचानको आधारमा किरातहरुको अस्तित्व सभ्यता र इतिहास सम्मानको साथ स्वीकार गर्दै “किरात प्रदेश” नामकरण हुनु पर्दछ भनेर सरकारलाई दबाब दिनु पर्दछ अनि अवश्य सफल हुने छ। 

    (विनोद राई ‘पुमा’ जन्तेढुंगा गाउपालिका चिसापानी दिप्लुङ, खोटाङका हुनुहुन्छ।  हाल : बेलायत)

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयी राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal