News Portal

  • कथा “नाक”

    तपिकुमार सिंह ठकुरी
    ९७६ पटक
    सुर्खेत

    कुनै एउटा जंगल थियो। त्यो जंगलको राजा बाघ रहेछ। उस्ले जंगलमा आफ्ना दलालिहरु जंगलैभरी छाडेको हुन्थ्यो। तेसै कारण उक्त जंगलको प्रशासन बेस्सरी कडा हुँदा न त्यो जंगलबाट कोहि बाहिर जान्थे त न कोहि भित्र आउने आँट हुन्थ्यो।

    त्यो जंगलको राजा बाघले दिनहुँ नयाँ-नयाँ शिकार खाने गर्थ्यो। बाघको मन्त्री खैरौ स्याल थियो। बाघका जंगलि प्रजाहरु बेस्सरी दु:खित थिए। दिनहुँ एकजनाले राजाको सामु प्रस्तुत भएर आफ्नो प्राण आहुति दिनुपर्ने हुनाले।

    एक दिन बाघले आफ्नो मन्त्री खैरेस्यालाइ दरबारमा बोलाएर भन्यो-“मन्त्री आज अर्को जंगलको शिकार लेरा’आ कति यीनै घोरल-मृगहरु खानु। नत्र आज तेरो पालो” राजाको हुकुम त मानै पर्यो। “हस महाराज” भनेर त्यहाबाट निकालियो। वर छिन्ना डाँडामा आएर टेनसनले एकछिन बस्यो।

    हैरान हुदै अर्को जंगलाम पस्यो। र सिकार खोज्न थाल्यो। कोहि भेटिएनन्। दिनभर खोज्दा खोज्दा केहि र कोहि मिलेनन्। साँझ पर्न आँट्यो। यताबाट शिकारको बन्दोबस्त भएन भने आजको दिन आखिर हुने। यतिकै चिन्तामा थियो। अलि पर तिर एउटा गधा उसैतिर आउदै देख्यो। स्याल जुरुक्कै उठ्यो। उस्ले यसैलाइ आजको शिकार बनाएर आफ्नो ज्यान जोगाउछु भनेर जुक्ति निकाल्न थाल्यो।

    त्यो गधा पनि नजिकै आयो र यसो अचम्म तरिकाले स्याललाइ हेर्न थाल्यो। स्यालले गधालाइ भन्यो- “नमस्कार मित्र म तपाईंलाई नै खोज्दै आएको थिए। राम्रो भयो भेट भयो” गधालाइ अचम्म लाग्यो र भन्यो- “नमस्कार मैले तपाइलाई चिनिनँ त यो हाम्रो झुसेखोला बनमा कहिल्यै देखिनँ पनि” स्याल सम्झाउदै-“हो मित्र तपाईले मलाई देख्नु भएन नतै चिन्नु भएको छ म कोहलपानि जंगलको बासिन्दा खैरैस्याल हुँ। त्यस जंगलको मन्त्री पनि, मलाई हाम्रो राजाले पठाइबक्सेको कि तपाइको यस जंगलमा गीत राम्रो गाउनुहुन्छ भन्ने चर्चा हाम्रो कोहलपानि तिर धेरै हल्ला छ।” गधा स्यालका कुरा सुनेर मखै भयो र खुसी हुदै -“ए हो ! स्वर त्यतिराम्रो त छैन तेहि पनि साथीहरु नभएको बेला गाउछु।

    स्याल-“मित्र! तपाइको त अब भाग्य चम्कियो हाम्रो राजाले तपाइको गीत मन पर्यो भने त राजदरबारमै राखिबक्सिन्छ।”

    गधा-“उसो भए मलाई तपाइको महाराजासँग मिलाइ दिनुस् न त मित्र।” स्याल भित्रभित्रै आज मर्नबाट जोगिए भन्दै खुसी मानेको छ। र भन्छ-” जाँउ !जाँउ !! म यहि कामको लागी त आएको ” दुबै जना छिन्नाडाँडाको उकालो लागे।

    झमक्क साँझ परिसकेको थियो यता भने बाघराजा रिस र भोकले रातो-पिरो भएर स्यालको बाटो कुरेर बसेको थियो। उता खैरेस्याल र गधा आ-आफ्नै गफमा हतार हतारमा हिडिरहेका छन्। अलि टाढा आइसके पछि स्यालले भन्छ-“मित्र!  हाम्रो राजाको सबै आनिबानि राम्रो एउटा बानि चाहिँ अलि नराम्रो, पाहुनालाई स्वागत गर्दा एक्कासी मार्लान झै गरि झम्टन छन्। पछि चाहि स्वागत सत्कारमा भने अति राम्रा।  भनेर सम्झाइ बुझाइ गर्यो। अनि गधाले पनि भन्यो -“अँ ! ठूला बडाहरुको बानि यस्तै हुन्छ “भनेर स्यालको सल्लाहमा स्वर मिलायो। कुरा गर्दागर्दै बाघराजाको कोहलपानिस्थित दरबार पनि आइ पुग्यो।

    मन्त्री स्याललाइ पक्का थाहा भइसकेको थियो कि महाराजा बाघ रिसानी भएको छ भनेर। बहाना बनाउँदै गधालाइ भन्छ-“मित्र गधाजि! अलि अबेर भइसकेको छ, बालचान बाघ महाराजका कान्छा भाइ चल्या महाराजलाइ भोलि बिहानै दरबारमा बोलानि छ म खबर गर्न हिडे” भनेर स्याल आफ्नो घर तिर लाग्यो ।

    उता बाघ महाराज रिसले “गुडुडुडु… गुडुडुडु…! “गरेर पुरै दरबार थर्कमान पारेको थियो। यतिकैमा दरबारको गेट नजिकै गधा पनि टुप्लुक्क पुग्छ। बाघले थाहा पाइसक्यो आजको खाना यहि हो भने र। गधालाइ देख्ना बितिकै बाघ झम्टिन गयो र झम्ट्यो पनि। गधालाइ लागेको थियो यो राजाको पाहुनालाई स्वागत गर्ने तरिका यहि हो किनकि स्यालले भनेको पनि थियो। बाघ भोको थियो र रिसाएको पनि थियो। बाघले जब गधाको नाक ल्वामै पारेर लुछेर खान लाग्यो तब गधालाइ अब लागेको थियो कि यो स्वागत होइन भनेर।  नाकबाट तरर खुनका धारा बग्न लागे असाध्यै दु:ख्न लाग्यो।

    यतिकैमा बाघलाइ धकेल पकेल बनाउदै घुमेर बाघको नाकमा लात्तीले बजाइ दियो। गधाको जुम्लि लात्ती नाकमा बज्ना साथ बाघलाई करेन्ट लागे जस्तो भयो। अनि छाडि दियो। बाघको पन्जाबाट उम्कन सफल भयो। त्यहाँबाट सुइकुच्चा ठोक्यो र ज्यान बच्यो।

    उता बाघको भने रिसले तातो भएको थियो। त्यो दिन गधाको लात्ती खाएर बाघ भोकै सुतेको थियो। भोलिपल्ट बिहानै मन्त्री स्याल कोहलपानि दरबारमा उपस्थित भयो। रुझेको बिरालो झैं भएर लुखरुक लुखरुक बाघको नजिकै आएर -‘जय! महाराजकि’ के भन्न पाएको थियो बाघलाई राती भोकै बसेको रिस उठेको थियो स्यालको थुतुनो च्याप समातेर गेट बाहिर फालिदियो।

    मन्त्री स्याल जुरुक्क उठेर सरिरको धुलो झारझुर बनाउदै फेरि राजा बाघको सामुन्नेमा उपस्थित भयो। माफि माग्दै बिन्ती चढायो-‘महाराज! हिजो हजुर भोकै बस्नु परेकोमा म क्षमा चहान्छु प्रभु’ भन्दै बाघको सामुमा लम्पसार भयो। बाघ रिसाउदै भन्छ-‘हेर! मन्त्री स्याल आज पनि लिएर आइनस् भने तँलाई मारेर तेरो खाल निकालेर दरबारको गेटमा टाँसिएको दिनेछु’ मन्त्री स्याल राजाको सर्त स्वीकार्दै-‘जो हुकुम महाराजको म सरकार को सर्तमा मन्जुरी छु जय! महाराज कि’ भनेर सिकारको खोजिमा दरबारबाट बाहिर निक्लियो।

    बडा चिन्तामा कोहलपानिको दरबारबाट बाहिरियो। कालसिम स्थान डाँडाको बाटो हुदै झुसेखोलाको जंगलमा पुग्छ। स्याल एउटा दबदबेको रुखमुनि निराश भएर टोलाउदै बसिरहेको थियो। यतिकैमा फेरि उहि गधा लुरुंग लुरुंग गर्दै स्यालको सामुन्नेमा आयो। गधा झसंग भयो। स्याललाई रिस उठ्यो घुमेर जुम्लि लात्ती जान्नै आँटेको थियो।

    स्याल कराउँदै-‘रोक रोक मित्र! पहिले कुरा त बुझौ’भनेर अलि मास्तिर सर्यो।

    गधा रिस सान्त पार्दै-‘भन् छिटो भन् तैले गर्दा झन्डै तेरो राजा रातो नाक्चेले बित्याइदिनेथ्यो।’स्याल भन्छ-‘मित्र! गधा जि तपाइ कुरै नबुझिकन अत्तलिनु हुन्छ, मैले भनेकै त थिए हाम्रो राजाको स्वागत गर्ने बानी अलि फरक छ भनेकै थिए त’ गधा भन्छ-‘हो र अनि अलि ज्यादै गरयो र तेहि भएर भागेको म त’ स्याल सम्झाउदै-‘अरे! मित्र गधा जि हाम्रो राजाले मलाई कम्ता हप्काउनु भयो। यति राम्रो गीत गाउने कलाकार किन भागेर गयो जा खोजेर लिएर आ भनेर मलाई तपाईंको खोजीमा पठाउनु भएको छ।’

    गधा स्यालका कुरा सुनेर खुशी हुदै-‘ए! हो मलाई के थाहा त यति कठोर तरिकाले स्वागत हुन्छ भनेर। के गर्दागर्दै यी..! मेरो नाक नै ल्वाम्मै गाँस हालेर नाक नै खाइ दे त।’स्याल-‘ हैन के गधा जि हाम्रो राजाले अति मन परेपछि यस्तै गर्नु हुन्छ।’ अब जाउ त मित्र मलाई छिटो खोजी गरेर ले र आ भन्नु भएको छ।’ गधालाई मनाएर फेरि कोहलपानि दरबारमा जाने बनायो स्यालले। र दुबै खुशी हुदै कुराकानी गर्दै कोहलपानि दरबारमा उपस्थित भए।

    दरबारमा पुगेर बाघ राजालाई मन्त्री स्यालले भन्छ-‘महाराज! तपाईंले भनेको उपस्थिति गराइ दिएको छु। गधालाई मन्त्री स्यालले पहिल्यै सम्झाई बुझाइ गरेको हुनाले गधा राजा बाघको नजिकै सान्त भएर उभिरहेको थियो। बाघले गधाको ओरिपरी घुम्दै छामछुम पार्दै भन्छ-“अई?! मन्त्री हिजो ल्याएको पनि यहि हैन र? मलाई बेवकुफ बनाउन खोज्छस्… यसको त नाकै छैन।” स्याल मन्त्रिले राजा बाघलाई सम्झाउदै-‘भन्छ-“महाराज! यहि ‘नाक’ नभएर त फेरि आएको हिजो त्यति ठूलो काण्ड हुदाहुदै पनि नाक हुन्थ्यो भने आउथ्यो र…!”

    “जनतालाई सचेतना मुलक कथा हो। जनतालाई छल कपट गरेर दुइ तिहाइको बहुमतको सरकार ल्याएर देश बरबादी उन्मुख बनाए। फेरि पनि यीनै जालि/झेलिहरुको फन्दामा नेपाली जनता नपरुन भन्ने हेतुले ब्यांग्यात्तमक कथा हो यो। जति सक्यो उति नेपाली जनतासामु यो चेतनामूलक कथा पुगोस्। देस र जनता फेरी पनि जालि राजनीतिक दुर्घटना नपरोस्।” – लेखक

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal