News Portal

  • गुल्मीमा दाजूले गरे बहिनीलाई बलात्कार

    १० लाखको प्रलोभन देखाएर जनप्रतिनिधिद्वारा मिलापत्र गर्न दबाब

    हिमालीसंचार संवाददाता
    ३५६ पटक

    प्रेम सुनार, गुल्मी। 
    केही दिनअघि गुल्मीको अग्लुङ्ग गाउँमा एउटी ११ वर्षीया बालिकामाथि भएको जघन्य बलात्कारको घटना गाउँमै मिलाउनका लागि स्थानीय जनप्रतिनिधि र नेताहले पीडित बालिकाका अभिभावकलाई दबाव दिँदै आएको गुनासो गरिएको छ। साउन २० गते मदाने गाउँपालिका–१ को अग्लुङ्ग गाउँकी ११ बर्षीया बालिकामाथि हाडनाताका १७ वर्षीय दाजुबाट बलात्कार भएको थियो।

    जिल्ला प्रहरी कार्यालय गुल्मीले बलात्कारका आरोपी दाजुलाई साउन २६ गते पक्राउ गरी अनुसन्धान थालेको थियो। सोही क्रममा भदौ १३ गते निज आरोपी नाबालक भएकोले मुद्दा पुर्पक्षका लागि अदालतले कारागार पठाउन नमिल्ने भन्दै तारेखमा अभिभावकको जिम्मा लगाई घर पठाएको थियो। निज घर गएको दिनदेखि पीडित बालिकाका अभिभावकहरुलाई आतंकित पार्ने गरी उक्त घटना गाउँमै मिलाउन दबाब दिँदै आएको अभिभावकहरुले गुनासो गरेका हुन्।

    ‘हामी गाउँमा एक्ला भयौं, केही जनप्रतिनिधिसहितका गाउँका मानिसहरुले अदालतमा मुद्दा लड्दा तिमीहरुको सम्पत्ति सकिन्छ, बरु गाउँमै मिलापत्र गरौं, १० लाख रुपैयाँसम्म मिलाइदिन्छौं भन्दै दबाव दिइरहेका छन्,’ पीडित बालिकाका बाबुले भने– ‘दबाव सहन नसेकेर न्युज२४टिभीको सम्पर्क कार्यालय खोज्दै आएका हौं।’

    उनीहरु गाउँमा एक्लो परेर असुरक्षित भएको भन्दै गुल्मीको सदरमुकाम तम्घासस्थित न्युज२४टेलिभिजनको सम्पर्क कार्यालय खोज्दै आएका थिए। बालिकाकी आमा भन्छिन्– ‘त्यस दिन म घरमा थिइन्। छोरी घरमा मकै खाँदै रहेको बेला ऊ गोठमा पुगेर लेऊ बहिनी मकै खाऊ भन्दै बोलाएछ। मकै लगेर दिने बेलामा मेरी छोरीको मुख थुनेर बलात्कार गरेको कुरा साँझ उसैले सुनाई। मेरी छोरीको ईज्जत लुटेपछि मलाई त्यो १० लाख किन चाहियो ? उसले सजाय पाउनै पर्छ।’

    पीडित बालिकाको सोझो र गरिब परिवार हो। उनीहरुको उक्त कम्जोरीको फाइदा उठाउँदै बलात्कारको घटनालाई गाउँमै मिलाउन र अनेक प्रकारका धम्की दिन थालेपछि उनीहरुले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँग पनि आफ्ना गुनासाहरु राखेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले उक्त बलात्कार मुद्दा चली नै रहेको तर आरोपी नाबालक भएका कारण तारेखमा अदालतले अभिभावकको जिम्मा लगाएर पठाएको बताए।

    उनले बलात्कार मुद्दा सरकारवादी मुद्दा भएकोले पीडित पक्ष आवतजावत गर्ने लगायतको खर्च सरकारले नै बेहोर्ने भएकाले मुद्दा लड्दा घरसम्पत्ति जान्छ भन्ने भ्रममा कोही नपर्न आग्रह गरे तर, सरकारी पक्षले प्रकृया पुर्याएपछि मात्रै रकम दिने भएका कारण गाउँमा ऋण काढेर बलात्कार घटनाका पीडित मात्र सदरमुकाम आवतजावत गर्ने गरेका छन्।

    गत साउन २८ गते आफ्नै घरमा ठूलोबाबुबाट बालत्कारको शिकार भएकी गुल्मीको कालिगण्डकी गाउँपालिका ७ भुर्तुङ्गकी ५ बर्षीया बालिकाकी आमा ऋण काढेर सदरमुकाम आउनेजाने गरेकी हुन्। मंगलबार उनी दोश्रोपटक जिल्ला प्रहरी कार्यालयमा ३ जना गवाहसहित जिपमा आउँदा उनले ऋण काढेर १० हजार रुपैयाँ भाडा तिरेर आएको बताईन्।

    पीडित बालिकाको आमाबाबुसँग सम्पत्तिका नाममा पाइला टेक्ने जमिनसम्म छैन र घरसमेत नभएर उनै ठुला बाबुको कोठामा डेरा गर्दै मजदुरी गरेर जिविका गर्दै आएका छन्।

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal