News Portal

  • एमसीसी अधिकारीहरुको स्वागतमा एक बोरा कालो मोसो र जुत्ताको माला तयारी गरौंः गोपाल किराती

    हिमालीसंचार संवाददाता
    ५६४ पटक

    काठमाडौं – जनस्तरमा सर्वत्र विवादित एमसीसीको उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स अर्को साता नेपाल भ्रमणमा आउँने भएसंगै नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले एमसीसी अधिकारीका स्वागतका लागि एक बोरा कालो मोसो र जुत्ताको माया तयारी गरौ भनेका छन्।

    गोपाल किरातीले एमसीसीलाई महाआतङ्कको संज्ञा दिदै नेपाल भ्रमणमा आउँने अधिकारीहरुको स्वागतको लागि एक बोरा कालो मोसो र जुत्ताको माला तयार गरौं देशभक्त युवाहरु भन्दै विशेष अपिल गरेका छन ।

    एमसीसीको उपाध्यक्ष फतेमा सुमार नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सत्तारूढ गठबन्धन दलका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र सांसदहरूसँग भेट्ने कार्यक्रम तया भई सकेको छ।

    नेपालमा लामो समयसम्म एमसिसीका विभिन्न ओहदामा रहेर काम गरेकी सुमार केही समयअघि उक्त संस्थाको उपाध्यक्षमा नियुक्त भएकी हुन्। नेपालले अमेरिकासँग एमसिसीको सहयोग लिनेबारे अन्तिम छफलफहरू गर्दा सुमार पनि संलग्न थिइन्।

    नेपाल र अमेरिकाका अधिकारीले सन् २०१७ अप्रिल ५ तारिख हस्ताक्षर गरेको एमसिसीसम्बन्धी एड मेमोयरुमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल र एमसिसी तर्फबाट फतिमा सुमारले हस्ताक्षर गरेका थिए। वर्तमान सञ्चार सचिव अर्याल त्यो बेला अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख थिए।

    त्यसपछि सन् २०१७ सालमा नेपालले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो। सो सहयोग सम्झौताअन्तर्गत नेपालले बिजुलीको प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि ५०० मिलियन अमेरिकी डलर ९करिब ६० अर्ब रुपैयाँ० प्राप्त गर्ने उल्लेख गरिएको छ ।

    तर एमसीसी सम्झौता नेपालको संसदले पारित गरेपछि मात्र लागु हुनेछ। पार्टीहरूबीच विवादका कारणले अहिलेसम्म उक्त सम्झौता पास हुन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारले सो सम्झौता संसदमा टेबल गरे पनि तत्कालिन नेकपाभित्रको विवादका कारण संसदमा छलफलका लागि पेस भएन।

    प्रधानमन्त्री शेरबहादुर देउवा संसदको आउने अधिवेशनबाट उक्त सम्झौता पारित गराएर काम अघि बढाउने पक्षमा रहेका छन्। संसदबाट एमसीसी पास भए नेपालमा अमेरिकी सेना आउँछ भन्नेजस्ता अफवाह कतिपयले चलाएका छन्। जबकी एमसीसी सम्झौतामै प्रष्टसँग यो रकम सैन्य क्षेत्र, वातावरण विनास, गर्भपतनजस्ता क्षेत्रमा खर्च गर्न पाइने छैन भनी स्पष्टसँग रोक लगाइएको छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    कतारका राजाको नेपाल भ्रमणमा सार्वजनिक बिदा

    काठमाडौं। कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ।...

    गठबन्धन कति दिन टिक्छ, टुङ्गो छैन – पूर्वप्रधानमन्त्री नेपाल

    काठमाडौँ। एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबारे शंका व्यक्त गरेका छन्।...

    माल्दिभ्समा राष्ट्रपति मुइज्जुको पार्टीलाई दुई तिहाइको बहुमत

    ऐजेन्सी – माल्दिभ्समा भारत विरोधी र चीन निकट मानिने राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टीले दुई तिहाइ...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal