News Portal

  • नेपालमा अब मेशिनबाटै बैङ्क खातामा रकम जम्मा गर्न सकिने

    हिमालीसंचार संवाददाता
    ३२६ पटक

    काठमाडौँ।
    प्रभु बैङ्क लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकको सुविधालाई मध्यनजर गर्दै नगद जम्मा गर्नको लागि बैङ्कको नगद काउण्टरमै शशरीर भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिन क्यास रिसाइकल मेसिन (सीआरएम)बाट आफूले चाहेको बैङ्क खातामा रकम जम्मा गर्न सकिने सुविधा शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

    प्रभुले सूचना प्रविधिको उच्चतम उपयोग गर्दै आफ्नो ग्राहकहरूलाई अत्याधुनिक प्रविधि एवं प्रणालीबाट नविनतम् बैंकिङ सेवा उपलब्ध गराउँदै आएको दाबीसहित सीआरएमबाट बैङ्क खातामा रकम जम्मा गर्न सकिने सेवा ल्याएको जनाएको छ। यो सेवा हालको लागि बैङ्कको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ। यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैङ्कको योजना रहेको छ प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

    प्रभु बैङ्कले भनेको छ, ‘मेशिनबाट बैङ्क खाता रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफूले रकम जम्मा गर्न चाहेको बैङ्क खाता नं. टाइप गर्न साथै उक्त मेशिनमा रकम जम्मा–राख्ने बक्स खुल्छ। उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट–भौचर प्रिन्ट हुन्छ।’

    अगाडि बैङ्कले जानकारी दिएको छ, ‘उक्त मेशिनबाट डेबिट–क्रेडिट कार्डको माध्यमबाट समेत आफूले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ। प्रभु बैङ्क लि. बाट सञ्चालनमा ल्र्याईएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैङ्कमा खाता हुने ग्राहकहरूको लागि मात्र उपलब्ध हुनेछ। नेप्स (नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम)सँग आवश्यक सहकार्य गरी प्रभु बैङ्क बाहेक अन्य बैङ्कमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यवस्था मिलाइनेछ।’

    प्रभु बैङ्कले भनेको छ, ‘मेशिनबाट बैङ्क खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैङ्कको नगद काउण्टरमै जानु पर्ने बाध्यता हट्नेछ। यसबाट ग्राहकहरूको समयको बचत हुनेछ, बैङ्कको नगद काउन्टरमा उपस्थित भई अनावश्यक भिडभाडबाट उन्मुक्ति मिल्ने हुँदा प्रभु बैङ्कका सम्पूर्ण ग्राहकहरूले यो नबिनतम् सेवा उपभोग गर्नुभई लाभ लिनुहुनेछ भन्ने बैङ्कले विश्वास लिएको छ।’

    प्रतिकृया दिनुहोस्

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal