News Portal

  • इजरायलबाट मोरङको रंगेली अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

    हिमालीसंचार संवाददाता
    २१३ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित रहेको रंगेली अस्पताललाई बैदेशिक रोजगारको सिलशिलामा इजरायलमा रहेका नेपालीहरुले नेपाली कला, संस्कृति, भाषा, साहित्यको साथै गीत-संगीतको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्यले  सन् २०१२ सालमा स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले मोरङको रंगेली अस्पताललाई १ लाख ४५ हजार बराबरको अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेका छन्। 

    गत शुक्रबार अस्पताल परिसरमा नगर प्रमुख दिलिप बगडिया, कार्यकारी अधिकृत टोम सुवेदी, ईश्वरी पराजुली, कैलाश श्रेष्ठ, पुर्सोतम काफ्ले लगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। 

    उक्त सामाग्री हस्तान्तरणपछि नगर प्रमुखले भने यसरी बिदेशी भुमिमा रहेर समेत आफ्नो जन्म स्थानको माया गरेर कोरोना माहामारीको समयमा सहयोग गरेकोमा अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष लगायत सम्पूर्ण सहयोगी मानुभावहरुलाई विशेष धन्यवाद समेत दिएका छन। 

    आगामी दिनहरुमा समेत थप सहयोगको अपेक्षा रहेको बगडियाले बताए। उक्त सामाग्री अन्तराष्ट्रीय कलाकार मञ्च इजरायल शाखाका अध्यक्ष अनिल सिह राजपुत तथा निबर्तमान अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार कादम्बरी दाना श्रेष्ठले बताईन। 

    मञ्चद्वारा नेपालमा विभिन्न सहयोगहरु गर्दै आइरहेको र बिगतका दिनहरुमा महावीर पुनले स्थापना गरेका आबिष्कार केन्द्र, ध्रुमुश सुन्तली फाउन्डेसन र देशमा भैपरी आउदा जहिले सहयोगका लागि मञ्च तत्पर रहेको हिमालीसंचार डटकमसंग श्रेष्ठले बताए। सांगीतिक बिधालय साथै बिरामी कलाकारहरुलाई समेत सहयोग गर्दे आईरहेको श्रेष्ठले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal