News Portal

  • सुजनअधिकारीद्वारा ३१ मा हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचन राष्ट्रिय समन्वय समिति सदस्य उम्मेदवारी

    हिमालीसंचार संवाददाता
    ५९७ पटक

    कुवेत– गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन यहि आउँदो जुलाई ३१ मा हुने भएको छ । साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्था छ र यसलाई अझ राम्रो सामाजिक वातावरणको सृजना गर्न सबैको साथ र सहयोगको  आजको आवश्यकता बन्न पुगेको छ । यहि आवश्कतालाई मध्यनजर गर्दै निर्वाचनममा साउथ अस्ट्रेलियाबाट राष्ट्रिय समन्वय समिति सदस्य उम्मेदवारको रुपमा प्रस्तुत हुने सुजन अधिकारीले बताएका छन् ।साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्था छ र यसलाई अझ राम्रो सामाजिक वातावरणको सृजना गर्न तपाई हामी सबैको साथ र सहयोगको आवश्यकता छ र यहि आवश्कतालाई मध्यनजर गर्दै म यस निर्वाचनममा साउथ अस्ट्रेलियाबाट राष्ट्रिय समन्वय समिति सदस्य उम्मेदवारको रुपमा प्रस्तुत हुने जानकारी यहाँ माझ राख्दछु । समुदाय सँगै लामो समय नजिक रहेर काम गर्ने मौका मिल्यो ।
    जसले समुदायका आवश्यकताहरुको बारेमा समेत म परिचिति छु । निर्वाचन पछि यहाँको बहुसांस्कृति समाजमा नेपाली समुदायलाई अझै सशक्त रुपले अगाडी बढाउन आफुले जाने बुझेका र सिकेका सिपहरुको सही सदुपयोग गर्दै मेरो अहम् भूमिका रहने छ । म विश्वा दिलाउन चाहन्छु, यहाँहरुको सुझाब साथ सहयोग र समर्थन रहनेछ भन्नेमा पूर्ण विश्वस्त छु ।

    एनआरएनए अस्ट्रेलियाको संरचनागत सुधारमा तल उल्लेखित बुँदाहरुलाई अगाडि बढाउनेे बताए ।
    १. अस्ट्रेलियामा विभिन्न राज्यहरुमा हाम्रा बालबालिकाहरुले नेपाली भाषा पढ्दै आएका छन् । त्यसमा एकरुपता बनाउन एउटै पाठ्यक्रम निमार्णका लागि भूमिका खेल्ने छु ।
    २. हरेक राज्यमा कोभिड १९ पश्चात देखिएको मेन्टल हेल्थबारे जनचेतना फैलाउने कार्यक्रम गर्नेछु ।
    ३. युवाहरुमा ग्यम्ब्लिंग र पोकिज जस्ता कुराको लत देखिन सक्ने हुँदा त्यस सम्बन्धि जनचेतना जगाउने कार्यक्रम गर्ने छु ।
    ४. पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो हुँदै भएको छ , त्यसलाई मध्यनजर गर्दै एनआरएनए अभियानमा जोडिन चाहने सबैलाई पहुच गराउने छु ।
    ५. हामी प्रबिधियुक्त देशमा बसेका छौ त्यसैले हरेक सदस्यले घर मै बसेर अनलाईन भोटिंग गर्न पाउने ब्यबस्था एसै बर्ष देखी सुरुवात भयको छ यसलाई अझै प्रविधि मैत्री बनाउन विशेष दिनेछु ।
    ६. राष्ट्रिय सम्मलेन प्रत्यक २ वर्षमा भिन्न भिन्न राज्यमा गर्न पहल गर्ने छु ।
    ७. नेपालमा सुरक्षित व्यवसायीक लगानी र सामाजिक सेवाका काममा विशेष भुमिका खेल्ने छु ।

     

     

    प्रतिकृया दिनुहोस्

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal