News Portal

  • अन्तर्राष्ट्रिय धादिङ समाजद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    हिमालीसंचार संवाददाता
    २१४ पटक

    धादिङ – अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

    अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ धादिङ समाज जापान, धादिङ समाज युएई, धादिङ समाज कोरिया, धादिङ समाज अष्ट्रेलिया, धादिङ समाज अमेरिका, धादिङ समाज बेल्जियम, धादिङ समाज भारत लगायत विभिन्न देशमा रहेका धादिङवासी प्रवासीहरुले संचालन गरेको अभियानद्धारा स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको अन्र्तराष्ट्रिय धादिङ समाजका संरक्षक भुवन गुरुङले बताए । 

    पहिलो पटकको कोरोना महामारीमा पहिलो चरणमा स्वास्थ्य सामाग्री वितरण,  दोस्रो चरणमा खाद्यान्न सामाग्री वितरण र तेस्रो चरणमा “डिजिटल हेल्थ क्याम्प” संचालन गरको समाजले नेपालमा कोरोनाको दोस्रो भेरियन्ट महामारीको रुपमा फैलिएसँगै धादिङ जिल्लाका विभिन्न स्थानीय तहमा अत्यावश्यका स्वस्थ्य सामाग्री वितरण गरिएको समाजका प्रवक्ता राजन खकुरालले जानकारी दिए । 

    दोस्रो चरणको कार्यक्रम अन्र्तगत धदिङ समाज अष्ट्रेलियाका सल्लाहकार निराजन गौली र अध्यक्ष सविन थपलियाको पहलमा कम्युनिटी पार्टनर्स इन्टरनेशनल र एमआईटी फाउन्डेसनबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर दुई दुई थान सहित समाजले खरिद गरेको नेबुलाईजर १० थान, केएन ९५ मास्क सय वटा, फेसमास्क ४०० वटा, पल्स अक्सिमिटर ५ वटा, डिजिटल थर्मोमिटर १० वटा र ग्लब्स ३ प्याकेट का दरले स्वास्थ्य सामाग्रीहरु सात स्थानीय तहमा हस्तान्तरण गरिएको थियो । 

    समाजले कार्यक्रममा हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरु रुवीभ्याली गाउँपालिकाबाट स्वास्थ्य संयोजक राजबहादुर तामाङ, खनियाबाँस गाउँपालिकाबाट स्वास्थ्य संयोजक आइत बहादुर तामाङ, नीलकन्ठ नगरपालिकाबाट सि.अ.न.मी.निरिक्षक मिश्र सिलवाल, बेनीघाट रोराङ गाउँपालिकाबाट स्वास्थ्य संयोजक शंकरबाबु दुवाडी, गजुरी गाउँपालिकाबाट स्वास्थ्य संयोजक डा.रामहरी रेग्मी, ज्वालामुखी गाउँपालिकाबाट स्वास्थ्य संयोजक सुजन श्रेष्ठ र गल्छी गाउँपालिकाबाट स्वास्थ्य संयोजक रामप्रसाद ज्ञावलीले बुझिलिएका थिए ।

    अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष नानुकाजी अर्यालको सभापतित्वमा सम्पन्न हस्तान्तरण कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । महासचिव प्रमोद भट्टले संचालन गरेको कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष दिनेश तामाङले स्वागत गरेका थिए । 

    जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको हलमा सम्पन्न स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा समाजका प्रथम अध्यक्ष अर्जुन प्रसाद धरेल, कोषाध्यक्ष अर्जुन सिटौला, सचिव दिपक कँडेल लगायत विभिन्न राष्ट्रका प्रतिनिधी र स्वास्थ्य संयोजकहरुको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal