News Portal

  • हङकङमा किराया हङकङद्वारा किरात सभ्यताको आदिम पुर्खा रैछाकुलेको प्रतिमाअनवरण

    हिमालीसंचार संवाददाता
    ५५५ पटक

    युवा राई/हङकङ – किरात राई यायोक्खा हङकङ सुप्तुलुङ मर्मत तथा निर्माण विभागले किराया हङकङको आफ्नै भवन सुप्तुलुङ खिमको आगनमा किरात सभ्यताको आदिम पूर्खा रैछाकुलेको प्रतिमा निर्माण गरी प्रतिमाअनवरण गरेको छ।

    किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राईको प्रमुख आतिथि रहेको कार्यक्रममा विभाग संयोजक धिराज कुमार राईको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो। किरात राई यायोक्खा नेपालका केन्द्रीय सदस्य दिलिप राई, नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राई विशिष्ट अतिथि रहेको कार्यक्रम सुप्तुलुङ मर्मत तथा निर्माण विभागका कार्यकारी सचिव अधिराज राईले “तेज” संचालन गरेका थिए।

    किरात सभ्यता र परम्परा अनुसार मुन्दुमविद् दल बहादुर राई, मैत्र कुमार राईले मुन्दुम फलाकेर सामुहिक चुलामा पुजा गरेका थिए। आयोजित कार्यक्रममा नक्छो/कुवीले साकेला शीली प्रतिमास्थल वरिपरि शिली नाचेपछि प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र विभाग संयोजकको हातबाट आदिम पूर्खा रैछाकुलेको प्रतिमा एक साथ अनवरण गरिएको थियो।

    किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका कुलपति शशि मदन राईले रैछाकुले सम्बन्धि आफ्नो मिथक प्रस्तुत गरेका थिए। आयोजित कार्यक्रममा किरात राई यायोक्खा नेपालका केन्द्रीय सदस्य दिलिप राई, नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राई, किरात राई यायोक्खा हङकङका संरक्षक सदस्य हेजेन राई, किरात राई यायोक्खा हङकङका प्रमुख सल्लाहकार रजिन राईले किरात राई यायोक्खा हङकङ र किरात सभ्यताको आदिम पूर्खा रैछाकुले सम्बन्धि आफ्नो धारणा राखेका थिए

    किरात राई यायोक्खा हङकङको पहिलो चरणको योजना अनुसार हिजो एक कार्यक्रमवीच रैछाकुलेको प्रतिमा निर्माण गरी अनवरण गरिएको हो। अनावरण गरिएको रैछाकुलेको प्रतिमा पूर्णकदको विशेष धातुले बनाईएको छ। यो प्रतिमाको करिब ५ फिटको उचाई रहेको छ। नेपालका चर्चित मुर्तिकार रोजन राईबाट बनाइएको मुर्तिको लागि कुललागत १,८७,८०० हङकङ डलर तथा ५,९०,०००/- रुपैया रहेको छ। नेपालबाट रैछाकुलेको प्रतिमा निर्माण गरि हङकङमा ल्याईएको हो । यो प्रतिमाको तौल करिब २ सय केजीको रहेको छ।

    किरात राई यायोक्खा हङकङले केन्द्रिय अध्यक्ष दिवस राई, नेपालका चर्चित मुर्तिकार रोजन राईलाई हङकङ आमन्त्रण गरी रैछाकुलेको अनवरण गर्ने कार्यक्रम रहेको भए पनी कोरोना महामारीले उक्त रोकिएको थियो ।

    किरात सभ्यताको आदिम पूर्खा रैछाकुले’लाई राईहरुले आ-आफ्नो भाषा अनुरुप फरक-फरक नामाकंन गरेका छन् । यसलाई खक्चुलुप्पा, खोक्चिलिप्पा, हेत्छाकुप्पा, खोक्चिलिप, खक्चिलिप्पा, खक्चिलुपा, काक्चिरिक्पा, खाक्चिलिपा,  हेत्छाकुवा, कक्तिसाला भूगोल र भाषिक राई समुदायले आदि नामले चिन्ने गरिन्छ । यो समग्रमा “माईती” हो ।

     

    प्रतिकृया दिनुहोस्

    मोरङ विराटनगर स्थित सिटिजन्स बैंकका कार्मचारी मृत फेला

    चैत्र-६, मंगलबार/मोरङ – मोरङको विराटनगरमा रहेको सिटिजन्स बैंकमा कार्यरत रहेका एक कर्मचारी मृत फेला परेका...

    विराटनगरको रोयल होटलमा एक जना पुरुष मृत फेला पऱ्यो

    चैत्र-६,मंगलबार/मोरङ – विराटनगर महानगरपालिका वडा नं ९ मा रहेको होटल रोयलको किचनमा विराटनगरका स्थानीय क्षितीज...

    मौसम पूर्वानुमानः यी प्रदेशहरुमा चट्याङ्गसहित बर्षा र हिमपातको सम्भावना

    चैत्र-६, मंगलबार/काठमाडौ –  नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम...

    आज चैत्र-६, मंगलबारको राशीफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्रीशाके १९४५ विस २०८० चैत्र ६ गते मंगलबार इश्वी सन् २०२४ मार्च १९ तारीख फाल्गुनशुक्ल...

    मोरङ रंगेलीका अग्नि पिडितका बालबालिकाहरुलाई कपि र ब्याग वितरण

    चैत्र-५, सोमबार/मोरङ – रङ्गेली नगरपालिका भित्र रहेका सार्वजनिक विद्यालयहरूका प्रधानाध्यापक र शिक्षा साखाका कर्मचारीहरूको संयुक्त...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal