News Portal

  • कांग्रेस सांसदले धम्काएपछि इन्स्पेक्टरले भने- श्याम थापा मगर है, बैदाममा कार्यरत छु!

    हिमालीसंचार संवाददाता
    ६३४ पटक

    काठमाण्डौ – नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडियो शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन भएको देखिन्छ।

    सांसद श्रेष्ठ ‘केपी सिस्टम छ, यति तानाशाह छ’ भन्दै प्रहरी इन्स्पेक्टरतिर फर्कन्छन् र चोरी औंला देखाउँदै भन्छन्, ‘तपाईंको हिसाबकिताब हुन्छ के।’ उनले हिसाबकिताब हुन्छ भनेपछि इन्स्पेक्टर जवाफ दिन्छन्, ‘हुन्छ हुन्छ, श्याम थापा मगर है, बैदाममा कार्यरत छु।’ त्यसपछि इन्सपेक्टरलाई सांसद श्रेष्ठ फेरि भन्छन्, ‘फुर्ती नछाटम्।, ‘फुर्ती छाटेको होइन सर, तपाईंले हिसाबकिताब भन्नुभयो नि,’ छातीमा टाँसिएको आफ्नो नेमप्लेट देखाउँदै इन्स्पेक्टर भन्छन्, ‘श्याम थापा मगर है।’

    प्रस्तुत संवाद भएको भिडियो शनिबार पोखरास्थित प्रदेश प्रमुखको निवास अगाडी खिचिएको हो । संवादमा सांसद श्रेष्ठले प्रहरी इन्स्पेक्टर श्यामलाई धम्काएको देखिन्छ भने इन्स्पेक्टरले प्रतिवाद गरेका छन्। 

    श्रेष्ठ नेपाली कांग्रेसका समानुपातिक सांसद हुन्। नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको मन्त्रिपरिषदमा उनलाई पनि मन्त्री बनाउने तयारी छ।

    थापा मगर भने पोखराको बैदाममा चार महिनाअघि मात्रै आएका इन्स्पेक्टर हुन्। पोखराको लेकसाइडस्थित यस कार्यालयलाई पोखराका सहरी क्षेत्रमा शान्ति सुरक्षाको जिम्मेवारी छ। शनिबार प्रदेश प्रमुखको निवासमा सुरक्षामा खटिँदा सांसद श्रेष्ठसँग उनको भनाभन भएको हो। 

    प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकारको दाबी गर्न दिएको समयसीमा शनिबार दिउँसो ३ बजे सकिएको थियो। मुख्यमन्त्री दाबी गरेका कांग्रेससहित चार दल र स्वतन्त्र सांसद दीपक मनाङे प्रदेश प्रमुखको निवासअगाडि धर्ना दिन पुगे। सांसद श्रेष्ठसहित केही कांग्रेस सांसद प्रदेश प्रमुखको निवासमा छिर्न खोजे, तर प्रहरीले दिएन। प्रदेश प्रमुखको निवासमा कसैलाई छिर्न नदिन आदेश भएकाले सांसदलाई पनि छिर्न नदिएको प्रहरी अधिकारीहरूको भनाइ छ।

    कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमाल र प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी चिनिमाया तामाङले सांसदहरूलाई सम्झाइबुझाइ गरेका थिए। डिएसपी हमालले सांसदहरूलाई आश्वस्त पार्दै भने, ‘हामीलाई आदेश छैन सर, तपाईंहरूले बुझिदिनुपर्‍यो।’

    त्यसपछि कांग्रेस गठबन्धनका सांसद गेटअगाडि धर्ना बसेका थिए।

    इन्स्पेक्टर श्यामलाई सांसदले थर्काएको भिडियो भाइरल भएको आफूले पनि देखेको प्रवक्ता हमालले बताए। ‘माननीयज्यूले किन थर्काउनुभयो, थाहा भएन,’ उनले भने, ‘माननीयज्यूले हिसाबकिताब हुन्छ भन्नुभयो, इन्स्पेक्टरले जवाफ दिनुभएको हो, सामान्य भनाभन हो।’ इन्स्पेक्टरलाई थर्काएका सांसद श्रेष्ठले भने प्रहरी अधिकृतको ‘मान्यसँग बोल्ने तरिका’ नभएको बताए।

    ‘मान्य (माननीय) को बोली नराम्रो छ कि राष्ट्रसेवक कर्मचारीले मान्यसँग बोल्ने शैली नराम्रो छ त्यो हेरिदिनुपर्‍यो,’ उनले भने, ‘सांसद श्रेष्ठले नजिकै नातेदारको घरमा गएर पिसाब फेरेर फर्किँदा प्रहरीले आफूलाई धर्नामा जान नदिएको दाबी गरे। उनले भने, ‘धर्नामा बसेका छौं, नारा जुलुसमा। उसले छेक्न हुन्न नि माननीय भनेपछि। त्यसले जान दिएन। हात हालेको छैन। बढी हुने होइन, हिसाबकिताब राखेको छु भनेकै हो। पुलिसले मान्यलाई त्यसो भन्ने हो? मान्यसँग बोल्ने तरिका त्यही हो?’ 

    सांसद भएर प्रहरीलाई यसरी थर्काउन मिल्छ भन्ने प्रश्नमा श्रेष्ठले उक्त घटना सामान्य नै भएको बताए। ‘जुलुस, नारामा को के बोल्छ, त्यो त भइहाल्छ, मैले नर्मल मानेको छु,’ उनले भने, ‘लोकतन्त्रमा बोल्न पाइन्छ, कुन परिस्थितिमा भएको त्यसलाई सत्यतथ्य रूपमा हेर्नुपर्‍यो।’ 

    कास्की प्रहरी प्रवक्ता डिएसपी हमालले शान्ति सुरक्षा दिने आफूहरूको कर्तव्य भएको र शनिबार पनि त्यही गरेको बताए। ‘प्रदेश प्रमुखको ठाउँमा कुन पार्टीको भन्दा पनि हाम्रो काम त शान्ति सुरक्षा दिने हो, ओदश पालना गर्ने हो,’ हमालले भने, ‘मुख्यमन्त्री जुनसुकै दलका आए पनि हाम्रो काम त सुरक्षा दिने नै हो नि, त्यसरी सोच्नुपर्छ।’

    प्रतिकृया दिनुहोस्

    मोरङ विराटनगर स्थित सिटिजन्स बैंकका कार्मचारी मृत फेला

    चैत्र-६, मंगलबार/मोरङ – मोरङको विराटनगरमा रहेको सिटिजन्स बैंकमा कार्यरत रहेका एक कर्मचारी मृत फेला परेका...

    विराटनगरको रोयल होटलमा एक जना पुरुष मृत फेला पऱ्यो

    चैत्र-६,मंगलबार/मोरङ – विराटनगर महानगरपालिका वडा नं ९ मा रहेको होटल रोयलको किचनमा विराटनगरका स्थानीय क्षितीज...

    मौसम पूर्वानुमानः यी प्रदेशहरुमा चट्याङ्गसहित बर्षा र हिमपातको सम्भावना

    चैत्र-६, मंगलबार/काठमाडौ –  नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम...

    आज चैत्र-६, मंगलबारको राशीफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्रीशाके १९४५ विस २०८० चैत्र ६ गते मंगलबार इश्वी सन् २०२४ मार्च १९ तारीख फाल्गुनशुक्ल...

    मोरङ रंगेलीका अग्नि पिडितका बालबालिकाहरुलाई कपि र ब्याग वितरण

    चैत्र-५, सोमबार/मोरङ – रङ्गेली नगरपालिका भित्र रहेका सार्वजनिक विद्यालयहरूका प्रधानाध्यापक र शिक्षा साखाका कर्मचारीहरूको संयुक्त...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal