News Portal

  • मुख देखाएर हिँड्न लाज भइसक्यो : नेकपा सांसद खतिवडा

    हिमाली संचार संवाददाता
    १०६५ पटक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले सरकारका कारण मुख देखाएर हिँड्न लाज भइसकेको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा सरकारको गतिविधिले मुख देखाएर हिँड्नै लाज भइसकेको बताएका हुन् ।

    राज्यको स्थायी संयन्त्रले अनुसन्धान अघि बढाउनुभन्दा आयोग बनाएर प्रतिवेदन कुरेर बस्नु लाजमर्दो भएको उनको भनाइ छ ।

    ‘हत्या बलात्कार ज्यानमारा सबैमा आयोग बनाउने अनि प्रतिवेदन आएपछि कहाँ को लुकेको छ भनेर खोज्दै हिँड्ने ? के तरिका हो यो’ उनले प्रश्न गरे ‘आउँदा दिनमा कुनै पनि केसमा आयोग बनाउने टोली खटाउने प्रतिवेदन आउँछ पख्नुस माननीयज्यू भन्ने अनि प्रतिवेदन आएपछि बल्ल छानबिन गर्ने हो ? हरेक घटनामा आयोग बनाउने हो भने स्थायी राज्यको संयन्त्रलाई तलब खुवाएर किन राखेको ? मुख देखाएर हिँड्न लाज भइसक्यो ।’

    सांसद खतिवडाले निजगढ विमानस्थलमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नहुँदै, कतिवटा रन वे बनाउने टुंगो नहुँदै र लगानीको सुनिश्चितता नहुँदै रुख काट्न हतार गरेकोमा पनि आपत्ति जनाएका छन् ।

    ‘केही कुरा टुंगो भएको छैन । रुख काटेर बेचेर बेचिहाल्ने’ उनले भने ‘दौरा न सौराको खल्ती भनेको यही हो ।’ मेलम्ची आयोजनाको लागि लगानी जुटाउन ८/१० वटा दाता गुहार्नुपरेको भन्दै सांसद खतिवडाले तत्कालै रुख काट्न खोज्नु दिन दहाडै डाँकागिरी भएको टिप्पणी गरे ।

    ‘लाज भन्ने कुरा हुँदैन अलिकति, सरम भन्ने कुरा हुँदैन’ आक्रोशित हुँदै खतिवडाले भने ‘दिन दहाडै डाँकागिरी ?’

    डीपीआर तयार र लगानीकर्ता टुंगो नलागेसम्म रुख काट्नेहरु हत्यारा ठहरिने सांसद खतिवडाले चेतावनी दिए ।

    चिनी उद्योगीहरुले सरकारसँगै साँठगाँठ गरेर मूल्यवृद्धि गराएको पनि खतिवडाले बताए । सुरुमा भन्सार वृद्धि गर्न लगाएका उद्योगीहरुले पछि चिनीको आयात नै रोक्न लगाएको र अहिले दशैंको बेलामा मूल्यवृद्धि उनको आरोप छ ।

    ‘उखु किसानको पैसा भुक्तानी गर्ने नाममा चिनीको भन्सार १५ प्रतिशतबाट ३० प्रतिशत बनाइयो, ३० प्रतिशत भन्सारले पुगेन पुरै रोक्नपर्छ भनेपछि आयात नै रोकियो’ उनले भने ‘केही दिनअघि प्रधानमन्त्री कार्यालयमा तामा तुलसी छोएर किलाको ६४ रुपैयाँ भन्दा बढीमा बेच्दैनौं प्रतिज्ञा गरेर निस्कनुभयो । अहिले दशैं तिहारमा सय रुपैयाँ नघाउछौं भनेर गर्वका साथ घोषणा गर्दै हिँडेका छन् ।’ उनले भने ।

    चिनी माफियाका अगाडि सरकार निरिह भएको सांसद खतिवडाको आरोप छ । ‘यो निरिहता कसको ? यो निरिहतामात्र होइन चिनीको चास्नीमा कुन कुन झिँगा लटपटिएका छन् । खुल्दै जाला’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    कतारका राजाको नेपाल भ्रमणमा सार्वजनिक बिदा

    काठमाडौं। कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal