News Portal

  • राउटे युवतीमाथि यौन दुव्र्यवहार भएपछि राउटे बस्ति प्रवेशमा रोक

    हिमालीसंचार संवाददाता
    ५२८ पटक

    काठमाडौ – जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्ति शिल गर्दै अन्य सर्वसाधरण व्यक्ति प्रवेशमा रोक लगाएको छ। राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि भिडभाड हुने अनुमान गरिएको हुनाले राउटे समुदायमा पुग्न नदिन राउटे बस्ति प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

    पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायसम्म पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरुलाई राउटे बस्तीमा प्रवेश गर्न रोक लगाएको हो ।

    उनका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको छ । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन् । राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ ।

    घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र राउटे समुदाय भित्रै कडा सजाय दिन सक्ने प्रहरीको अनुमान छ । त्यसकारण सोमबार बिहानैदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिइएको डीएसपी घर्तीले बताए । आइतबार राउटे मुखिया सूर्यनारायण शाहीले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए ।

    केही दिनअघि मात्रै दैलेखको गुराँस गाउँपालिकाबाट लेकवेशी नगरापालिका हुँदै बसाइँ सरेर राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ को आँपसोतीमा बसेका थिए । कर्णाली प्रदेश सरकारले राउटे समुदायमा कुनै संकट पर्न नदिन, पीडित किशोरीलाई काउन्सिलिङ गरी स्वास्थ्य उपचार गर्न मनाउनलगायत अन्य काममा सहजिकरण गर्नका लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ । सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीका अनुसार एकरदुई दिनमै किशोरीको स्वास्थ्य परीक्षण हुनेछ ।

    यसैबीच, राउटे किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै तीन युवकविरुद्ध आवाज संस्था सुर्खेतले किटानी जाहेरी दिएको छ । पीडितको पक्षबाट जाहेरी दिने कोही नभएपछि किटानी जाहेरी दिएको आवाज संस्थाको कार्यकारी निर्देशक पवित्रा शाहीले जानकारी दिइन् । घटनाको अनुसन्धानका क्रममा पीडित पक्ष चाहिने भएपछि आफूहरुले पीडित पक्षबाट उजूरी दिएको उनले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    मोरङ विराटनगर स्थित सिटिजन्स बैंकका कार्मचारी मृत फेला

    चैत्र-६, मंगलबार/मोरङ – मोरङको विराटनगरमा रहेको सिटिजन्स बैंकमा कार्यरत रहेका एक कर्मचारी मृत फेला परेका...

    विराटनगरको रोयल होटलमा एक जना पुरुष मृत फेला पऱ्यो

    चैत्र-६,मंगलबार/मोरङ – विराटनगर महानगरपालिका वडा नं ९ मा रहेको होटल रोयलको किचनमा विराटनगरका स्थानीय क्षितीज...

    मौसम पूर्वानुमानः यी प्रदेशहरुमा चट्याङ्गसहित बर्षा र हिमपातको सम्भावना

    चैत्र-६, मंगलबार/काठमाडौ –  नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम...

    आज चैत्र-६, मंगलबारको राशीफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्रीशाके १९४५ विस २०८० चैत्र ६ गते मंगलबार इश्वी सन् २०२४ मार्च १९ तारीख फाल्गुनशुक्ल...

    मोरङ रंगेलीका अग्नि पिडितका बालबालिकाहरुलाई कपि र ब्याग वितरण

    चैत्र-५, सोमबार/मोरङ – रङ्गेली नगरपालिका भित्र रहेका सार्वजनिक विद्यालयहरूका प्रधानाध्यापक र शिक्षा साखाका कर्मचारीहरूको संयुक्त...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal