News Portal

  • सिर्जना वाचन डबलीद्वारा अतिथिहरुलाई श्रस्टा सम्मान

    हिमालीसंचार संवाददाता
    २६७ पटक

    आरपी सहयात्री युएई– युएईको नेपाली साहित्यिक क्षेत्रमा सक्रिय साहित्यिक संस्था सिर्जना वाचन डबलीले आफ्नो कार्यक्रममा सहभागी अतिथिहरुलाई प्रशंशापत्रले सम्मान गरेको छ । आफना सिर्जना सुनाउने र अरुका रचना सुन्ने एक अन्तर्कियात्मक कार्यक्रम गर्दै आएको यो साहित्यिक समुहले विगतका आफ्ना भौतिक र भर्चुअल कार्यक्रममा सहभागी ३४ जना विविध विधाका व्याक्तित्वहरुलाई सम्मान गरेको डबलीका संस्थापक साहित्यकार टक गुरुङले जानकारी दिएका छन् ।

    यसरी सम्मानित हुनेगरुमा साहित्यकारदेखि लिएर पत्रकार र गायक समेत रहेको कार्यक्रम प्रस्तोता तथा युवा कवि श्री भवानी नेपालले बताएका छन् । डबलीका विगतका कार्यक्रमहरुमा विविध विधामा कार्यरत अतिथिलाई प्रत्यक्ष वा अनलाइन विधिबाट निम्त्याएर योगदान गर्नेहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा कलाकार नारायण त्रिपाठी ‘प्रेमचरो’, सञ्जय सुमन, आँचल कुमार शर्मा, बादल शाही ,शंकर चोखाल , श्रीकृष्ण लुईँटेल ‘बोकेदाह्री’, मीना श्रेष्ठ, कृष्ण पराजुली, डि.एन मगर ‘उपहार’, विनय सरगम ,किरण सिवा, रोमु अधिकारी, अनन्त अनुराग, जनक कार्की ,दीक्षा भण्डारी ‘जानू’, मन्जुश्री गिरी ,तिला लेकाली, प्रदिप रोदन, राजन नेपाल, दुष्यन्त भट्टराई ,माधव बिडारी, बिकेश कविन , सुदर्शन पौडेल, अच्युत घिमिरे ‘बुलबुल’ , जे सागर, रामप्रसाद ढुंगेल, नरेश सेन, सावित्रा अधिकारी, रोशन परियार, परिक्रमा श्रेष्ठ कुमार प्रधान ‘कल्पित’, राजेशराज गड्तौला  सुमित्रा सुमी, किशोर कोइराला  दीपक मुडभरी ‘मित्र’ रहेका छन् ।

    कार्यक्रमको पहिलो शृङ्खलादेखि २५ औं शृङ्खलासम्मका अतिथिहरुलाई कदर स्वरूप सम्मान गरिएको कार्यक्रमका संयोजक तथा गजलकार जे सागरले जनाएका छन् । सन् २०१४ को अन्त्यमा शुरु भएको यो साहित्यिक अभियान अहिले कोरोना कहरबीच पनि निरन्तर सुचारु रहेको छ । कुनै पद विभाजन नगरी, आसनग्रहणको लम्बेतान शैलीलाई परिमार्जन गरी नेपाली साहित्यका विविध विधालाई मलजल गर्ने यो समूहले नेपालबाट साहित्यकार तथा गायकहरुलाई युएई ल्याएर स्तरीय कार्यक्रमहरु सम्पन्न गरेको छ ।

    कोरोनाको फैलावटले खुम्चिएका हरेक क्षेत्रमध्ये साहित्यिक क्षेत्रको गोडमेल गर्न सिर्जना वाचन डबलीलाई जीवन्तता दिन श्री भवानी नेपालले सातामा एक दिन नियमित रुपमा अनलाइन कार्यक्रम संचालन गरेका छन् । नवीन जमघट स्थल हो । अक्षरहरुको आवाज लिएर साहित्यका कविता गजल, मुक्तक, लघुकथा आदि विविध विधामा समसामयिक रचना सुन्न र सुनाउन पाइने यो समूहले विगत ६/७ वर्ष अगाडिदेखि आफुलाई क्रियाशील बनाएको छ । कुनै समय नेपालबाट साहित्यकार तथा गायकहरु बोलाएर कार्यक्रम गर्ने हैसियत बनाएको यो समुह हाल कोरोनाको महामारीको परिवर्तित वातावरण बीचमा पनि अनलाइनको माध्यमबाट उतिकै सक्रिय र जागरुक छ । साहित्य वा अन्य विधामा कार्यरत स्वदेश तथा विदेशमा कार्यरत सर्जकहरुलाई साप्ताहिक रूपमा बुधबार नेपाली समय ५ बजेदेखि भर्चुअल विधिमार्फत कार्यक्रम प्रस्तोता श्री भवानी नेपालले अतिथिका रूपमा आमन्त्रित गरेर सूचना, जानकारी र साहित्यिक खुराक पस्किरहेको यो समुहमा गजलकार घायल दिपक कार्कीले पनि शनिबार फेसबुक लाईभ मार्फत कार्यक्रम गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal