News Portal

  • जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण

    “ पाटीको निर्देशन निरुद्ध निर्धारित समयसम्म हस्ताक्षर नगरे कृष्ण थापालाई कार्वाही”

    हिमालीसंचार संवाददाता
    २५८ पटक

    काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले स्पष्टिकरण सोधेको छ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि काँग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्न पार्टीले दिएको निर्देशन विरुद्ध गएकाले उनलाई स्पष्टिकरण सोधिएको हो ।

    पार्टीको निर्देशन विरुद्ध गएको र संसदीय दलको ह्वीपलाई समेत उल्लंघन गरेको भन्दै थापालाई स्पष्टिकरण सोधिएको जनमोर्चाले जनाएको छ। पार्टीको निर्णय स्वीकार नगरेकाले स्पष्टिकरण सोधिएको जनमोर्चाका गण्डकीका अध्यक्ष शंकर बरालले बताए ।उनले पार्टीभित्र नियम, विधि, विधान उल्लंघन गरेकाले पार्टीले कारवाही प्रक्रिया अगाडी बढाएको बताए । 

    गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्न पार्टीले निर्देशन दिए पनि थापाले कांग्रेस नेतृत्व स्वीकार नगर्ने भन्दै हस्ताक्षर गर्न मानेका छैनन् । गत बैशाख १५ गते अविश्वास प्रस्तावमा मतदान तोकिएका दिन बिनासूचना सांसद खिमविक्रम शाही बेपत्ता भएपछि पोखरा आएका पार्टीका महासचिव मनोज भट्टले मंगलबार हस्ताक्षर गराउनका लागि थापाकोमा पुगेका थिए। तर, सांसद थापाले हस्ताक्षर नगर्ने बरु पार्टीको कारबाही खेप्न तयार रहेको अभिव्यक्ती दिएका थिए । त्यसपछि उनीमाथि पार्टीले कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

    प्रदेशमा जनमोर्चाका ३ सांसद छन् । सांसद पियारी थापा र खिम विक्रम शाहीले हस्ताक्षर गरिसकेका छन् । निर्धारित समयसम्म हस्ताक्षर नगरे थापालाई सांसद पदबाट हटाउने तयारी जनमोर्चाको छ । 

    नयाँ सरकार गठनका लागि पाएको समयसीमा आज सकिँदै यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गरेको र उक्त समय सीमा आज दिउँसो ४:०० बजे सकिँदैछ ।

    यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरेकामा अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरेको जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा काँग्रेससहितका दललाई समस्या परेको छ । 

    प्रदेशमा ३१ सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ जना संसद ररेका छन् भने १ जना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा रहेका छन् । 

    ​त्यस्तै, नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् । बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ४:०० बजेसम्म दलहरूले बहुमतसहित दाबी गर्न नसकेको अवस्थामा अल्पमतको सरकार बन्नेछ। उक्त अवस्थामा प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा (एमाले) का संसदीय दलका नेता गुरुङ मुख्यमन्त्री बन्नेछन् । यस अवस्थामा मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ संवैधानिक व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस्

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयी राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal