News Portal

  • नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक

    हिमालीसंचार संवाददाता
    २४८ पटक

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसबारे छलफल गर्न बैठक राखेका छन्। देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।

    देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो। कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सभापति देउवाले आज बैठक राखेको सेतोपाटीलाई बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा उनको पक्षमा ९३ मतमात्रै आएको थियो।

    विश्वासको मत नपाएपछि स्वत: प्रधानमन्त्री ओली पदमुक्त भएका छन्। ओलीलाई बहुमत पुर्‍याउन १३६ सांसद चाहिन्थ्यो। १२१ सांसद भएको नेकपा एमालेका सबै सांसदले ओलीलाई मत दिएनन्। नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसद प्रतिनिधि सभा बैठकमै अनुपस्थित थिए।

    ओलीको विपक्षमा १२४ मत आएको थियो भने जसपाको महन्थ ठाकुर पक्षका १५ जना तटस्थ बसेका थिए। ओलीले विश्वासको मत गुमाएलगत्तै सोमबार नै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बेलुकी दलहरूलाई तीन दिनको समय दिएर धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेकी थिइन्। संविधानको उक्त धारा अनुसार दुई वा, दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न सक्छन्।

    यसैबीच जसपामा वैकल्पिक सरकार गठनबारे विवाद देखिएको छ। अध्यक्ष यादवले देउवाको नेतृत्वमा सरकार बनाउन चाहे पनि अर्का अध्यक्ष ठाकुर त्यो पक्षमा छैनन्। यसबारे गए राति विज्ञप्ति जारी गरेर ठाकुरले वैकल्पिक सरकार गठन गर्ने तथा सरकार निर्माण गर्ने उद्देश्य पार्टीको नरहेको र त्यसो गरिए मधेशी जनताको हितविपरीत हुने प्रष्टाएका छन्।

    यस्तो अवस्थामा देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत (१३६) सांसद नपुग्ने देखिएको छ। तर एमाले नेता माधव नेपाल पक्षका सांसदहरूले राजीनामा दिए भने प्रतिनिधि सभामा रहेका सांसदको आकार खुम्चिन सक्छ। त्यसले बहुमतको सरकार गठन हुन सक्ने सम्भावना देखाउँछ।

    स्रोतका अनुसार देउवाले आजको बैठकमा नेता नेपाललाई पनि बोलाएका छन्। नेपाल पक्षका सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका थिएनन्। प्रतिनिधि सभामा कांग्रेसका दुई निलम्बितसहित ६३, माओवादी केन्द्रका ४९, जसपाका दुई निलम्बितसहित ३४ सांसद छन्। राप्रपा, जनमोर्चा र नेमकिपाका पनि एक-एक जना सांसद छन्।

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal