News Portal

  • सडक दुर्घटनाले परदेशमै खोसियो सल्यानका छविलालको सपना

    हिमालीसंचार संवाददाता
    २८९ पटक

    अनिल पराजुली

    दोहा – घरबाट फर्किएको ६ महिना नबित्दै सल्यानको कपुरकोट गाउँपालिका-४ का छविलाल बुढाले अकल्पनीय घटना सामाना गर्नु पर्‍यो। कम्पनीबाट साँझको काम सकेर क्याम्प जान कतारको समल रोड (१६ नम्बर) मा बाटो काट्ने क्रममा उनी दुर्घटनामा परे।

    त्यो नमिठो दिन सम्झँदै उनी भन्छन्, ‘२०१७ नोभेम्बर ७ तारिक मेरा लागि कालो दिन नै सिद्ध भयो। बाटो काट्दै थिएँ, गाडी धेरै स्पिड थियो, गाडीले ठक्कर दियो, मलाई ४८ घण्टासम्म होस नै आएन।’ उनले कतारको हमाद अस्पतालमा एक हप्ता उपचार पश्चात २ महिना कोठामै आराम गरे। दुई महिनाको अवधिमा ४ पटक खुट्टाको शल्यक्रिया गर्नु परेको उनले सुनाए।

    इमर्जेन्सी भएकाले लागेको सबै खर्च कतारको सरकारी अस्पताल हमालले नै व्यहोर्‍यो। ५५ सय रियालभन्दा बढी खर्च भएको थियो। उनले अस्पतालबाट डिस्चार्ज हुँदा एक थान वाकर र ह्विल चियर पनि पाए।

    अब उनी साङ्ग रहेनन्। ‘सडक दुर्घटनामा परेपछि खुट्टा काट्न पर्‍यो, मेरो जीवन नै अधुरो भयो,’ उनले टेलिफोन संवादमा भने। कृतिम खुट्टामा प्लाष्टिकको कभर भएकाले घाम, पानी र आगोबाट जोगाउन चिकित्सकले सल्लाह दिएको सुनाउँदै उनले कृतिम खट्टा फेर्नुपर्ने मिति नजिकिँदै आएकोले चिन्तित भएको बताए।

    उनले २०१८ मा कृतिम खुट्टा हालेका थिए। बैशाखीको सहाराले यताउता गरेर जीवन धानिरहेका उनी अब फेरि कृतिम खुट्टा हाल्न खर्च जुटाउन चाहन्छन्। तर, उनका लागि खर्च जुटाउन सजिलो छैन। कृतिम खुट्टाका लागि करिब १४ हजार ५ सय कतारी रियाल अर्थात करिब ५ लाखभन्दा बढी रुपैयाँ खर्च लाग्ने अनुमान छ।

    बुढा सन् २००८ मा कतार छिरेका थिए। हालसम्म ४ पटक बिदामा घर गएर फर्किएका उनी २०१७ देखि कतारमै रहेका छन्। एउटा खुट्टा गुमाएका उनले लकडाउन र कोरोना कहरको सामना गर्नुपर्‍यो। ३ छोरासहित ७ जनाको परिवारको जिम्मेवारी बोकेका छविलाल परदेशबाट फर्किन सकेका छैनन्।

    परिवारले स्वदेश र्फकन भन्छन्। तर उनी फर्किन सकेका छैनन्। ‘परिवारले आऊ भनेर भनिरहेको छ, म अशक्त भएँ। अब गएर के गर्नु, खुट्टा फेर्न आर्थिक जोहो पनि गर्न नसक्ने भए, बोझ भएर कसरी जाऊ ?’

    दुर्घटना गराउने विरुद्ध कतारको हाइकोटमा मुद्दा लडे पनि हाइकोटले आफूलाई दोषी देखाएको छविलाले बताए। उनले हाइकोटले दोषी देखाएपछि केही क्षितिपूर्ति नपाएको गुनासो गरे। सडक दुर्घटनामा खुट्टा गुमाएका छविलाल कतारको अल वाकरास्थित आईटीसीसी (इमपिरियल ट्रेडिङ एण्ड क्न्ट्राक्टिङ) कम्पनीको स्काफोल्डिङ्मा काम गर्थे।

    खुट्टा गुमाएपछि छविलाल हाल कम्पनीकै स्टोरमा हल्काफुल्का काम गरिरहेका छन्। उनलाई चिकित्सकले ५ केजीभन्दा माथिको तौल नउठाउन भनेका छन्। परदेशमा उनी अहिले जीवन जीउनकै लागि संघर्ष गरिरहेका छन्।

    यसैबीच सडक दुर्घटनामा खुट्टा गुमाएका छविलाललाई एनआरएनए कतारले हृविल चियर प्रदान गरेको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले समन्वय गरी हृविलचियर प्रदान गरेको हो। लामो समयदेखि कतारमा कार्यरत बुढालाई त्यहाँको परोपकारी संस्था कतार रेडक्रिसेन्टले उक्त हृविल चियर उपलब्ध गराएको थियोे।

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले छविलालको अफिसियल डकुमेन्ट उपलब्धपछि कृत्रिम खुट्टा जडान गर्ने कार्यमा सहयोग गर्ने बताए। संघ अध्यक्ष मुसलमानले छविलाल जस्ता समस्यामा रहेका अन्य नेपालीलाई पनि गैरआवासीय नेपाली संघ कतारले सहयोग गरिरहेको बताए।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal