News Portal

  • ६४ औं राष्ट्रिय सहकारी दिवस पथरीमा सम्पन्न

    हिमालीसंचार संवाददाता
    २२४ पटक

     रबिन्द्र बराल  –माेरङकाे पथरीमा ६४ ओै सहकारी दिवस भव्य रुपमा सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायीक वन उपभोक्ता समूहको भवनमा उक्त कार्यक्रमकाे आयाेजना समेत गरिएको थियोे ।

    कार्यक्रमकाे प्रमुख अतिथि प्रदेश न १ का माननीय सोमनाथ अधिकारीले (प्यासी) पानसमा बत्ति बालेर कार्यक्रमकाे उद्घाटन समेत गरेका थिए । कार्यक्रममा सांधय संस्कृती, पर्यटन तथा नागरिक उदयन मन्त्री मातनिय भानुभक्त ढकाल, सहकारी मन्त्री राम बहादुर मगर, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कला घले, उद्योग पर्यटन, वन तथा बातावरण राज्यमन्त्री राजकमार ओझा, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेल, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राई , लगायतको उपस्थिति समेत रहेको थियोे ।

    सहकारी दिवसकै अवसर पारेर नेपालमै पहिलोपटक सहकारी संस्था ल्याउने स्व. बखानसिंह गुरूङको शालिककाे समेत अनावरण गरिएको छ । प्रमुख अथितिले भने साहित्य, कला लगायतका क्षेत्रमा पनि सहकारीले बिभिन्न कार्यक्रमहरू ल्याउनुपर्ने र जनतालाई आर्थिक समस्या पर्दा चर्को ब्याजदरमा साहुबाट ॠण लिनुपर्ने बाध्यता हटेको र स्वाभिमानका साथ सहकारिमा गइ ऋण लिन सकिने अवस्था बनेको उनलेे बताए। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सहकारी आन्दोलनमा राज्यले साथ दिने र अहिले नेपालको राजनीतिमा संकट उत्पन्न भएको बताउदै मन्त्री ढकालले राजनैतिक दलहरूले नयाँ सरकार बनाउने चलखेल गरिरहेको र हालकै सरकारलाई ढाल्ने चलखेल भएकाे आराेप समेत लगाएका छन ।

    किसानहरूलाई बिचौलियाहरूको स्वार्थका कारण मारमा परेको भन्दै त्यसको समाधानका लागि सहकारीहरूले किसानले उब्जाएका कृषिजन्य बस्तुहरु खरिद बिक्रीमा किसानसंग सहकार्य गर्नुपर्ने कुरामा जाेड दिएका छन । कार्यक्रमकाे सभापतित्व जिल्ला सहकारी संघ लिमिटेड माेरङका अध्यक्ष एवम् मुल आयोजक समितिका संयोजक डिल्ली पोखरेलको अध्यक्षतामा उक्त कार्यक्रममा सम्मान भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal