News Portal

  • जापानी अर्बपति माएजावाले चन्द्रमाको यात्रामा विश्वभरका ८ जना लैजाने घोषणा

    हिमालीसंचार संवाददाता
    ३१२ पटक

    ऐजेन्सी – जापानी अर्बपति युसाकु माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरबाट ८ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन् । युसाकुले एलन मस्कको ‘स्पेसएक्स’ रकेटबाट सन् २०२३ मा चन्द्रमाको यात्रा गर्दै छन् ।

    ‘मैले यो यात्रामा विभिन्न पृष्ठभूमिका मानिस जोडिऊन् भन्ने चाहन्छु,’ उनले ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै भनेका छन् । त्यसमा उनले आवेदन दिनका लागि भर्नुपर्ने विवरणसहितको लिंकसमेत राखेका छन् । युसाकुले यात्राका लागि लाग्ने खर्च आफैंले व्यहोर्ने र अन्य सहभागीले निःशुल्क रूपमा यात्रा गर्न पाउने पनि जनाएका छन् ।

    ‘डियरमुन’ नामक अन्तरिक्ष मिसनमा भाग लिनका लागि आवेदकले दुइटा मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरिएको छ । युसाकुले यात्रा गर्न चाहने व्यक्ति ‘जुनसुकै क्रियाकलापमा संलग्न रहेका भए पनि उनीहरूले अन्य मानिस र बृहत् समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्ने’ जनाएका छन् ।

    त्यसका साथै ‘त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ती व्यक्ति इच्छुक हुनुपर्ने’ जनाइएको छ । ‘मैले सबै सिटहरू किनिसकेको छु, त्यसैले यो निजी यात्रा हुनेछ,’ उनले भनेका छन् । युसाकु फेसन क्षेत्रका धनाढ्य हुन् । सन् १९७५ मा जन्मेका युसाकुले २३ वर्षको उमेरमा अनलाइन फेसन वेभसाइट ‘जोजोटाउन’ बाट व्यावसायिक यात्रा सुरु गरेको हुन् । फोर्ब्सका अनुसार जापानका २२ औं धनी युसाकुसँग २ अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति छ । युसाकुले यात्राका लागि यसअघि आफूले ‘कलाकारहरू’ लाई आमन्त्रण गर्न चाहेको बताएका थिए । तर अब भने ‘यात्रामा समावेश हुन विश्वभरका मानिसलाई मौका दिने’ उनले बताए ।

    ‘यदि तपाईंले आफूलाई कलाकारका रूपमा हेर्नुहुन्छ भने तपाईं एक कलाकार नै हो,’ युसाकुले भने । उनले गत वर्ष ‘डियरमुन’ यात्रामा आफूसँग समावेश हुनका लागि नयाँ केटीसाथीको पनि खोजी गरेका थिए । तर केही मिश्रित प्रक्रियापछि उनले त्यो योजना रद्द गरेको जनाएका थिए । एलन मस्कको स्वामित्वको कम्पनी स्पेसएक्सले सन् २०१८ मा चन्द्रमाको परिक्रमा गरिने यात्रामा लैजानका लागि पहिलो यात्रुका रूपमा युसाकुलाई छानेको थियो ।

    अन्तरिक्षमा जानका लागि उनले कति रकम तिरे भन्नेबारे भने हालसम्म केही उल्लेख गरिएको छैन । तर उक्त यात्राका लागि युसाकुले ‘धेरै ठूलो रकम’ तिरेका मस्कले बताएका छन् । सन् २०२३ का लागि तय गरिएको डियरमुन मिसन सन् १९७२ पछिको मानवसहितको पहिलो चन्द्रमा यात्रा हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal