News Portal

  • राष्ट्रिय कविता प्रतियोगितामा खोटाङको तेजकुमार राईको कविता तृतिया

    हिमालीसंचार संवाददाता
    ३१८ पटक

    काठमाण्डौ – राष्ट्रिय कविता प्रतियोगितामा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. ५ का १९ वर्षीय तेजकुमार राईको कविता तृतिया स्थान हासिल गर्न सफल भएका छन् ।

    संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगितामा राईको ‘नमेटिने चक्रचिह्न’ शिर्षकको कविताले तृतीय स्थान प्राप्त गरेको हो।

    राईले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट रु ३० हजार नगदसँगै प्रमाणपत्र प्राप्त गरेका छन् । खोटाङ सि सिङगीङ आइडलले समेत भईसकेको राई गीत–संगीत क्षेत्रमा समेत उत्तिकै अबल रहेका छन् । उनी निबन्ध लेखन र वक्तृत्वकलामा पनि उत्तिकै दख्खल छन् ।

    यस्तै, प्रतियोगितामा कविता तर्फ रामेछापको विक्रम पवन परियार प्रथम र तनहुँको गोविन्द गोपाल खतिवडाको कविता द्धितीय प्राप्त गरेका छन् । विजेताहरुलाई रु.५० हजार, रु. ४० हजार प्रदान गरिएको थियो । ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा निबन्धतर्फ इलामको गणेशप्रसाद भट्टराई प्रथम, तेह्रथुमका रेजिना आपगाई द्धितिया र काठमाडौंको प्रेमराज सिलवाल तृतीय भएका थिए ।  विजेता प्रतियोगीहरुलाई रु. ५० हजार, रु. ४० हजार र रु. ३० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो। ।

    पुरस्कृत प्रतिभाहरूलाई नेपाल प्रज्ञा–प्रतिष्ठान कुलपति गंगाप्रसाद उप्रेतीले फूलमाला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नगद पुरस्कार र प्रधानमन्त्रीले सम्मानपत्र प्रदान गरेका थिए। 

    कार्यक्रमको समापनमा प्रधानमन्त्री आलीले नेपाल प्रज्ञा–प्रतिष्ठानमा सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायमार्फत् प्रज्ञा–प्रतिष्ठानका कलाकार र सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोकप्यासी राईमार्फत् सांस्कृतिक संस्थानका कलाकारहरूलाई धन्यवादपत्र प्रदान गरेको थियो । सो अवसरमा प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका कलाकारहरूद्वारा नेपालका सात ओटै प्रदेशका लोकसंस्कृति झल्किने साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका साथै सरकारका विभिन्न निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । आयोजित कार्यक्रम सञ्चालन नेपाल टेलिभिजनकी भावना केसीले संचालन गरेकी थिईन् ।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal