News Portal

  • केपी ओलीसँग एकताको सम्भावना छैन: अध्यक्ष प्रचण्ड

    हिमालीसंचार संवाददाता
    ३१३ पटक

     

    काठमाण्डौ – नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली र आफुहरु बीचको अन्तरविरोध सामान्य अन्तरविरोध नभएको बताएका छन् । 

    नेकपा अध्यक्ष प्रचण्डले ओलीसँग एकताको सम्भावना नरहेको पनि बताएका छन् ।  शुक्रबार प्राइम टेलिभिजनको अन्तर्वार्ताका क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने ओली प्रतिगमनकारी भएकाले अग्रगमनकारी र प्रतिगमनकारी सँगै हिड्न र एकता गर्न नसक्ने स्पष्ट पारेका हुन् ।

    पुनः ओलीसँग पार्टी एकता गरेर जानसक्ने सम्भावना कति छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘मैले त्यस्तो सम्भावना देख्दिन। किनभने हाम्रो दूरी पुस ५ अघिसम्म आन्तरिक थियो । त्यसबेलासम्म हामी स्थायी समिति बैठक सँगै नै बसेका थियौ । तर जव उहाँले पार्टीभित्रको विवाद देखाएर संविधानमाथि घात गर्ने, संसद विघटन गर्ने र हुदै नभएको अधिकार प्रयोग गर्ने दुस्साहस गर्नुभयो, त्यसपछि उहाँ र हाम्रो बीचको अन्तरविरोध अब पार्टीभित्रको सामान्य अन्तरविरोध रहेन ।’

    त्यसपछि प्रतिगमन र अग्रगमनबीचको लडाई, क्रान्ति र प्रतिक्रान्तिको लडाइ हुन पुगेको प्रचण्डले बताउदै उनले भने ओली अझै पश्चात गर्ने मनस्थितिमा नरहेको भन्दै संसद विघटनमा असफल भएपछि बरु अझै प्रचण्डलाई ध्वस्त पारेरै छोड्ने भन्दै हिँडेको आफुले सुनेको पनि बताए । 

    ‘अब त्यस्तो प्रतिगमनकारी, प्रतिक्रान्तिकारी भूमिका खेल्ने अनि पार्टी एकता उनीसंगै हुने भन्ने कुरा कसरी हुनसक्छ ? पार्टी भनेको विचार हो, प्रवृति पनि हो । पार्टीभित्र विभिन्न प्रवृति हुन्छन् तर मुख्य कुरा विचारले नै गाइड गर्ने कुरा हो।’

    प्रचण्डले ओली गत पुस ५ पछि प्रतिगमनकारी विचारको मान्छे बनेको भन्दै सर्वोच्चले न्याय दिएर प्रतिनिधिसभा पुनस्र्थापना भएको बताए । प्रचण्डले अन्य लोकतन्त्र र संविधानको पक्षमा मुद्दा मिल्ने दलसँग मिलेर सरकार बनाउन सकिने बताएपनि आफुले अहिले प्रधानमन्त्रीमा दावी नगरेको पनि स्पष्ट बताए ।

    प्रतिकृया दिनुहोस्

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal