News Portal

  • ‘सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्छ’ तिलक राई

    हिमालीसंचार संवाददाता
    २०६ पटक

    धरान – कम्युनिस्ट सरकारले असंवैधानिक रूपमा विघटन गरेको संसद् सर्वोच्च अदालतबाट पुनर्स्थापना भएकोले अबको सरकारको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्ने माग काँग्रेसका अगुवाहरूले गरेका छन् ।

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै बुधवार भानुचौकमा आयोजित दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति तिलक राईले भने ‘अबको सरकारको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्ने बताएका हुन्।’

    दुई तिहाइ बहुमत हुँदाहुँदै कम्युनिष्टहरुले पार्टी भित्रको झगडाको कारण नाममा देशमा अराजक अवस्था ल्याउने काम गरेको आरोप लगाउँदै उनले कम्युनिस्टहरू लोकतान्त्रिक पद्धतिमा शासन गर्न सक्दैनन् भन्ने साबित भएको बताए ।  सभापति राईले भने ‘कम्युनिष्टहरुले जनताको विश्वास गुमाई सकेकाले मुलुक र संविधानलाई लोकतान्त्रिक पद्धतिबाट अघि बढाउन अब काँग्रेसले सरकारको नेतृत्व लिनु पर्ने बताएका हुन ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधि सभा भङ्ग गरेकै दिन पुस ५ गते नेपाली काँग्रेसले विघटनको विरोध गर्दै पुनर्स्थापनाको माग गरेको उनले स्मरण गराए । संसद् विघटन गरे लगत्तै प्रधानमन्त्रीले थप असंवैधानिक काम गर्न थालेपछि नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकले संसद् पूनःस्थापनाका लागि आन्दोलन निर्णय गरेको उनले बताए ।

    संसद् पुनर्स्थापनाको माग सहित काँग्रेसले देशव्यापी रूपमा सुरु गरेको आन्दोलनलाई नेपाली जनताले व्यापक रूपमा साथ दिएको उल्लेख गर्दै उनले भने ‘असंवैधानिक कदमको विरोधले जिल्ला, नगरदेखि वडा स्तरसम्म भएको जनताको सहभागिताले कम्युनिस्टप्रति जनताको विश्वास उठेको साबित भएको छ ।’

    राईले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सत्तामा आए लगत्तै भनेको कुरा उद्धृत गर्दै उनले भने ‘कम्युनिस्टको सरकारले नेपाली जनतालाई बोल्न, हाँस्न र रुन पनि दिँदैन ।’

    कम्युनिस्टको झगडाकै कारण असंवैधानिक रूपमा संसद् विघटन गरिएपछि जनताको बलिदानी सङ्घर्षले ल्याएको संविधान नै खतरामा परेको उनले बताउँदै उनले भने ‘संविधानको रक्षाका लागि सर्वोच्च अदालतले संविधानलाई अक्षरशः पालना गराउन फैसला गरेकाले संविधान क्रियाशील हुने अवस्था आएको छ ।’ यसका लागि सर्वोच्च अदालत, न्ययाधिशहरु तथा बहसमा भाग लिने कानुन व्यवसायीहरू धन्यवादको पात्र भएको उनले उल्लेख गरे । भानुचौक स्थित भानुभक्तको सालिक अघि गरिएको दीप प्रज्वलनमा काँग्रेस पदाधिकारी, भातृ सङ्गठनहरू सहित कार्यकर्ताहरूको सहभागिता थियो ।

    काँग्रेस नगर सचिव श्याम पोखरेलले धरान उपमहानगरपालिकाले भानुचौक क्षेत्रमा सार्वजनिक कार्यक्रम नगर्ने नियम बनाए पनि संसद् पुनर्स्थापनाको ऐतिहासिक फैसलाको स्वागत गर्न भानुचौकमा गर्न उपयुक्त भएको बताउँदै क्षमा याचना गरे । उनले भने ‘अब उपरान्तका कार्यक्रमहरू नेपाली काँग्रेसले भानुचौकमा आयोजना नगर्ने प्रतिबद्धता जाहेर गर्दछ ।’

    प्रतिकृया दिनुहोस्

    मोरङमा सहकारी दिवसको अबसरमा मोटरसाइकल ऱ्याली

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” सहकारीप्रतिको नकारात्मक भ्रम मेटौं भन्ने मूल...

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal