धादिङ -गंगाजमुना गाउँपालिकामा अनुदानमा आएको हाते ट्याक्टर तथा कृषि औजारको भ्रष्टाचार भएको समाचार अाएपछि पालिकामा यति बेला स्थानीय जनता आन्दोलित मा उत्रिएका छन् । भोलीपल्टै अख्तियारले गाउँपालिकामा छापा मारेको थियो । गाउँपालिकाकी इन्जिनियर पुजा कार्की बाट ९५ हजार घुससहित रंगेहात पक्राउ परेकी थिइन् ।
स्थानियबासीले गाउँपालिकामै निवेदन समेत दिएका छन् । गत माघ २८ गते र फागुन २ गते उजुरी परेको थियो । उक्त उजुरीपछि गाउँपालिकाले छानबीनका लागि समिति गठन गरेको छ ।गाउँपालिकामै कार्यरत कर्मचारी मैनालीको संयोजकत्व छानबीन समिति बनाइएको छ ।
गाउँपालिकामै भएको भ्रष्टाचार छानबीनका लागि गाउँपालिकाकै कर्मचारीको नेतृत्वमा छानबीन समिति बनाइएपछि स्थानियबासी थप आन्दोलित बनेका छन् । छानबीन समिति नै चित्त बुझ्दो नभएपछि स्थानियबासीले तालाबन्दी गरेका कुरा समितिका संयोजकले बताए ।