News Portal

  • सुर्खेत मालपोतप्रकरण: जग्गा नाममा लिने मुख्य व्यक्तिसहित १० जना पक्राउ

    हिमालीसंचार संवाददाता
    ३७२ पटक

    सुर्खेत – वीरेन्द्रनगर नगरपालिका-६ का स्थानीय सौगात रावतको नाममा रहेको जग्गा अनाधिकृत रुपमा नामसारी गरि आफ्नो नाममा लिने मुख्य व्यक्तिसहित १० जना आरोपी पक्राउ परेका छन्। जग्गाधनी रावतलाई थाहै नदिएर अर्काको नाममा नामसारी गरेको पाइएपछि उक्त कार्यमा संलग्न व्यक्तिउपर कारबाहीको माग गर्दै रावतले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठगी सम्बन्धी कसुरमा मुद्धा दर्ता गराएका थिए।

    सोही मुद्धाको आधारमा उनिहरुलाई छानविनका लागि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ। पक्राउ पर्नेहरुमा सौगात रावतको नामबाट आफ्नो नाममा नामसारी लिने दैलेख महाबु गाउँपालिका–३ स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बस्दै आएका सहबीर कार्की, जग्गा नामसारी गर्दा किनाराका साक्षी बस्ने नारायण थापा र चादनी वली, सहबीर कार्कीको नाममा जग्गा नामसारी भइसकेपछि उनको एक कित्ता आफ्नो नाममा लिने छत्र बहादुर थापालाई बुधबार राती १२ बजे पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

    यस्तै, मालपोत कार्यालय सुर्खेतका कम्प्युटर फाँटका लक्षमण राना र दिपेन्द्र श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् भने, यसअघिनै नायव सुब्बा विश्वरुप सावद र लेखापठी व्यवसायी अम्मरसिं कटुवाल पक्राउ परेका थिए। जग्गा नामसारिका लागि सिफारिस गर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का कार्यवाहक वडाअध्यक्ष राम प्रसाद दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

    जग्गा धनीलाई थाहै नदिई जग्गा खरिद–विक्रि भएको अवस्थामा सरकारी कागज किर्ते र ठगी मुद्धा हुन्छ। सरकारी छाप, फाईल, महत्वपूर्ण सरकारी कागजातको दुरुपयोग गरेको खण्डमा उक्त कार्यमा संलग्न वडा कार्यालय, नापी कार्यालय हुँदै मालपोत कार्यालयका कर्मचारीसम्म कारवाहीको भागिदार हुन्छन्।

    जग्गा नामसारि र कित्ताकाट गर्दा, जग्गा खरिद बिक्रीको स्वीकृति नगरपालिका र वडा कार्यालयबाट भएको छ वा छैन, जग्गाधनी श्रेस्ता र पुर्जामा कसको फोटो टाँसिएको छ, जग्गाधनीको नागरिकताको फोटोकपी संलग्न रहेको छ छैन, रजिष्ट्रेसन डायरीमा सबै रेकर्ड दर्ता छ छैन, तयार भएको लिखतमा मोठ र रोक्का भिडाउँदा कसरी भिडाइयो ? भिडाउने फाँटवाला कर्मचारीको नाम, पद, सहिछाप र मिति छ छैन, मोठ रोक्का भिडाइ सकेपछि नापी कार्यालयलाइ आदेश दिने कर्मचारीको नाम, पद र सहि छाप छ छैन, त्यसको लगत कार्यालयको अभिलेख रजिष्ट्रेसन फाँटमा राखिएको छ छैन, नापी कार्यालयमा लिखत पुगेपछि श्रेस्तामा वा स्थलगत कित्ताकाट हुँदा खरिद बिक्रीकर्ता दुवैजनाको रोहवर सहिछाप भएको छ छैन, कित्ताकाट गर्ने अमीन र कार्यालय प्रमुखको प्रमाणित छ छैन, लिखत तयार गर्दाका साँक्षी र पारित गर्नु पुर्वका सनाखत साँक्षीहरुको नाम, थर, वतन, नागरिकता प्रमाणपत्र नम्बर, सहिछाप छ छैन, सम्पुर्ण रुपमा लिखत तयार भई पारितको लागि योग्य भएपछि त्यसमा फाँटवाला, तहरीर पारित कर्ता कर्मचारीको प्रमाणित भएको छ, छैन, लिखत पारित भएपछि दाखिल खारेज गर्दा श्रेस्ता पुर्जा तयार गर्ने र प्रमाणित गर्ने कर्मचारीको नाम, थर दर्जा र अधिकार प्रत्यायोजनको अवस्था के कस्तो छ लगायतका कुराहरुमा अनुसन्धान गर्नुपर्ने अधिवक्ताले बताएका छन्।

    यसमा संलग्न सम्बन्धित सबै फाँट, कार्यालय र व्यक्तिहरु अनुसन्धानको दायरमा ल्याई छानबिन गरि सर्वसाधारणमा भएको जग्गा किर्तेसम्बन्धि मालपोतप्रति अविश्वास हटाउनुपर्ने सुझाव उनिहरुको सुझाव छ। जग्गाधनी सौगात रावतले आफै उपस्थित भएर डिजिटल औठा छाप र फोटो खिचाएको कुरा संचारमाध्यामा आएपछि उक्त फोटो र डिजिटल औंठा छाप सुरुवातमा दिपकसिंङ रजवारबाट जग्गा आफ्नो नाममा नामसारि गर्दा मिति २०७६ मंसिर १ गते लिइएको पुरानो तस्वीर र औठा छाप भएको बताए।

    प्रतिकृया दिनुहोस्

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयी राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal