News Portal

  • मालपोत प्रकरण: सूचना लुकाउछन् सुर्खेत प्रहरी

    हिमालीसंचार संवाददाता
    ४०८ पटक

    सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले सूचना लुकाउनमा सक्रियता देखाएको छ। मोबाइल नम्बर ९८५८०६६०५५ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारीले प्रयोग गर्ने नम्बर हो भने, ९८५८००५५५५ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपीले प्रयोग गर्ने सम्पर्क नम्बर हुन्।

    कार्यालयसँग सम्बन्धित सूचना तथा आधिकारिक जानकारीका सम्बन्धमा जिम्मेवार पद सूचना अधिकारी र कार्यालय प्रमुख भएपनि जिप्रका सुर्खेतले भने सूचना दिन आनाकानी गरेका हुन्। जसले गर्दा जिप्रका सुर्खेतको कामकारबाहीप्रति आशंका पैदा भएको छ।

    केही दिन मालपोत प्रकरणका सम्बन्धमा मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप सावद र लेखापढी व्यवसायी अम्मरसिंह कटुवाललाई प्रहरीले नियन्त्रणमा लियो तर, हालसम्म पनि प्रहरीले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन भने, मंगलबार दिउँसो प्रहरीले थप २ जनालाई नियन्त्रणमा लिएको छ।

    मंगलबार थप दुई जना पक्राउ परेको सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए। तर, उनले नाम सार्वजनिक गरेनन्। जग्गा विवादका विषयमा हालसम्म ४ जना पक्राउ परेका छन्। नाम एकछिन पछि फोन गरेर टिपाउछु।’ डिएसपी घर्तीले फानेमा भने। उनको टेलिफोनको प्रतिक्षापछि पटकपटक फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन्।

    डिएसपी घर्ती फोन सम्पर्क आएनन् भने, जिप्रका प्रमुख एसपीले पनि ‘थप दुई जना पक्राउ परेका हुन्। विस्तृतमा बुझेर सम्पर्क गर्छु’ भने। त्यसपश्चात उनी पनि सम्पर्कमा आएनन् अर्थात उनलाई सम्पर्क गरेको टेलिफोन नै रिसिभ भएन।

    प्रहरीले छानविन वा, आरोपमा कुनैपनि व्यक्तिलाई नियन्त्रणमा लिएर सार्वजनिक नगर्नु गैरकानूनी थुनामा राखेको अधिवक्ता दुर्गा सापकोटाले बताए। ‘प्रहरीले कुनैपनि व्यक्ति पक्राउ गरेपछि सार्वजनिक गर्नुपर्छ’ अधिवक्ता सापकोटाले भने, ‘यदि सार्वजनिक गर्न नमिल्ने हो भने, कारण खुलाउनुपर्छ तर, सार्वजनिक पनि नगर्ने र सम्पर्क नआउने कार्य गरिनुहुदैन।’

    प्रतिकृया दिनुहोस्

    धादिङ मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर खुल्यो

    गजुरी – २, मलेखु धादिङमा सञ्चालनमा आउन लागेकाे हाइलाइट चाइल्ड केयर सेन्टरलाई सफलताको शुभकामना ब्यक्त...

    एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने

    काठमाडौं – नेपाल वितरक संघ ले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको...

    नेपाल वितरक संघको क्यालेण्डर-२०८१ विमोचन कार्यक्रम सम्पन्न

    काठमाडौ  – नेपाल वितरक संघले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा...

    नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन जुन ७ मा हुने

    कुवेत– नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन...

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal