News Portal

  • रक्सी खाने र झगडा गर्ने बानीले परिवारै सखाप

    हिमालीसंचार संवाददाता
    ३५६ पटक

    कालीकोट — भैरे बटाला र लालकौराले विवाह परिवारको राजीखुसीमा गरेका थिएनन्। नरहरिनाथ–७ दुदुल्लीका २९ वर्षीय बटालाले १२ वर्षअघि लालकौरालाई पाल्तीबाट भगाएर लगेका थिए। भित्र्याएको वर्ष दिन नहुँदै उनले कुटपिट गर्न थाले। कुटपिट धेरै हुन थालेपछि खप्न नसकेर ३ छोरा छाडेर लालकौरा गत पुस ९ देखि माइतीमा बस्थिन्।

    दिनहुँ यातना दिएपछि लालकौराले घर छाड्नुअघि पुस ९ मा पतिविरुद्ध इलाका प्रहरी चौकी कुमालगाउँमा उजुरी दिएकी थिइन्। प्रहरीले कारबाहीमा वास्तै गरेन। गत मंगलबार घरभित्रै डढेर बटाला र लालकौराका छोराहरू ११ वर्षीय गणेश र ९ वर्षीय मनबहादुरको मृत्यु भयो। घटना कुनै दैवीप्रकोप थिएन।

    ‘तेरा छोरासहित तँलाई आगो लगाएर माछा पोलेजस्तो गरेर मार्छु भनेर पहिलेदेखि नै धम्क्याउँथ्यो,’ लालकौराले बटालाका बारेमा भनिन्, ‘मलाई कहिल्यै सुख दिएन, सधैं कुटपिट र गाली गर्थ्यो।’ त्यही सहन नसकेर आफू माइतीमा बस्दै आएको उनले बताइन्। प्रहरीका अनुसार बटालाले मंगलबार आफ्नै घरमा आगो लगाएका थिए। त्यसमै दुई छोराहरू मारिएका हुन्। विष सेवनका कारण अझै पनि बोल्न नसकेका ५ वर्षीय कान्छो छोरा खगेन्द्रलाई कुमालगाउँको प्राथमिक उपचार केन्द्रले बिहीबार लालकौराको जिम्मा लगाएको छ।

    मंगलबार साँझ श्रीमतीसँग फोनमा कुरा गरेका बटालाले ‘पत्नीले घरमा कहिल्यै आउँदिन’ भनेपछि आगो लगाएको खुलेको छ। ‘छोराहरू मार्ने र आफू पनि मर्ने योजनासहित अपराध गरेको देखिन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक भूपेन्द्र शाहीले भने, ‘जंगली विष छोराहरूलाई खुवाएपछि घरमा आगो लगाएको खुल्यो।’

    घरमा आगो लगाएर बटाला मंगलबार राति कान्छो छोरा लिएर नजिकैको ओडारमा बसेका थिए। बुधबार बिहान गाउँलेले थाहा पाएपछि मात्र उनी आगलागीबाट नष्ट भएको घरमा फर्किएका थिए। कान्छो छोरा खगेन्द्रलाई विष खाएर बेहोस भएको अवस्थामै गाउँलेले ओडारबाट उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका हुन्।

    बटालालाई भने प्रहरीले पक्राउ गरी सदरमुकाम मान्म पुर्‍याएको छ। ‘बटालाको रक्सी खाने र झगडा गर्ने बानी रहेछ। घर झगडा त हुने नै भयो,’ डीएसपी चक्रबहादुर शाहले भने, ‘मातेका सुरमा घरमा आगो लगाएछन्। त्यसअघि भैंसी, पाडो र एक हल गोरुलाई पनि कुँडोमा विष खुवाएर मारेका रहेछन्।’

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    विप्लवको पार्टीले २०८४ मा चुनाव लड्ने

    काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने...

    लायन्स जगत गुरुङद्धारा श्री मावि धरानलाई पंखा सहयोग

    बैशाख-५, बुधबार/धरान – लायन्स क्लव अफ धरान विजयपुरका पूर्वअध्यक्ष तथा डिस्ट्रिक सिनियर एड्भाइजर लायन्स जगत...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal