News Portal

  • ओली नसुध्रिए इतिहासको रच्छ्यानमा फालिनेछन् – माधव नेपाल

    हिमालीसंचार संवाददाता
    २७६ पटक

    काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीमा कम्युनिस्ट चरित्र र गुण नै नभएको बताएका छन् । मंगलबार पोखरामा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमा एकलकाटे प्रवृत्ति र गुटको संरक्षण गर्नेबाहेक अरु केही नभएको बताएका हुन् ।

    ‘केपी ओलीले कुन दिन कम्युनिस्ट पार्टी त्यागेको समाचार सुन्न बेर छैन, उहाँमा कम्युनिस्ट पार्टीको चरित्र छैन, गुण छैन’, अध्यक्ष नेपालको भनाइ छ । पार्टी गुट र व्यक्तिबाट चल्ने नभइ विचार र सिद्धान्तबाट चल्ने नेपालको भनाइ छ । उनले नेकपामा देखिएको विवाद यो पार्टीलाई कस्तो बनाउने भन्ने रहेको बताए । ‘पार्टीमा बैठक नबस्ने, जनजीवीकाको कुरा नै किन नहोस् छलफल हुनुपर्छ बहस हुनुपर्छ’ नेता नेपालको भनाइ छ । आफूले ओलीलाई पटक पटक प्रधानमन्त्री हुँदा पार्टी बैठकमा बस्न नभ्याउने भए आफूहरु छलफल र बहस गर्छौ भन्दा पनि नसुन्ने गरेको बताए । उनले केपी ओलीले सिकाएको संस्कार समेत सर्वहारा संस्कार नभएर सामन्ती संस्कार भएको बताए । ‘उहाँलाई आलोचना, गुनासो र विरोध मन पर्दैन, आलोचना गर्ने मान्छे उहाँको दृष्टिकोणमा नकारात्मक हुन्छ’अध्यक्ष नेपालले ओली प्रवृतिको खरो आलोचना गरे । 

    अध्यक्ष नेपालले ओलीले बाटो विराएको भन्दै सुध्रन सुझाव दिँदै कम्युनिस्टहरु इमान्दार हुने भएपनि केपी ओली इमान्दार हुन नसकेको टिप्पणी गरे । ‘केपी ओलीजीले बाटो विराउनुभएको छ । बिराएको बाटोबाट फर्कनुस् । समय यही हो । नत्र इतिहासको रछ्यानमा तपाईंलाई फालिनेछ’ नेता नपालले गल्ती स्वीकार गर्न ओलीलाई आग्रह गर्दै  भने । ‘संविधानमा यति ठूलो घात गर्नुभएको छ यसले तपाईंको पनि भलो गर्दैन । गल्ती स्वीकार गर्नुस् ।

    प्रतिनिधिसभा विघटनको निर्णय बेठीक भयो भन्नुस्, कम्युनिस्ट आन्दोलनलाई निमिट्यान्न पार्न लाग्नुभएको छ । त्यसैले गल्ती महशूस गरेर फर्कनुस्’ नेता नेपालले ओलीलाई प्रतिनिधि सभा विघटन निर्णय बेठिक भन्न पनि आग्रह गरे ।  नेता नेपालले वामदेवलाई पनि आफुले तपाइँले लागेर पार लाग्दैन भनेको भन्दै केपी ओली अरुको कुरा सुन्ने पक्षमा नरहेको बताए । अध्यक्ष नेपालले अन्तरसंघर्षले पार्टी कमजोर नहुने भन्दै व्यक्तिवादी र गुटबन्दीले मात्रै कमजोर हुने बताए । उनले केपी ओली सुरुबाटै गुटबन्दीमा लागेको पनि स्मरण गराए । 

    अध्यक्ष नेपालले आफ्नो पक्षमा ४३४ केन्द्रीय समिति मध्ये ३१५ जना रहेको र ओलीको पक्षमा ११८ जनामात्रै रहेकाले बहुमत कस्को पक्षमा हुन्छ छुट्याउन आग्रह गरे । उनले आफुले नेतृत्व गरेको नेकपा नै मुल पार्टी भएकाले सुर्य चिन्ह पनि कसैले खोस्न नसक्ने बताए । उनले केपी ओलीको समूहलाई केपी ओली फाउण्डेसन गुटको संज्ञा दिए । 

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal