News Portal

  • काँग्रेसको बृहत बिरोध सभाले भ्रष्ट्रचारी सर्बसत्ताबादी ओली सरकारको मुटु हल्लायो

    कर्ण बहादुर अधिकारी
    ५२३ पटक

    काठमाण्डौ – नेपाली काँग्रेस मस्त निन्द्राबाट फेरी एकपटक भ्रष्ट्रचारी, सर्वसत्ताबाद, निरङ्कुशबादी, कुशाशनका नाईके दुई तिहाईको नेकपाको सरकार बिरूद्धको बिरोध सभाका निमित्त ब्यूझिएको छ। देश र जनताका हितका लागि बलिदानी दिने ज्ञातअज्ञात सहिदहरूको मर्म र भावनालाई कुल्चिएर देशलाई नै उधो गतितिर कुदाउने देशको बागडोर सम्हाल्नेहरूलाई झकझकाउनका लागि प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले लगभग ३ बर्ष पश्चात प्रतिपक्षको भूमिका निभाउन खोजेको छ।

    काँग्रेसले बिगतमा आफ्ना नेता कार्यकर्ताहरूले गरेका भ्रष्ट्राचारलाई पनि मुल्याङ्कन गरी त्यस्ता भ्रष्ट्राचारीहरूलाई कानुनी कठघरामा उभ्याउन सक्ने दरिलो आट गर्न जरूरी छ। केपी ओलीको सरकारलाई भ्रष्ट्राचारी देख्ने काँग्रेसले आफ्नाको पनि समिक्षा गर्न जरूरी छ। सत्ताको उनमाद लागेको नेकपा भित्र पार्टीको बैचारीक लडाई भई रहेको अबस्थामा कांग्रेसको यस बिरोध सभाले पनि केहि अर्थ राखेको छ। देश ब्यापी रूपमा काँग्रेसको मंसिर २९ को बिरोध सभाले नेपाली जनता अझै भनौ लोकतन्त्र प्रेमी जनतालाई समेट्न सफल भएको छ।

    काँग्रेसले बिगतमा कयौ पटक सरकार चलाएको थियो। त्यस समयमा पनि प्रतिपक्षमा रहेको कम्युनिष्टहरूले आन्दोलनका संज्ञा दिदै सडक किनाराका रेलिङ भाचेको हामीले भुलेका छैनौ तर, मंसिर २९ को बिरोध सभामा भने काँग्रेसले शान्तिपूर्ण तवरबाट मौलिक हक अधिकारलाई आत्मसात कोरनाको कहरमा सामाजिक दुरीलाई कायम गर्दै बिरोध सभा गरेको छ। केपी सरकारले नेपाली कांग्रेसका बरीष्ठ नेता रामचन्द्र पौडेल माथि तनहुँमा गरेको दुरब्यबहारका बिरूद्धमा पनि कांग्रेस लागेको हो। रामचन्द्र पौडेल माथिको हमला हुनु भनेको सिंगो काँग्रेस र काँग्रेसका बिरूद्धमा हुनु हो तसर्थ, काँग्रेसहरूले अब नेकपाको बिरूद्धमा आवाज उठाउन जरूरी छ। केपी ओलीको निरङ्कुशता, अहमता र घमण्डलाई निर्मुल पार्नका लागि मंसिर २९ को राष्ट्रियता लोकतन्त्र र समाजबादप्रति आस्था राख्ने लाखौ जनताको बिरोध र्यालीले ओली सरकारको मुटुनै हल्लाई दिएको छ।

    केपी ओली सरकारको पालामा भईरहेको केहि घटनाहरू सरकारी जग्गा यतीलाई हस्तान्तरण, मेडिकल उपकरणमा ३ अर्ब भ्रष्टाचार, वाइडबडी खरिदमा ६ अर्ब भ्रष्टाचार, राज्यको अरबौ रकमले गुटको भरणपोषण, ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का, अनुदानको सामान छोडेर नक्कली स्वास्थ्य सामग्री खरिद, राष्ट्रिय गौरवका आयोजनाबाट अरबौको कमिसन, ट्रष्ट र सरकारी जग्गा यती समूहलाई हस्तान्तरण, सेक्युरिटी मेसिन खरिदमा ७० करोडको बार्गेनिङ, सिण्डिकेट जोगाएर अरबौको कमिसन र घुस, संघीय सांसदलाई दिनदाहाडै अपहरण, पार्टी फुटाउन दल बिभाजनको अध्यादेश जारी, निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, आलोचकलाई सल्लाहकारको ज्यान मार्ने धम्की, देशद्रोहि एमसीसी सम्झौता पारित गर्न जोरजुलुम, एमसीसी पास नहुँदै कार्यान्वयन सम्झौता लागू, संवैधानिक अंगलाई गुटको भर्तीकेन्द्रमा रुपान्तरण, मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि गुट भेला, मिडिया नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक, पार्टी फुटाउन निरन्तर गुट भेला र प्रशिक्षण, संसद चल्दाचल्दै संसद अधिवेशन अन्त्यको घोषणा, संकटकाल लगाउन पटकपटक छलफल र प्रयास, चीनसँग गरिएका सम्झौता कार्यान्वयनमा अरुचि, मन्त्रालयहरुमा भ्रष्टाचारकाटो सम्भावना खोज्न गिरोह गठन, सचिवलाई उचालेर मन्त्रीहरुमाथि प्रहार, काममा अवरोध, बालुवाटारको जग्गा अतिक्रमण गर्ने नेताको संरक्षण, आफ्नै प्रदेश सरकार गिराउन अविश्वासको प्रस्ताव, खुलामञ्चमा निमुखालाई खाना बितरणमा रोक, कुलमानलाई अवकाश, असक्षम सालोलाई नियुक्ति, पर्सामा आफ्नै पार्टी कार्यकर्ताको हत्यारालाई संरक्षण, सरकारी अड्डालाई असक्षम गिरोह भर्तीकेन्द्रमा रुपान्तरण, स्थायी समितिलाई हुल्लडबाड, केन्द्रीय समितिलाई सडकछापको बिल्ला, लिम्पियाधुराको चुच्चे नक्शा हटाएर भारतको विश्वास जित्ने प्रयास, रअ प्रमुखसँग मर्यादाविपरित गोप्य रुपमा भेट र साँठगाँठ, पार्टी निर्णय र प्रचलित विधि नमान्ने सार्वजनिक घोषणा, शीर्ष नेताविरुद्ध सडकमा कार्यकर्ता परिचालन र चरित्रहत्या, लिम्पियाधुराको नक्शा भएको पुस्तक बितरणमा रोक, कोभिड नियन्त्रणमा लापर्वाही र चरम भ्रष्टाचार, लिपुलेक, कालापानी भूभाग फिर्ताका लागि उदासिनता, शितल निवास र बालुवाटारको सुविधामा वृद्धि, राष्ट्रपतिका लागि अर्बौं हेलिकप्टर र सुविधा, शितल निवासलाई गुटको हेडक्वार्टरमा रुपान्तरण, संघीयताको अपमान, प्रदेश संघको इकाई भएको घोषणा, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णयको खारेजी, समाजवाद छोडेर दलाल नोकरशाही पुँजीवादको अभ्यास, हारेका नारायणकाजी र वामदेवलगायतलाई चोरबाटोबाट राष्टिय सभा, सक्षम मन्त्रीहरुको बर्खास्ती, असक्षमहरुको नियुक्ति, डा. गोविन्द केसीका माग र जीवनप्रति उदासिनता र आक्रमण, मिडियालाई मुखपत्र बनाउने कोशिस, नमान्नेमाथि आक्रमण, आफूनिकटका आरोपी नेताहरुको संरक्षणमा अग्रसरता, ओली सचिवालयबाट काठमाडौंप्रेस मिडिया ह्याक, संसद बिघटन र मध्यावधि निर्वाचनका लागि प्रयास, राजीनामा मागे प्रधानमन्त्रीको कुर्सी भाँच्ने घोषणा जस्ता अभिब्यक्ति दिनेहरूलाई काँग्रेसले सहि ठेगान लगाउनकै लागि भएपनि बिरोध सभा गरीएको हो।

    (लेखक अधिकारी नेपाली जनसम्पर्क समिति मकाउका निबर्तमान महामन्त्री हुन।)

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal