News Portal

  • संखुवासभा चैनपुरकी छोरी अञ्जना श्रेष्ठको संघर्षको कथा !

    हिमालीसंचार संवाददाता
    १२१७ पटक

    संखुवासभा चैनपुरमा २०३० कार्तिक २२ गते  बुवा गणेश कुमार श्रेष्ठ र आमा मिठ्ठु कुमारी श्रेष्ठको कोखबाट ३ छोरा  पछिको कान्छी छोरीको रुपमा सामान्य परिवारमा जन्मेका अञ्जना श्रेष्ठले आफ्नो मेहनत र परिश्रमबाट आज एक महिलाले पनि केही गर्न सक्छन् भन्ने उदाहरण दिएकी छिन्।

    शुरुका दिनमा श्री सरस्वती माद्यामिक विद्यालय चैनपुर संखुवासभामा आफ्नो पढाईको सुरुवात गरेको अञ्जनाले विधालयमा कक्षा एकदेखी प्रवेशीका परीक्षासम्म अध्ययन र संखुवासभा वहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह सम्मको अध्ययन गरेपछि अध्यायनकै क्रममा विस २०४८ सालमा आफैले अन्तरजातिय विवाहा गरेपछि उनले आफ्नो पढाई अन्तिम भएको महसूस गरेता पनि उनको श्रीमान अमृत कार्कीको पारिवारिक सपोर्टले भने उनको उच्च शिक्षालाई पुनः निरन्तरता दिए पछि अहिले अञ्जनाले महिलाले पनि अबसर पाएमा केही गर्ने सक्छन् भन्ने हिम्मत गरेर उनले उच्च शिक्षाको लागि धेरै लगनशिलता भए जेपनि गर्न सकिन्छ भन्ने   उदाहरणीय दिएकी छिन् ।

    संखुवासभाबाट विस २०६१ सालमा विराटनगर आएकी अञ्जनाले आफ्नोवयोग्यतालाई निरन्तरता दिदै उहाँले सोसिओलोजीमा एमए र शैक्षिक योजना व्यवस्थापनमा एमएड प्रथम श्रेणीमा गर्नु भएको छ ।

    सुरुमा आदर्श विधालयमा रहेको शैक्षिक तालिम केन्द्रमा आफ्नो यात्रा सुरु गरी विस २०६८ सालमा बिराटनगरमा रहेको आदर्श विद्यालयमा स्थायी शिक्षकको रुपमा सरुवा भै आउनुभएको अञ्जना श्रेष्ठले बताईन । 

    शिक्षक मात्र नभएर समाजमा महिलाले पनि केही गर्ने सक्छन भन्ने राम्रो उदाहरण बन्न सफल हुनु भएको छ । अञ्जनाले विगत १० वर्षदेखि विराटनगर महानगरपालिकाका विभिन्न कलेजमा विएड तहमा सहायक प्राध्यापक भई कार्यरत हुनुहुन्छ ।  कलेजमा शिक्षा, मनोविज्ञान, शिक्षाको आधार र पाठ्यक्रम विषय अध्यापन गराउँदै  समेत आउनु भएको छ । 

    शिक्षक श्रेष्ठले आदर्श विद्यालय तहमा अंग्रेजी विषय अध्यापन गराउनुहुन्छ भने  विराटनगरको विराट मोडल कलेज, सिटि कलेज,  कोशी कलेजमा व्याचलर लेभललाई र आदर्शको  ११ र  १२ मा अध्यापन समेत गराउदै आउनु भएको छ । २१ औ शताब्दी प्रविधिको प्रयोग हरेक क्षेत्रमा व्यापकरुपमा बढी रहेको समयमा  हाम्रो जस्तो विकसिल मुलुकमा प्रविधिको प्रयोग त्यो पनि शिक्षामा कम देखिएको बेला उहाँ प्रायजसो सवै कक्षामा प्रविधि मैत्री अध्यापन गराउदै आउनुभएको छ ।

    आई सिटीको विषय नपढेता पनि वा आई.सि.टी.का कुनै आवधिक तालिम नलिएपनि आफैले केही सिक्दै आफूले अध्यापन गराउने विषयहरुको पावर पोईन्ट तथा विभिन्न एप्लिकेसनहरुको प्रयोग गरी शिक्षामा प्रविधि समावेश गरी अध्यापन गराउँदै आउनु भएको छ । उहाँको सकारात्मक पक्ष भनेकै केही गर्न र कुनै पनि काममा   कहिले पछि हट्नुहुँदैन र केही गर्नु अघि आफ्नो पूर्ण जिम्मेवारी वोध  गर्ने सिक्नुपर्ने उहाँको तर्क समेत रहेको छ ।  

    विद्यार्थीको आवश्यकता अनुसार व्यवहार गर्नुपर्छ, विद्यार्थीलाई डर त्रासबाट हैन सामिप्यता बढाएर व्यवहार गर्नुपर्छ भन्ने मानसिकता बोकेको अञ्जनाले  बताईन ।

    “आफुले पढाउने प्रत्येक कक्षाका विद्यार्थीहरुलाई हौसला बढाउने,  उनीहरुको जन्मदिनमा कक्षामा जन्मदिन विशेष बनाई विभिन्न किसिमका पुरस्कारहरु समेत दिदै आएको उनले बताईन।”

    पछिल्लो समयमा नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्र, शिक्षा विभागबाट संचालित बहुकक्षा, बहुस्तर कार्यक्रममा विषय विज्ञमा रही एम. जि. एम. एल. पाठ्यक्रम निर्माण समेत गर्दै आईरहनु भएको छ । 

    उहाले विभिन्न जिल्लामा पाईलट प्रोजेक्टको रुपमा चलिरहेको  एम जि. एम. एल. कार्यक्रममा कक्षा ९, २, ३, ४ को पाठ्यक्रम निर्माण भैसकेको र कक्षा ५ को तयारी अवस्थामा समेत रहेको श्रेष्ठले बताउनु भयो। विद्यालयमा सञ्चालित रिड द प्रोग्राम कार्यक्रममा पनि सक्रिय रुपमा काम गर्दै आउनु भएको छ । महिला भएर पनि उहाँको दैनिकी फरक समेत रहेको छ । उहाँ  विहान देखि  बेलुकासम्म आफ्नो कार्यक्षेत्रमा ब्यस्त रहनु हुन्छ।

     उहाँको मेहनतले गर्दै आदर्श विद्यालय, अन्य कलेजबाट पनी उत्कृष्ट शिक्षकको उपाधि सहित पुरस्कृत तथा सम्मानित हुनुका साथै राष्ट्रिय शिक्षा पुरस्कारबाट समेत सम्मिनित हुनुभएको छ भने  विभिन्न संघ/संस्थाआई.टी.महासंघ नेपालबाट नेसनल आई.सि.टी. डे मा प्रेरणादायी महिला पुरस्कार साथै राष्ट्रिय शिक्षा प्रशंसापत्र तथा विभिन्न पदकहरुबाट समेत सम्मानित भईसक्नु भएको छ।

    विद्यालयमा मात्रै नभए र उहाँले सामाजिक क्षेत्रमा पनि उत्तिकै अग्रसर देखिनु भएको छ ।  अहिले  विभिन्न सहकारी, टोल विकास संस्थामाहरुको विशेष पदमा तथा  लायन्स क्लब अफ प्रोफेसलको सचिव पदमा रहेर आफ्नो जिम्मेवारीलाई निरन्तरता दिदै आई रहनु भएको छ। महिलाले पनि केही गर्ने सक्छन भन्ने उदाहरणीय अञ्जना श्रेष्ठ अहिले सबैको मनमष्तिस्कमा रहन सफल हुनु भएको छ । (रबिन्द्र बराल, मोरङ) 

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal