News Portal

  • सावाकटहरे वडा कार्यालयमा काङ्ग्रेसको तालाबन्दी

    हिमालीसंचार संवाददाता
    १२२७ पटक

    खोटाङ – नेपाली काङ्ग्रेस सावाकटहरे वडा समितिका सभापति जेफर राईको नेतृत्वमा सयौंको संख्यामा गएको स्थानीयवासीको उपस्थितिमा आज खोटेेहाङ् गाउँपालिका वडा नं.३ सावाकटहरेको वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

    २०७७ असोज २२ गते सावाकटहरेका वडाध्यक्ष राजकुमार राईको अध्यक्षतामा बसेको वडाको बैठकले स्थानीय निर्मला राईलाई जंगेशैलीमा नियुक्ति गरेको भन्दै २०७७ असोज ३० गते स्थानीय काङ्ग्रेसले ३ दिने अल्टिमेटम दिंदै ज्ञापनपत्र बुझाएको कुरा पार्टी सचिव सुरज राईले बताउनुभयो।

    नेपालको संविधान र स्थानीय सरकारको कार्यविधिलाई ठाडो उलंघन गर्दै निरंकुश ढंगबाट नियुक्ति गरिनु गणतन्त्रात्मक संघीय शासन पद्धतिलाई ठाडो चुनौती दिंदै सावाकटहरेवासी शिक्षित युवायुवती र नागरिकको हक अधिकारीलाई समेत कुण्ठित गरिएको छ।

    कर्मचारी नियुक्ति गर्दा सामान्यतया १५ दिने सूचना निकाली प्रक्रियामा जानुपर्ने कानुनी मान्यता रहेको छ तर राजनीतिक आग्रह पूर्वाग्रह र नातावाद कृपावादमा लिप्त भई गैह्रजिम्मेवार ढंगबाट कानुन हातमा लिनेकाम गरिएकोले पुर्व सूचित गरेर तालाबन्दी गरिएको स्थानीय काङ्ग्रेस नेता विनोद खड्काले बताउनुभयो।

    नेपाली काङ्ग्रेसले सहायक कर्मचारी नियुक्ति गर्ने वडाको निर्णय प्रति असहमति जनाउँदै ३० गते ज्ञापनपत्र र कार्तिक ३ गते वडाध्यक्ष नेपाली काङ्ग्रेस र स्थानीय सावाकटहरेवासीसँग भएको छलफलमा कार्तिक २१ गतेसम्म निकास निकाल्ने समय माग गर्नुभएको थियोे तर उक्त अवधिसम्म निकास न निक्लेको हुँदा जनताको हक अधिकारका लागि नेपाली काङ्ग्रेसले वाध्यतावस तालाबन्दी गरेको पार्टीका पालिका सचिव हरि खड्का बताउनुहुन्छ।

    नेपालको संविधान र स्थानीय सरकारले जारी गरेको स्थानीय राजपत्र सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ को मर्म र भावना विपरीत कर्मचारी नियुक्ति गरिएको विषयमा स्थायी सरकार कर्मचारीका अविभावक प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेललाई समन्वय गरि गलत ढंगबाट गरिएको नियुक्ति खारेज गराउन पहलकदमीका लागि आफुले पटकपटक आग्रह गर्दा उहाँबाट पनि निकासका लागि कुनै सूचना नआएकोले तालाबन्दी गरिएको नेपाली काङ्ग्रेसकम क्षेत्रीय सभापति तीर्थराज भट्टराईले बताउनुभयो।

    स्थायी सरकारका जिम्मेवार व्यक्तिसमेत निष्पक्ष र तटस्थ नबसी वर्तमान सरकारको छाँयामा परेको आशंका गर्दै यस्तो प्रवृत्ति र गतिविधिलाई काङ्ग्रेसले टुलुटुलु हेरेर नबस्ने क्षेत्रीय सभापति भट्टराईले बताउनुभयो।

    यसैगरी, उक्त गैरसंवैधानिक कार्य नसच्याएसम्म तालाबन्दीको आन्दोलनलाई निरन्तरता दिंदै अन्य चरणबद्ध आन्दोलन कार्यक्रम ल्याउने कुरा सभापति जेफर राईले वडा कार्यालयमा गरिएको तालाबन्दीबाट जनतालाई परेको असुविधाप्रति नेपाली काङ्ग्रेस क्षमाप्रार्थी रहेको सभापति राईले बताउनुभयो।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal