News Portal

  • साउदीको दमाम र जुवेलमा अस्थायी राहदानी आवेदन संकलन केन्द्र

    हिमालीसंचार संवाददाता
    ३७३ पटक

    रियाद – साउदी अरेबियास्थित नेपाली राजदूताबासले दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ। यसका लागि राजदूताबासले शुक्रबार एक सूचना प्रकाशित गरि जानकारी गराएको हो।

    साउदी अरेबियाको राजधानी रियादमा रहेको नेपाली राजदूताबासले रियाद शहर भन्दा टाढा रहेका सेवाग्राहीलाई पायकपर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा दमाम र जुवेलमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको राजदूताबासले जानकारी गराएको हो।

    नेपाली राजदुताबासले अस्थायी कार्यालय स्थापना हुने दमाम शहरमा ४ डिसेम्बर २०२० शुक्रबार र जुवेल शहरमा ११ डिसेम्बर २०२० शुक्रबार हुने भए पनि अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइने बताएको छ।

    राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भरेकाहरूलाई पहिलो प्राथमिकता दिइनेसमेत सूचनामा जनाइएको छ।

    राहदानी नविकरणको लागि अनलाइन फाराम भर्न बाँकी रहेकाहरूले आफैंले वा आफ्ना साथीभाईको सहयोगमा अथवा सूचनामा दिएको लिंकबाट यथाशीघ्र अनलाईन फारम भरी पठाउन राजदूताबासले भनेको छ।

    यस्तो छ राजदूतावास साउदीद्वारा जारी सूचना:

    दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने सम्बन्धी सूचना !

    राजदूतावास रहेको शहर (रियाद) भन्दा टाढा रहनुहुने सेवाग्राहीलाई उहाँहरूलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा देहायका शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

    अस्थायी कार्यालय स्थापना हुने शहर कार्यालय सञ्चालन हुने मिति
    १. दमाम शुक्रबार ०४ डिसेम्बर २०२०
    २. जुवेल शुक्रबार ११ डिसेम्बर २०२०

    अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइनेछ ।

    साथै, राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भर्नुभएकाहरूलाई पहिलो प्राथमिकता दिइने व्यहोरा समेत जानकारी गराईन्छ।

    तसर्थ, राहदानी नविकरणको लागि अनलाइन फाराम भर्न बाँकी रहेकाहरूले आफैंले वा आफ्ना साथीभाईको सहयोगमा https://forms.gle/pryfMdChxs2QHCPi6 लिंकबाट यथाशीघ्र अनलाइन फाराम भरी पठाउनु हुन पुनः अनुरोध गरिन्छ।

    नेपाली राजदूतावास, रियाद
    ०५ मंसीर २०७७
    (२० नोभेम्बर २०२०)

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal