News Portal

  • भारतीय जङ्गलमा एक नेपालीको गाेली हानी हत्या

    हिमालीसंचार संवाददाता
    ४७३ पटक

    शीतल भट्ट,
    कञ्चनपुर – भारतीय जङ्गलमा एक नेपालीको गाेली हानी हत्या गरिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका-५ उर्दीका अन्दाजी ३६ वर्षीय शिवलाल रानाको भारतीय दुदूवा नेशनल पार्कसँगै जाेडिएकाे मझेरी जङ्गलमा गाेली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।

    हत्याको खबर सुनेलगत्तै नेपालका तर्फबाट स्थानीयसहित इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्ट र भारतीय सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। घटनाको प्रकृति हेर्दा गाेली हानी हत्या नै गरिएको बताइएको छ।

    पारिवारिक स्रोतका अनुसार, राना बुधबार दिउँसो २ बजेतिर घरबाट निस्केका थिए। दिनभर डुल्न गए पनि बेलुकी घर आउने राना अबेरसम्म पनि नआएपछि भाेलिपल्ट बिहानै स-परिवार उनको खाेजीमा जुटेका थिए। खाेज्दैजाँदा पुनर्वास नगरपालिका-७ स्थित १८३ नम्बर पिलरदेखि करिब ७ सय मिटर भित्र भारतीय क्षेत्र अन्तर्गत पर्ने मझेरी जङ्गलमा उनकाे शव भेटिएको थियो।

    छातीमा प्वाल !
    मृतक रानाकाे छातीमा वारपार प्वाल परेकाले गाेली हानी हत्या गरिएको आशंका दुवै तर्फका सुरक्षाकर्मीले गरेका छन् तर, पुष्टि भने गरेका छैनन्। घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए।

    भारतीय वन रक्षकप्रति आशंका !
    भारतीय जङ्गलमा नेपालीको गाेली हानी हत्या गरिएको बारे यतिबेला स्थानीयले विभिन्न शंका-उपशंकाहरु गरिरहेका छन्। शंकामा भारतीय वन रक्षक हुन सक्ने अनुमान गरिएको छ।

    परिवार स्रोतलाई उदृड गर्दै प्रहरी भन्छ- ‘मृतक रानाकाे मानसिक सन्तुलन त्यति ठिक थिएन। यद्यपि, मानसिक अवस्था ठिक नभएको मान्छे जङ्गलतर्फ पस्दा कतै सिकारी साेचेर भारतीय वन रक्षकले गाेली चलाएको त हाेइन ! याे एउटा अनुसन्धानको पाटाे रहन्छ। हामी अनुसन्धानमै छाेैंं तर, घटना भारततर्फ घटेकाले यसमा भारतीय प्रहरी सक्रियता बढी रहन्छ।

    मृतकका परिवारले घटनाकाे सत्यतथ्य अनुसन्धान गर्न माग अघि सारेका छन्। हत्यारा पत्ता नलगाए कडा संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन्। घटना भारतीय क्षेत्रमा घटेकाले भारतकाे एक अस्पतालमा शवकाे पाेष्टमार्टम भइरहेको प्रहरी निरीक्षक बिष्टले बताए।

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal