News Portal

  • नेपाली मौलिक संस्कृतिमा कुकुर पूजा

    चन्द्र रावत "गुराँस"
    ३४५ पटक

    हाम्रा सस्कृति र संस्कार पनि बडो अचम्मका छन्। हाम्रा पुर्खाले सँगालेर गएका मान्यतालाई जस्ताको तस्तै वर्तमान परिप्रेक्षमा समाल्दै जानु पर्ने एकातर्फ हाम्रो कर्तव्य हुनजान्छ भने अर्को तर्फ विज्ञान प्रविधि र विकसित शिक्षा प्रणालीका कारण तिनै विश्वास र मान्यतालाई रुढीवादी र अन्धविश्वास भन्दै गर्दा पूजामा बिरालो बाँधेजस्तै गरी केही संस्कार र चाडपर्वहरू मान्दै आएको पाइन्छ।

    बिश्वास र अन्धविश्वासको दोसाँधमा उभिइरहनु भन्दा पनि ती मान्यता र विश्वासलाई बर्तमानको कसीमा सुन घोटेर टलक्क टल्काए झै सुन र पितल छुट्याउन जरुरी छ। हामी प्रकृतिलाई पूजा गर्दछौं। पशुपंक्षीलाई पूजा गर्दछौ र त्यसैमा रमाएर आनन्द लिन्छौ। प्रकृतिमा पाइने रुखहरु बर,पिपल, बेल, रुद्राक्ष पूजा गरिन्छ। तुलसी र कुस पूजा गरिन्छ। जनावरहरुमा गाई, कुकुर, गोरु पूजा गरिन्छ भने पंक्षिहरुमा काग ढुङ्गामा शालिग्राम पूजा गरिनु विश्वास कि अन्धविश्वास राम्ररी परिक्षण नगरि त्यसै परित्याग गरिदिनु बुद्धिमानी होइन।

    पशु भएर पनि मानिसको परिवारसंगै परिवारको सदस्य जस्तै भएर बस्न पाउने भाग्यमानी प्राणी हो कुकुर। हिन्दकुस संस्कारमा कुकरको पूजा गरिन्छ। कुकुरलाई मिठामिठा खानेकुरा दिइन्छ र कुकुरलाई पनि मानिस जस्तै माला लगाइन्छ। भलै शहरका गल्ली चहार्ने कुकुर किन नहोस वर्षको एक दिन अर्थात कार्तिक कृष्ण चतुदर्शिका दिन अर्थात नरक चतुर्दशीका दिन कुकुरको भव्य पूजा गरिन्छ।

    हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारमा नेपालीहरु धुमधामका साथ चाड मनाउँदै गर्दा लक्ष्मी पूजाको अघिल्लो दिन अर्थात यमपञ्चकको दोस्रो दिनमा यमराजको दूत वा भैरवको बाहन कुकरको पूजा गरिन्छ। जसलाई नेपाली समाजको मौलिक विसेषताको रूपमा लिन सकिन्छ। आखिर मानिसले मनाउने चाडपर्वमा किन कुकुरको पूजा गरियो त ?

    सामान्यतया कुकुर शब्द हेपाहा र उपेक्षित शब्द हो भन्ने गरिन्छ। कुकरले नपाउने दु:ख पाइयो, कुकुरको पुच्छर वाह्र वर्ष ढुङ्ग्रोमा राख्दा पनि बाङ्गोको बाङ्गै। कुकरलई घ्यू पच्दैन। कुकुर भुक्दै गर्छ हात्ति लम्किदै गर्छ। भुक्ने कुकुरले टोक्दैन। उपरोक्त उखान टुक्का नेपाली लोकजीवनले प्रयोग गर्दै आएको पाइन्छ।

    यसबाट पनि के बुझिन्छ भने कुकर हेपाहा र विनाकामा लखर लखर हिड्ने प्राणी हो। गाइले दुध र गोबर दिन्छ। कुखुराले मानिसका लागि अण्डा मासु दिन्छ। गोरुले खेतबारी जोतिदिन्छ। भेडाच्याङ्ग्राले मासु र उन दिन्छ। तर कुकुरले मानिसलाइ उपभोग गर्नका लागि कुनै पनि चिज दिदैन। तै पनि मानसिले मानिसलाई नै हजारौं रुपैयाँ तलव दिएर कुकुरको हेरचाह र रेखदेखका लागि कर्मचारी राखिरहेका हुन्छन्।

    कुकुरलाइ मानिसको भन्दा पनि अझै मिष्ठान्न भोजन दिइन्छ। केही कुकुरहरुले सहरको गल्लि गल्लि चहारे पनि केही कुकुरहरुले आलिसान महलमा आशन पाएका छन्। यति हुँदा हुँदै पनि मानिसले कुकुरको पूजा गरिनु भनेको यमराजको दुत सम्झेर वा भैरव देवताको बाहन मानेर मात्र होइन। देवताको बाहन मानेर घरमै राखेर पाल्ने र पूजा गर्ने भए मुसो गणेश भगवानको वाहन हो, बाघ देवी भगवतीको वाहन हो तीनीहरुको पूजा त गरिदैन। तसर्थ कुकुरको पूजा गर्ने विश्वको एक मात्र समाज नेपाल हो। हाम्रो यो संस्कृति विश्वमै आद्धितिय छ। किन हाम्रा पुर्खाहरुले हाम्रो संस्कृतिमा कुकुर पूजाको व्यवस्था गरेका रहेछन् जान्न, खोज्न र बुझ्न आवश्यक छ।

    स्वामि भक्त प्राणी कुकुर !
    घरको सुरक्षाको लागि पालिने कुकुरलाई स्वामि भक्तको रुपमा पनि हेरिन्छ। यो मानिसहरुसँग अत्यन्त घनिष्टका साथ मिलेर बस्न सक्दछ। कुकुर परिवारको सदस्य हो। मानव इतिहासको पहिलो पाल्तु जनावर कुकुर नै मानिन्छ। कुकुरसँग मानिसको भावनात्मक सम्बन्ध गासिन्छ। कुकुर बोल्दैन तर मानिससँग संवाद गर्न सक्छ। कुकुरले आफ्नो मालिकलाई निकै माया गरिरहन्छ।

    आफ्ना मालिकको आवाज, आफ्ना घरका सदस्यहरुको आवाज, गाडीको आवाज पहिचान गरि गेट सम्म पुगि स्वागत गर्छ। पुच्छर हल्लाउँदै लडिबुडी खेल्छ। इतिहाँसमा वाँदरहरुले भगवान रामलाई सहयोग गरेको कुराबाट पनि के बुझ्न सकिन्छ भने मानिसका लागि कुकुर पनि त्यक्तिकै सहयोगी प्रणी हो। तसर्थ हामी मानिस हौं। हामीलाई भौतिक चिजले मात्र पुग्दैन। हामिलाई कुकुरले अभौतिक चिज दिन्छ। माया दिन्छ, समर्पण दिन्छ, भावना दिन्छ। कुकुर मानिसको साथ नछोड्ने जीव हो। कुकुर मित्र हो।

    कुकुर घरको बफादार चौकिदार !
    बर्तमान समयमा कुकुर विना पनि घरको सुरक्षा गर्ने वैकल्पिक व्यवस्थाहरु पनि छन्। तर परापूर्व कालमा मानिसको सुरक्षा गार्ड कुकुर नै थियो। अतितमा मानिसको सुरक्षा कुकुर बाहेक अरुबाट सम्वभ थिएन। कुकुरको साथमा भएपछि मानिस खुल्ला आकासमा पनि निर्धक्क निदाउन सक्छ।घरमा कुकुर छ भने घरको सम्पत्ति सजिलै कसैले चोरेर लैजाने सम्भावना हुँदैन। हुम्ला, डोल्पाका दुर्गम गाउँवस्तिहरुमा पालिने भेडा च्याङ्ग्राको साथमा एउटा कुकुर अनिवार्य राखिएको देखिन्छ।

    कुकुरको असाधारण सुघ्ने क्षमता हुन्छ। घरको कुनै कोठाबाट कसैले समान चोरेर लिएपनि कुनै कुनै कुकुरहरुले चोरका पाइलाहरु सुँघ्दै चोर पत्ता लगाउन सक्छन्। यस्तै कुकुरले दैवीक विपत्तिमा सुँघेर वा फरक तरिकाले कराएर पूर्व सूचना दिन्छ भन्ने कुरा कुकुर विशेषज्ञहरुले बताएका छन्। कुकुरको निन्द्रा एकदमै पातलो हुन्छ। कुकुर निदाएको जस्तो गर्छ तर यसको कान एकदमै पातलो हुन्छ। घरमा कोही व्यक्ति वा जीवजनावरको आगमन हुँदा कुकुर तुरुन्त जानकारी गराइदिन्छ।

    भावनात्मक सहयात्रीका रुपमा कुकुर !
    भन्ने गरिन्छ कुकुर पाल्ने मानिसलाई डाइविटिज, रक्तचाप तथा मुटुको रोग लाग्दैन। यसको मनोवैज्ञानिक कारण के हुन सक्छ भने मानिसलाइ कुकुरले पहरा दिएको कारण चिन्ता र तनाव हुँदैन। कुकुर साथमा भए एक्लोपना पनि हुँदैन। मानिसको मानव पछिको सबैभन्दा धेरै आत्मियता भएको जनावर कुकुर हो।

    “खानाको अन्तिम गास, कुकुरको आस” भनेझै थाल सोहोरेर अलिकति भए पनि बचाएर कुकुरलाई दिने प्रचलन नेपाली समाजमा रही आएको छ। अझै भन्ने हो भने परापूर्व कालमा कुकुरले सिकारीको समेत काम गर्थ्यो। मानिसले भाला वा वन्दुकले मारेका चराहरु घाइते भएर भुँइमा खस्न नपाउँदै कुकुरले खोसेर वा टिपेर ल्याउँथ्यो। कुकुरको यही सेवाबाट प्रभावित भएर त्यो सिकारी यूग देखि नै मानिसले कुकुरको पूजा गरेको हुनुपर्दछ।

    प्रहरी सेवामा उपयोगी/सहयोगी !
    कुकुरको स्मरण शक्ति निकै तिक्ष्ण हुन्छ। कैयौं पटक देखेका र सँगै काम गरेका मानिसलाई हामी विर्सउँला तर कुकुरले एक पटक देखेको मानिस र जनावरलाई कहिल्यै विर्सदैन। कुकुरको सुन्ने, सुँघ्ने र सम्झने क्षमतालाई बुझेर कुकुरलाई प्रहरी सेवामा प्रयोग गरिन्छ। स्पेसल डग सेक्यूरिटि बनाइन्छ। तसर्थ कुकुरलाई इमान्दार पहरेदार, सुरक्षाकर्मी, चौकिदार वा स्वामी भक्तको रुपमा सम्झेर नेपाली समाजमा कुकुर पूजा गर्ने चलन रही आएको पाइन्छ।

    कुकुर तिहारको मौलिकता !
    यमराजको ढोकामा द्धारपालकका रुपमा बस्ने स्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडीदिने विश्वासका अधारमा यमपञ्चकको दोस्रो दिन कुकुर पूजा गरिन्छ। त्यस्तै कुकुरले सत्यबादी धर्मराज यूधिष्ठिरलाई स्वर्गको बाटोमा साथ दिएको धार्मिक विश्वास छ। सनातन धर्ममा जे विश्वास र मान्यता भएता पनि कुकुर पूजा नेपाल र नेपालीहरुको मौलिकता हो।

    कुकुर र मानव विचको अनन्त सम्बन्धको व्याख्या गर्ने चाड हो। प्रकृतिका सबै जीवहरुसँग मानिसको सहअस्तित्व छ। मानिस आफु मात्रै खुसी भएर हुँदैन। तुच्छ भन्दा तुच्छ, अपमानित प्रणीको पनि सेवा र सत्कार गर्नसक्नु पर्छ भन्ने व्यवहारिक पक्ष जोडिएको छ। कुकुर पूजा यमराज र उनकी बहिनी यमुनाको प्राचिन कथासँग मात्र जोडिएको छैन।

    इमान्दार, कर्तव्यनिष्ट, गुणकारी, क्षमतावान जनावार कुकुरको महत्वलाई सनातन संस्कारमा एउटा विशेष दिनको रुपमा स्थान दिएको पाइन्छ। यही अन्तरनिहित मर्म विश्लेषण हुन नसके हामिले मान्दै आएका संस्कृति चाडवाड केवल परम्पराको बिंडो थाम्ने मात्र हुन्छन् र कालान्तरमा हाम्रा चाडपर्व अन्धविश्वास र रुढीवादीमा परिक्षत हुनेछन्। तसर्थ हाम्रा यी प्राचिन तर जीवन संस्कारयूक्त सांस्कृतिक अनुसरणको अर्थबोध गर्न सक्नु पर्दछ। यमपञ्चकको शुभकामना।

    प्रतिकृया दिनुहोस्

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal