News Portal

  • डोल्पामा प्रतिकिलो २०० रुपैयाँ चामल

    हिमालीसंचार संवाददाता
    २५२ पटक

    रुकुम पश्चिम — सरकारी ढुवानी अनुदानको चामल दुई वर्षदेखि नजाँदा माथिल्लो डोल्पामा महँगी अचाक्ली बढेको छ । माथिल्लो डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकाका बासिन्दा बजारबाट प्रतिक्विन्टल २० हजार रुपैयाँसम्ममा चामल किनेर गुजारा चलाउन बाध्य छन् ।

    स्थानीय उत्पादनले ६ महिना पनि नधान्दा डोल्पालीको भान्सा महँगिएको हो । अनुदानको सरकारी चामल नपुगेपछि प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँमा किनिरहेको डोल्पाबुद्धका पेमा गुरुङले बताए । सडक सञ्जालमा नजोडिएका तीनवटै गाउँपालिकामा खाद्यान्न महँगो भएको हो । यहाँ खच्चडबाट मात्रै दैनिक उपभोग्य सामग्री ढुवानी गरिन्छ । ‘नकिने खान पाइँदैन, महँगो भयो भनेर अन्त जाने ठाउँ छैन,’ उनले भने । स्थानीयस्तरका पर्याप्त खाद्यान्न उत्पादन नहुने भएकाले वर्षौंदेखि महँगीको मारमा परिरहेको उनले बताए ।

    छार्काताङसोङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई वर्षदेखि अनुदानको चामल पठाएको छैन भने डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकामा गत आर्थिक वर्षभरि अनुदानको चामल गएन । अनुदानको चामल नपुग्दा झन्डै ५ गुणा महँगोमा किन्नुपर्ने बाध्यता भएको स्थानीय छिरिङफुर्वा लामाले बताए । व्यापारीहरूले दुनैबाट खच्चडमा ल्याएको चामल बाटोमै बिक्री हुने गरेकाले स्थानीय बजारमा सधै अभाव हुने उनको भनाइ छ । ‘जसले बढी पैसा तिर्‍यो, उसैले सजिलै चामल पाउँछ,’ उनले भने, ‘त्यसैले छाक टार्नकै लागि ऋण लिनुपर्ने बाध्यता छ ।’

    उपल्लो डोल्पाका धेरै क्षेत्रमा उवा फल्छ । केही ठाउँमा आलु र गहुँ फल्ने भए पनि उब्जनी थोरै हुने लामाले बताए । ‘जे फल्छ त्यसले पेट भर्नुपर्छ तर उवा, आलु र गहुँबाट धेरै थोक बन्दै । बजारको चामल, मैदा, चिनी र तेल नकिनी सुखै छैन,’ उनले भने । आफ्नै उब्जनीले बाह्रै महिना खान पुग्ने परिवार थोरै रहेको उनले बताए ।

    डोल्पोबुद्धका धेरै ठाउँमा राम्रो मानिने चामल २ सय ५० र ठिक्कको चामल २ सय रुपैयाँ प्रतिकिलो किन्न पाइन्छ । सामान्य हिसाब गर्दा पनि मसिनो चामल प्रतिक्विन्टल २५ हजार र मोटो चामल प्रतिक्विन्टल २० हजार रुपैयाँमा किन्नुपर्ने बाध्यता रहेको छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले बताए । उनका अनुसार गाउँपालिकाका सुगम क्षेत्रमा भने १२ हजार रुपैयाँ क्विन्टलमा किन्न पाइन्छ ।

    अनुदानको चामल नआउँदा स्थानीय बासिन्दाले ठूलो मर्का बेहोर्नुपरेको शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष टुसीतुण्डुप गुरुङले बताए । अनुदानको चामल ल्याउने प्रयास असफल हुँदै आएको उनको गुनासो छ । ‘कोरोनाको कारण देखाउँदै चाइनाले बोर्डर बन्द गर्दा अनुदानको चामल गाउँमा पुग्न सकेन,’ उनले भने, ‘संघीय र प्रदेश सरकारलाई वैकल्पिक व्यवस्था गर्न धेरैपल्ट अनुरोध गरियो तर बेवास्ता भयो ।’ उनका अनुसार अनुदानको चामल पनि ठेकेदारले चीनको सीमा मारिम नाकासम्म मात्रै पुर्‍याउने गरेका छन् । त्यसभन्दा यता खरिदकर्ताले आफैं चामल ल्याउनुपर्छ । ६ दिन हिँडेर चामल ल्याउन मरिम जाँदा अनुदानको चामल पनि महँगो पर्ने छार्काताङसोङ गाउँपालिका–४ की सीता गुरुङले बताइन् । उनका अनुसार चिनियाँ सिमाना पुग्न गाउँबाट ३ दिन पैदल हिँड्नुपर्ने बाध्यता छ ।

    दुनैसम्म गाडीमा चामल पुग्छ । त्यहाँबाट भने व्यापारीहरूले खच्चडमा लदाएर उपल्लो डोल्पा लैजान्छन् । ढुवानी भाडा महँगो हुँदा चामल पनि महँगिएको डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङले बताए । उनका अनुसार दुनैदेखि डोल्पोबुद्धको धोसम्म खच्चडमा सामान ढुवानी गरेबापत व्यवसायीले प्रतिकिलो ७० रुपैयाँ भाडा लिन्छन् । त्यहाँबाट तिन्जेसम्म १ सय २० र सिमेनसम्म १ सय ५० रुपैयाँ प्रतिकिलो भाडा लाग्छ । ‘अरू स्थानीय तहमा पनि खच्चडको ढुवानी भाडा महँगो छ,’ उनले भने ।

     

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    मौसम पूर्वानुमान: यी प्रदेशहरुमा बर्षा र हिमपातको सम्भावना

    चैत्र-१४, बुधबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal