News Portal

  • खाली पेटमा पानी पिउँदा यस्ता हुन्छन फाईदा !

    हिमालीसंचार संवाददाता
    ३२८ पटक

    काठमाडौँ – पानी मानव जीवनका लागि नभइ नहुने पदार्थ हो। पानीको मात्रामा बढाएमा अधिकांश रोग निर्मुल हुने चिकित्सकहरु बताउँछन्। अझै बिहान उठ्नेबितिकै खाली पेटमा पानी पिउँनाले पेटका अधिकांश समस्याहरु आउँदैनन्। बिहान खाली पेटमा मनतातो पानी पिउँनुका फाइदाहरु निम्नानुसार छन्:

    आन्द्रामा फ्लस !
    खाली पेटमा प्रशस्त पानी पिउँनाले पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ। यसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ। तपाईलाई एकाबिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मनतातो पानी खाली पेट पिउँदा खुलेर शौच आउँछ।

    शरीरका विकार फालिदिन्छ !
    शौचालय जाँदा शरीरका उत्तेजित र विकारलाई बाहिर फालिदिन्छ। जतिधेरै पानी पिउँनुहुन्छ त्यति धेरै विकार शरीरबाट फाल्न सहयोग पुग्छ।

    भोक बढाउँछ !
    नियमित खाना खानु महत्वपूर्ण हुन्छ तर, भोक लागेन भने के गर्ने ? खाली पेट पानी पिउँदा तपाईंको भोक जाग्छ। बिहान उठ्ने बित्तिकै खाली पेटमा दुई गिलास मनतातो पानी पिउँनुहोस् जसले गर्दा तपाईलाई भोक लागिरहन्छ।

    टाउको दुख्नबाट बचाउँछ !
    मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण पर्याप्त पानी नपिउँनु पनि एक हो। डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो। तसर्थ, बिहान उठ्नेवित्तिकै पानी पिउँनुभयो भने यो समस्याबाट विस्तारै मुक्ति मिल्छ। टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउँछ।

    कोलोन सफा गर्छ !
    खाली पेट पानी पिउँदा कोलोन पेटमा रहेका विकार सफा गरिदिन्छ। एक गिलास पानी खाली पेटमा पिउँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ। कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुर्याउँछ। तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ।

    मेटाबोलिजमलाई तीब्र पार्छ !
    यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी पिउँनु उत्तम उपाय हो। पानी पिउँदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई वृद्धि गर्छ। यसको अर्थ तपाईले चाँडो र प्रभावकारी रुपमा खाना पचाउन सक्नुहुन्छ। जसका कारण छोटो समयमा नै तौल घट्छ।

    उर्जा बढाउँछ !
    यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पानी पिउँनुहोस। खाली पेट पानी पिउँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुर्याउछ। जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रवाह हुन्छ। यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ।

    अनुहारको छालामा चमक ल्याउँछ !
    खाली पेट प्रशस्त पानी पिउँदा अनुहारको चमक बढाउछ। शरीरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउँछ तर, प्रशस्त पानी पिउँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउँछ।

    रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ !
    समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो। शरीरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुँदैन। दिनहुँ खाली पेटमा पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ। तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्ने सम्भावना न्यून हुन्छ।

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal