News Portal

  • भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख किन आए नेपाल ?

    हिमालीसंचार संवाददाता
    ४९५ पटक

    बुधबार दिउँसो एक बज्नै लाग्दा भारतबाट आएको एउटा चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग’यो।

    त्यो कुन विमान थियो भनेर खुल्ने कुनै संकेत थिएन। त्यसमा खालि भारतको झण्डा थियो। नेपाल नागरिक उड्ययन प्राधिकरणको विमानस्थलस्थित कार्यालयले कल साइनका आधारमा त्यसलाई अवतरण गर्ने अनुमति दिएको थियो।

    प्राधिकरण स्रोतका अनुसार, त्यसलाई ‘आईएससी’ नामको कूटनीतिक उडान भनेर अनुमति लिइएको थियो। पछि थाहा भयो, त्यो भारतीय वायुसेनाको विशेष चार्टर्ड विमान रहेछ। सो विमानबाट सात जना ‘भीआईपी’ ओर्लिए। उनीहरुलाई ‘रिसिभ’ गर्न काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधि विमानस्थल पुगेका थिए। को थिए त ती भीआईपी ?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रामकृपाल शाहले भने, “भारतीय दूतावासले पहिल्यै सात जना कूटनीतिक व्यक्ति आउने जानकारी गराएको थियो। दूतावासका प्रतिनिधि उहाँहरुलाई रिसिभ गर्न आउनुभएको थियो। हामीले को-को आउँदै हुनुहुन्छ भनेर सोधेका थियौं, उहाँहरुले नाम खुलेको छैन भन्नुभो। त्यसपछि हामीले नाम सोधेनौं।”

    विमानस्थलको विशिष्ट कक्ष प्रयोग गरेर उनीहरु काठमाडौं भित्रिए। पछि मात्र थाहा भयो- त्यो भारतको बाह्य गुप्तचर संयन्त्र ‘रिसर्च एण्ड एनालाइसिस विङ (रअ)’ का प्रमुख सामन्तकुमार गोयल नेतृत्वको टोली रहेछ।

    ‘रअ’ का प्रमुखले काठमाडौंमा कस-कसलाई भेट्छन् र कहिले फर्कन्छन् भन्ने खुल्न सकेको छैन। नागरिक उड्डयन प्राधिकरणको विमानस्थल कार्यालयका अनुसार सो विमान भने बिहीबार दिउँसो पौने चार बजे फर्कने तय भएको छ।

    कोरोनाभाइरस संक्रमणको महामारीका बेला अकस्मात् किन काठमाडौं आए त ‘रअ’ का प्रमुख ?

    काठमाडौंस्थित उच्च सुरक्षा स्रोतहरुले कात्तिक तेस्रो साता हुन लागेको भारतीय सेना प्रमुखको नेपाल भ्रमणको पूर्वसन्ध्यामा गुप्तचर प्रमुख आएको र उनको भ्रमणको खास कारण थाहा नभएको बताएका छन्। औपचारिक रुपमा परराष्ट्र मन्त्रालय र नेपाली सेनाका अधिकारीहरुले भने भारतीय गुप्तचर प्रमुख काठमाडौं आएकोबारे आफूहरु अनभिज्ञ रहेको प्रतिक्रिया दिए।

    केही महीना अघिदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शक्ति संघर्ष शुरु भएको र वर्तमान सरकारको भविष्य अनिश्चित बनेपछि भने भारतीय गुप्तचरहरु काठमाडौंमा सक्रिय हुन थालेको चर्चा शुरु भएको थियो। त्यही सेरोफेरोमा ‘रअ’ प्रमुख आएका हुन्।

    भारतले नेपाली भू-भाग लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर केही समय पहिले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले ती भू-भाग आफ्नो राजनीतिक नक्सामा समेटेर नयाँ नक्सा जारी गरेको थियो। यी घटनाक्रमले नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन बढेका बेला हुनलागेको भारतीय सेना प्रमुखको भ्रमणलाई न्यानोपन बढाउने अवसर ठानिएका बेला त्यसअघि नै आएका गुप्तचर प्रमुखको भ्रमणको उद्देश्य खुल्न सकेको छैन।

    झण्डै एक दशकसम्म जारी संक्रमणकालमा ‘रअ’ ले नेपालको आन्तरिक राजनीतिमा भारतका तर्फबाट ‘सूक्ष्म व्यवस्थापन’ (माइक्रो म्यानेजमेन्ट) गरेर बदनामी बटुलेको थियो। संविधानसभाबाट संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीसँगै फेरिएको भू-राजनीतिक परिदृष्यका कारण ‘रअ’ को भूमिका नेपालमा क्रमशः कमजोर बनेको थियो। २०७४ सालमा सम्पन्न आम निर्वाचनपछि स्थिर सरकार बनेकाले ‘रअ’ को भूमिका नेपालमा लगभग ठप्प भएको थियो।

    तर, केही महीना अघिदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शक्ति संघर्ष शुरु भएको र वर्तमान सरकारको भविष्य अनिश्चित बनेपछि भने भारतीय गुप्तचरहरु काठमाडौंमा सक्रिय हुन थालेको चर्चा शुरु भएको थियो। त्यही सेरोफेरोमा ‘रअ’ प्रमुख आएका हुन्।

    कतिपयले भने चीन-भारत सम्बन्धमा बढेको तनावका कारण पनि नेपालसँग सम्बन्ध सुधार गर्नुपर्ने दबाबमा रहेकाले भारतले गुप्तचर प्रमुखलाई काठमाडौं पठाएको हुनसक्ने बताएका छन्।

    “उनी काठमाडौं किन आए र उनको भेटघाट को कोसँग हुन्छ भन्ने थाहा छैन”, सत्तारुढ नेकपाका एक नेताले भने, “यो बेला उनी आउनु भनेको सामान्य ‘मिसन’ होइन भन्ने हामीले बुझेका छौं।”

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकार जनस्तरमा हदैसम्म आलोचित हुनपुगेको छ। महामारीका बेला सरकारले लिएका कैयौं निर्णय र महामारी रोकथाम, नियन्त्रण तथा महामारीको मारमा परेका नागरिकप्रति गरिएको उपेक्षा त्यसमा जोडिएका छन्। 

    यही कारण दशैं लगत्तैदेखि सरकार विरुद्ध आन्दोलन शुरु गर्ने घोषणा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गरेको छ। कांग्रेसले दशैं लगत्तै संसद् बैठक बोलाउन माग गर्दै त्यसो नगरे संसद्‌को विशेष अधिवेशन बोलाउन एक चौथाइ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउने तयारी समेत अघि बढाएको छ।

    केही स्रोतहरुले भने सरकार र सत्तारुढ नेकपाको नेतृत्वको जानकारीमै भारतीय गुप्तचर प्रमुख आएको र काठमाडौंमा सोहीअनुसार उनका भेटघाट शुरु भएको बताएका छन्। रासस 

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal