News Portal

  • नेपाल र ओमानबीच भिसा प्रवेशाज्ञामा छुट

    हिमालीसंचार संवाददाता
    २१२ पटक

    काठमाडौँ – नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी बाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ ।
    ओमानको परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुरूप उक्त राहदानीबाहेक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्ने व्यवस्था सम्झौताले गरेको ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालले कान्तिपुरलाई जानकारी दिइन् ।

    उक्त सम्झौतामा नेपाल सरकारकोतर्फबाट ढकाल र ओमानकोतर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिले हस्ताक्षर गरे ।

    राजदूत ढकालले यस सम्झौतापश्चात् ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमण लगायत अन्य गतिबिधिहरू बढाउन सहयोग पुग्ने बताइन् । दुई पक्षीय कूटनीतिक सम्बन्धमा यो एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता अत्यन्तै महत्वपूर्ण रहेको उनले बताइन् ।

    सबैभन्दा पहिला राजदुतावास भएका मुलुकहरुले यो काम गर्नु पर्छ । यसले तुरुन्तै गर्नु पर्ने यात्रालाई सहज हुन्छ । यो सम्झौतालाई एक अर्कोको देशमा प्रवेशाज्ञा छुट दिन्छ,’ उनले भनिन्,‘९० दिनसम्म भिसा नै नलिइकन नेपाली ओमान र ओमानी नेपालमा आउन पाउँछन् । यो अन्तर्राष्ट्रिय रुपमा महत्वपूर्ण मानिन्छ । यो सम्झौतालाई लिएर नेपाल र ओमान दुवैलाई धन्यवाद पनि दिन चाहन्छु ।’

    त्यसैगरी पछिल्लो समयमा ओमान अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटको रूपमा विकास भइरहेको सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिहरूका लागि ओमानमा हुने भ्रमणहरूमा समेत यस सम्झौताले सहजीकरण गर्ने सम्झौतापछि राजदूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    हस्ताक्षर कार्यक्रमपश्चात आ–आफ्नो धारणा साटासाट गर्दै राजदूत ढकाल र ओमानका परराष्ट्र मन्त्रालयका सचिव अल वहेबिले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामहरूलाई थप गतिशिल र सक्रिय बनाउनु पर्ने विषयमा जोड दिए ।

    उनीहरुले यस अवसरमा कोरोनाको प्रभावका बाबजुद पनि देशहरूले अर्थतन्त्रलाई चलायमान बनाउन सबैले रचनात्मक तथा नवप्रवर्तनात्मक क्रियाकलापमा जोड दिनु पर्ने विचार साटासाट गरेको विज्ञप्तीमा उल्लेख छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal