News Portal

  • मोरङको रंगेली मालपोत कार्यलयका कर्मचारीले अतिरिक्त रुपमा लिएको रकम सहकारीमा आफु खुशी बचत गर्दे

    हिमालीसंचार संवाददाता
    ४०० पटक

    रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिका-७ स्थित रहेकाे भुमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीहरुले दैनिकी ब्यक्तिगत रुपमा रकम जम्म गर्ने गरेको खुलासा भएकाे छ ।  

    सुचना समृद्धि बचत तथा ऋिण सहकारी संस्थाका एक कर्मचारीले दैनिकी दिउँसो ३ बजे देखि ३:३० बजे सम्मकाे समयमा कार्यलयमा प्रवेश गरेर काेठा-काेठामा पुगर उनले पैसा उठाउने गरेको खुलासा भएको हाे। मालपोतका कार्यलय प्रमुख बाहेक ८ जना कर्मचारीहरुले उक्त सहकारीमा दैनिकी ३ सय रुपैयाँ देखि माथि सम्म रकम बचत गर्ने गरेको खुलाशा भएको छ । 

    स्थानीय सहकारी संस्थामा बचत गरेको कुरा नाम नखाेल्ने सर्तमा कल रेकर्डिङ सुरक्षित समेत रहेको छ। उक्त रेकर्डिङमा भनिएकाे छ; “मालपोत कार्यलयमा रजिस्ट्रार फाँटमा जग्गा पास गरेको राजस्व बाहेक ५ सय देखि १ हजार रुपैयाँ सम्म,  कम्पुटर फाँटमा कुनै पैसा नलाग्ने भएता पनि  प्रत्येक लिखत बापत ५ सय रुपैयाँ,  पुर्जा बनाउने ठाउँमा एक रुपैयाँ पनि नलाग्ने ठाउँमा  २ सय रुपैयाँ, कम्पुटर फाँटमा एन्ट्रि गरे बापत कुनै रकम नलागेता पनि ५ सय रुपैयाँ, हाल साबिक गरेको २ सय रुपैयाँ राजस्व भएता पनि ५ सय रुपैयाँ अतिरिक्त रुपमा लिने गरेको समेत उक्त रेकर्डिङमा प्रस्ट भनिएको छ ।  

    सहकारीका कर्मचारी मालपोत कार्यलयमा रकम संकलन गर्न  कार्यालय काेठा-काेठामा पुगे पछि हिमाली संचारले कार्यालयका सबै कक्षहरुमा संग संगै  गएपछि उक्त दिन कसैले रकम जम्मा गरेनन्। मालपोतका एक कर्मचारीलाई प्रश्न साेधिएकोमा किन आज रकम जम्मा नगरेको सर? उनले भने हैन नगरेको। हिजो अस्तित जम्मा गर्ने गर्नु भएको थियोे त? उनको जवाफ तलवबाट गरेको । के सरकारले प्रत्येक दिन तलव पठाउन थालेको छ सर ? उनले केही जबाफ दिएनन् । 

    नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन इकाई समिति रंगेलीका ब्यक्तिहरुबाट कर्मचारीहरुले खुले आम घुस लिएर दैनिक बचत खातामा रकम जम्मा गर्ने गरेका छन । मोरंङको रंगेलीमा मालपोत कार्यलय र नाप कार्यलय २०७१ साल स्थापना भएको थियोे ।  

    अहिले मालपोत कार्यलयका ६ जना कर्मचारीलाई हालसम्म पनि सरुवा गर्ने नसकेको कारणले गर्दा उनीहरुकाे हालिमुहाली समेत भएको पाईएकाे छ ।  सबै लेखापढिका व्यक्तिहरुलाई दुख दिने गरेको र पैसा दिए, तुरुन्तै काम गर्ने र पैसा नदिए नेट बिग्रेको बाहाना समेत बनाउने गरेकाे लेखापढि संघका सदस्यले बताए । 

    संघका सदस्यले भने; “अहिले आफू खुलेर बाेल्ने हाे भने भाेली देखि आफुले लगेको काम समेत नगर्ने गरेको हुनाले उनी मिडियामा आउन चाहेनन् । कर्मचारीहरुलाई तुरुन्तै पैसा दिएमा बिग्रिएकाे नेट समेत संचालन हुने र काम समेत गरिदिने उनले बताए ।  

    कर्मचारीहरुले थप रकम माग गरेपछि लेखनदासहरुले समेत सेवा ग्राहीहरुसंग थप रकम लिएर काम गरिदिने गरेको समेत स्वीकार गरेका छन। मालपोत कार्यलयमा दैनिक जग्गा पास ४० वटा हुने र जग्गाको हाल साविक ८ देखि १० वटा समेत हुने गरेको  छ ।

    कर्मचारीहरुले रंगेलीमा रहेका अन्य सहकारीमा समेत बचत गर्ने गरेको पाईएकाे छ। यसरी सेवा ग्राहीहरुसंग अतिरिक्त रुपमा रकम लिदा समेत अख्तियार आयाेगकाे बेवास्ताका कारण अति बिपन्न सेवा ग्राहीहरु थप समस्यमा परेका छन ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal