News Portal

  • बलात्कारको शिकार भएकी किशोरीको परिवारलाई भेट्न हिँडेका राहुल गान्धी हिरासतमा

    हिमालीसंचार संवाददाता
    ३२२ पटक

    दिल्ली – भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई बिहीवार उत्तर प्रदेशको प्रहरीले हिरासतमा लिएको छ। उनीसँगै रहेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उत्तर प्रदेशको हाथरसमा भएको एक सामुहिक बलात्कारको शिकार भएकी किशोरीको परिवारलाई भेट्न हिँडेका उनीहरुलाई प्रहरीले हिरासतमा लिएको हो।

    प्रहरीले उनीहरुलाई निर्देशन अवज्ञा गरेको अरोपमा यमुना एक्सप्रेसवेबाट पक्राउ गरेको हो। राहुल र प्रियंका गान्धी दिल्लीबाट पीडितको परिवार भेट्न हाथरसतर्फ जानेक्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ।

    राहुलले प्रहरीलाई भीडभाड नगरी हाथरसतर्फ जान चाहेको बताएका थिए तर, भिड बढेको भन्दै प्रहरीले राहुल गान्धी सवार गाडीलाई रोकेको थियो। त्यसपछि उनीहरु हिँडेरै भए पनि हाथरस जान तम्सिएपछि प्रहरीले गिरफ्तार गरेको हो।

    के हो हाथरस घटना ?
    सेप्टेम्बर १४ मा भारतको हाथरस भन्ने स्थानमा १९ वर्षीया एक दलित परिवारकी किशोरीमाथि सामुहिक बलात्कार भएको थियो। बलात्कारपछि उनी खेतमा बेहोस अवस्थामा फेला परेकी थिइन्। उनीमाथि सामुहिक बलात्कार गरेको आरोपमा गाउँका तथाकथित उच्च जातका चार युवा पक्राउ परेका छन्।

    निकै गम्भीर अवस्थामा बेहोस फेला परेकी किशोरीको गत मंगलबार दिल्लीको एक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। निधन भएपछि प्रहरीले उत्तर प्रदेशमा रहेको उनको घरमा शव ल्याएको थियो। प्रहरीले तत्कालै शव जलाउन परिवारसँग आग्रह गर्‍यो तर, परिवारले मानेनन्।

    त्यसपछि प्रहरीले शव एम्बुलेन्समा हालेर लग्यो र परिवारको अनुमति विना नै जलाएको आरोप लागेको छ। यद्यपि प्रहरीले भने पीडित परिवारको अनुमतिमा प्रहरीको रेखदेखमा शव जलाइएको दाबी गरेको छ। स्वयं पीडित परिवारका सदस्यहरु भने आफूहरुले अनुमति नदिएको बताइरहेका छन्।

    अधिकारवादीहरुले भने प्रहरीले यस किसिमको कार्यलाई संवेदनहीन र अमानवीय कार्य भएको बताएका छन्। यसै विषयलाई लिएर अहिले समग्र भारतभर आन्दोलन चलिरहेको छ। यो घटनाबारेको अनुसन्धानमा प्रहरीले उदाशीनता देखाएको पीडित परिवारको आरोप छ।

    १० दिनसम्म पनि यो घटनामा कसैलाई पनि पक्राउ नगर्नुले यो कुरालाई पुष्टि गर्ने उनीहरुको भनाइ छ। त्यसका साथै प्रहरीले आफूहरुलाई नै डर देखाउने र धम्क्याउने काम गरेको पनि पीडितको गुनासो छ।

    भारतका विपक्षी नेताहरुले पनि प्रहरीको यस किसिमको कार्यको निन्दा गरेका छन्। भारतीय कांग्रेसले पनि यो घटनामा प्रहरीको आलोचना गर्दै आएको छ। राहुलले हाथरस पुगेर पीडित परिवारलाई भेट्ने कार्यक्रम बनाएका थिए। यसै क्रममा उनलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो। – बीबीसी

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal