News Portal

  • सुचना प्रकाशित नहुँदै कर्मचारी भागबण्डा भएको पत्र सार्वजनिक भएपछि…

    हिमालीसंचार संवाददाता
    ६७४ पटक

    गोविन्द केसी,यामराज विष्ट/दैलेख – भैरवी गाउँपालिकामा कर्मचारी आवश्यकता सम्वन्धी सुचना प्रकाशन गर्नुपूव नै जनप्रतिनिधि र पार्टीका नेताहरुविच कर्मचारी भागबण्डा गरेको खुलेको छ। गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाको अगुवाईमा केही जनप्रतिनिधि, नेकपा, काँग्रेसका नेताविच कर्मचारी भागबण्डा भएको पत्र खुलासा भएको हो।

    पछि विवाद नहुने गरि सर्वपक्षिय रुपमा कर्मचारी छनौट गरि करारमा भर्ना गर्ने सुचना प्रकाशित गर्ने सहमति भएको पत्र खुलेको हो। असोज ९ गते भएको सर्वपक्षिय बैठकमा करार सेवाका कर्मचारी सम्वन्धी सहमतिमा नरेश विक, प्रेमप्रकाश खत्री, एक शाही, अनिल विक, कार्यालय सहयोगी रमेश रिजाल, कम्यूटर वडा नम्वर ६ नाम खुलाईएको छैन् तर, चयन भईरहेको छ।

    त्यस्तै ल्यावमा खेमराज थापा, महिला विकास कर्मचारी दुई जनाको नाम सार्वजनिक गरिएको छैन् तर, सहमति भईरहेको छ (विवाद हुन्छ भनेर नाम गोप्य राखीएको श्रोतले जानकारी दिएको छ।

    राजेश रिजाल, हेमलाल रिजाल, तेजबहादुर थापा, प्रवीण शाही, कम्प्यूटर अप्रेटर (नाम सार्वजनिक गरिएको छैन् तर, सहमतीमा कर्मचारी छनौट भईरहेको छ) अर्को गाउँपालिका वडा नम्वर ७ को कम्प्यूटर अप्रेटर नाम खुलाईएको छैन्।, खानेपानी टेक्निसियन सहमति पत्रमा नाम खुलाईएको छैन्।

    अनमी एक जना र नरेन्द्र थापा, सुनिल शाहीको नाम कर्मचारी छनौट गर्ने गरि १९ जना कर्मचारी नामावली रहेको सहमति पत्रमा उल्लेख गरेका छन्।

    त्यस्तै सहमति पत्रमा भैरवी गाउँपालिका-७ पानी पोखरा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा १ जना स्वास्थ्यकर्मी (चौथो तह) र १ कार्यालय सहयोगी, ७ नम्वर वडा कार्यालयले आर्थिक भार उठाउने गरि नियूक्त गर्ने गरि गाउँपालिकाले ल्याएमा अनुमोदन गर्ने गरि सहमति गरेको सहमति पत्रमा उल्लेख छ।

    गाउँपालिकाका सिमिति ब्यक्तिहरुवीच गोप्य कर्मचारी छनौट गर्ने भएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले स्विकार गरे। सहमति गरेर पछि कार्यपालिकामा लग्ने त्यहाँबाट अनुमोदन भए विज्ञापन गर्ने योजना रहेको थियो। अध्यक्ष बुढाले भने, कसले हो गोप्य सहमति फोटो खिचेर बाहिर ल्याउनु दुखद कुरा भयो।

     

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal