News Portal

  • पहिरोकाले हरेक वर्ष जग्गा जमिन सधैंका लागि हराउदै

    हिमालीसंचार संवाददाता
    ३४९ पटक

    काठमाडौँ -सिन्धुपाल्चोकको  घटनाले पहिरोलाई एकपटक पुनः सार्वजनिक चासोको विषय बनाएको छ। विगतका तुलनामा यस वर्षको व्यापक र कतिपय स्थानमा अकल्पनीय क्षतिले के प्रस्ट पार्‍यो भने मानवीय क्षतिका साथै पहिरोले पुर्‍याउने आर्थिक सामाजिक मानसिक र वातावरणीय क्षति बढ्दै गएको छ।

    यसपालि देखिएको मुसलधारे वर्षाको शृंखला यदि परिवर्तनोन्मुख जलवायुको पूर्वसंकेत हो भने वर्षाको चरित्रमा हुँदै जाने फेरबदलले आगामी वर्षहरूमा पहिरो, भूक्षय बाढीले गर्ने यस्ता क्षति बढ्दै जानेछ ।हाम्रा लागि ठूलो चिन्ताको विषय हो। त्यसमा पनि कोभिड–१९ ले लामो समयसम्म अर्थतन्त्रमा पार्ने असरको परिप्रेक्ष्यमा यो विषय झनै गम्भीर बनेको छ।

    सामान्यतया मानवीय क्षति वा मुग्लिन–नारायणघाट सडकखण्डमा हुने गरेका आवागमनमा अवरोधजस्ता तत्काल देखिने क्षतिबाट पहिरोको गाम्भीर्य तय गरिन्छ। तर पहिरोले उत्पादन क्षेत्र र स्थानीय वातावरणमा पुर्‍याउने क्षतिले खासै महत्त्व पाउने गरेको छैन।जबकि ती क्षति दूरगामी अर्थ र महत्त्वका हुन्छन्।

    पहिरोले सबैभन्दा बढी र दीर्घकालसम्म प्रभावित हुने गरी क्षति गर्ने उत्पादन क्षेत्र सम्भवतः कृषि हो। किनभने भनिन्छ।हाम्रो जीवन (लाइफ) र विलुप्ति (एक्सटिंक्सन) का बीचमा केही छ भने त्यो हो पृथ्वीको सतहमा भएको छ इन्च बाक्लो माटो र त्यसमा हुने वर्षा जसले हामीले खाँदै आएका प्रायः वस्तु उत्पादन गर्छ।

    पहिरोका कारण पहाडबाट त्यही माटो बर्सेनि नासिँदै जान्छ। पहिरोले खेती भइराखेको जमिन भत्काउनुका साथै तल्लो क्षेत्रका खेतबारीमा ढुंगा र गेग्रान थुपार्दै एकपछि अर्को नोक्सान गर्छ। माटो नासिनु वा बगेर जानु भनेको खानेकुरा बगेर जानु हो। बढ्दो खाद्यान्नको माग धान्न माटोको हैसियत अक्षुण्ण नराखी धर छैन। तर आधुनिक विकासका एजेन्डाहरूको हूलमा भुइँमान्छेले सालिन्दा बेहोर्ने भूक्षयको समस्या क्रमशः दब्दै गएको छ।

    बढ्दो पहिरोका सन्दर्भमा स्थानीय भौगर्भिक अवस्था र वातावरणको अध्ययन नगरी प्राविधिक मानकबिना बनेका सडक नै हाल बढेका पहिरोका कारण भन्न सकिने अवस्था एकातिर छ भने सिन्धुपाल्चोकमा २०७२ को भूकम्प र त्यसपछिका सयौं परकम्पले थर्केको पहाडमा यस वर्ष हिउँददेखि नै केही वर्षा हुँदै आएको र मनसुनका महिनामा औसतभन्दा बढी वर्षा भएकाले बढी क्षति भयो भन्ने प्रारम्भिक बुझाइ अर्कातिर छ।

    फरक स्थिति त्यतिखेर देखियो जब पहिरो जाला भनेर शंकै नगरिएका तनहुँको माझफाँट पर्वतको दुर्लुङ सिन्धुपाल्चोकको घुम्ताङजस्ता स्थानमा समेत मानवीयलगायत घरजग्गा पूर्वाधारमा ठूलो क्षति गर्ने पहिराहरू गए। सडक नबनेको बारेकोटमा पनि पहिरोले नोक्सान गर्‍यो। यसले पहिरोमा काम गर्ने र पहिरोको जोखिम घटाउने प्रयासमा निश्चित जटिलता रहेको देखाउँछ।

    चलनचल्तीमा डाँडामाथिबाट खसेको ढुंगामाटो, लेदोको विभिन्न रूपलाई पहिरो भनेर बुझिए पनि यस वर्ष क्षति पुर्‍याएका पहिराहरूमा देखिएका विविधताले पहिरो एकल विषय नभएर यससँगै जोडिएर आउने विनाशकारी भूक्षय, गल्छी, विश्यारीसमेतको समग्र रूप हो भन्ने प्रस्ट देखियो। जाजरकोटको बारेकोटमा खेती गरिएका गराहरूबाट ससाना तर थुप्रै पहिराबाट क्षति पुग्यो भने, सिन्धुपाल्चोकको लिदीमा गाउँमाथि रहेको पोथ्रापोथ्री र केही खेती गरिएको पाखोको एक भाग भत्केर आएको लेदोमिश्रित माटोले घरहरू पुर्‍यो।

    पर्वत र तनहुँमा भएको क्षतिमा गाउँमाथिको वनबाट बगेर आएको ठूलो मात्राको लेदोले नोक्सान गर्‍यो। म्याग्दीमा सडक खन्दा निस्केको माटो गल्छीहरूमा अव्यवस्थित किसिमले छाडिएकाले वर्षासँगै बगेर आउँदा क्षति भयो। बागलुङमा पहिरोका साथै पहिरोले ठाउँठाउँमा खोला थुनिएर बनेको ताल फुटेर आएको विश्यारीले सर्वनाश गर्‍यो। अछाम र बझाङमा पनि विश्यारीकै प्रकृतिका घटना भए।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal