News Portal

  • नेकपाका नेता कँडेलले प्रतिपक्ष सरह सेवासुविधासहित दोब्बर सुविधा लिदै आएको सामाचार आएपछि बाध्यभएर सेवा सुविधा फिर्ता गरे !

    हिमालीसंचार संवाददाता
    ४०१ पटक

    सुर्खेत – कर्णाली प्रदेशसभा सदस्य एवम नेपाल कम्युनिस्ट पार्टीका नेता यामलाल कंडेलले प्रदेश सरकारले उपलब्ध गराएको सेवा सुविधा फिर्ता गर्नुभएको छ। नेता कंडेलले प्रदेशसभा सचिवालयलाई एक पत्र लेख्दै प्रदेश सरकारको निर्णय अनुसार पाएको सेवा सुविधाको फिर्ता गदै प्रदेशसभा सदस्यको हैसियत पाउने सुविधा मात्र उपलब्ध गराउन माग गर्नुभएको छ।

    प्रदेश सरकारको २०७५ असार १६ गतेको निर्णय अनुसार सेवा सुविधा लिइरहेकोमा आर्थिक वर्ष २०७७ साउन देखी प्रदेशसभा पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन अनुसार मात्र सेवा सुविधा उपलब्ध कडेलले आग्रह गर्नुभएको छ।

    कर्णाली सरकारको असार १६ गते मन्त्रीपरिषदको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रीले प्रस्ताव गरेको प्रदेशसभा संसदीय दलका पूर्व नेता यामलाल कंडेललाई विपक्षी दलको नेता सरहको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो।

    तत्कालीन नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका कंडेलले सरकारको निर्णय अनुसार आफूले आंशिक मात्रै सुविधा लिएको बताउनुभएको थियो।

    यस्तै, कर्णाली प्रदेशका ३३ जना सांसदले तलब लिए बापत राज्यलाई तिर्नुपर्ने करसमेत तिरेका छैनन्। महालेखाको प्रतिवेदन अनुसार ३३ जना सांसदले १४ लाख ६६ हजार करकट्टी नगरेको पाइएको हो। त्यस्तै प्रदेश सांसद यामलाल कँडेलले लिएको ८ लाख ४५ हजार रुपैयाँ पनि नियम विपरित देखिएको छ।

    प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा तोकिए भन्दा उनले दोब्बर सुविधा लिएको भन्दै महालेखाले बेरुजु भनेको छ। २०७५ साउन १६ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णयअनुसार कडेललाई प्रतिपक्ष दलको हैसियत बराबरको सुविधा दिइएको थियो।

    ऐन अनुसार कँडेलले बार्षिक ८ लाख ४५ हजार रुपैयाँ पाउनुपर्छ तर मन्त्रीपरिषदले गरेको निर्णय अनुसार उहाँले थप ८ लाख २० हजार रुपैयाँ लिनुभएको छ। जसलाई महालेखाले बेरुजु देखाएको छ।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal