News Portal

  • द्वन्द्वपीडित कविराम खड्काको प्रेरणादायक संघर्षको कथा !

    ३४९ पटक

    नगेन्द्र उपाध्याय/सुर्खेत – जिल्लाको भेरीगंगा नगरपालिका-६ घारीवनका कविराम खड्काको सेनामा भर्ती भएर देशको सेवा गर्ने लक्ष्य थियो। २१ वर्षको उमेरमै उनी सेनामा भर्ना हुन तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर पुगे। सेनामा भर्ती हुनका लागि उनी वीरेन्द्रनगरस्थित इत्राम चोकमा आवेदन फारम भर्दै थिए, गोलीको वर्षा सुरु भयो।

    सेनामा भर्ती हुने सपना देखेका उनका ३ जना साथीले ज्यान गुमाए। कविराम जीवनभरलाई अपाङ्ग भए। सुरुमा कहाँबाट कस्ले गोली चलायो थाहा नै भएन,’ कविरामले भने, ‘होसमा आउँदा तत्कालिन विद्रोही माओवादीले गोली चलाएको थाहा भयो। माओवादीको गोलीबाट घाइते भएका कविरामलाई सेनाले सुर्खेत अस्पताल पुर्‍यायो। त्यहाँबाट थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके हुँदै ३ महिना त्रिभुवन शिक्षण अस्पताल काठमाडौंको बेडमा बस्नुपर्यो।

    डाक्टरले शरीरमा भएका गोली निकाल्दा ज्यान जान सक्ने बताएकाले उनी अहिले पनि शरीरमा गोली बोकेरै बाँचिरहेका छन्। उपचारका लागि गाउँबाट चन्दा उठाएर सहयोग मागेको उनले बताए। ‘गाउँमा आएर सबैबाट चन्दा उठाउन थाले, सबैले सहयोग गरे,’ उनले भने, ‘सामुदायिक वनले ३० हजार सहयोग गर्‍यो, एक लाखमा घरबारी बेचेर शरीरमा भएका गोली निकाले, रकम अभाव भएपछि शरीरका टाँका छिन्चुमा काटेको हो।’

    ‘रकम अभावका कारण सुरुमा हामीले निजीमा गएर उपचार गराउन सकेनौँ,’ उनले भने, ‘केही रकमको जोहो गरेर भारतको लखनउ गई उपचार गरे, करिब साढे ३ लाखमा शरीरमा भएका सबै गोलि निकाले, अस्पताललाई दिने ४ हजार नभएर पछि दिने अनुरोध गरी फर्कियौँ।

    डाक्टरले ४ महिना बेड रेष्टको लागि भन्नुभो तर, रकम अभावमा उनी फर्किए। उनको तल्लो शरीरले काम गर्दैन। ह्वीलचेयरमै बसेर उनी महिनाको ४० हजार बढी कमाउँछन्। घरमै खुद्रा तथा खाद्यान्न पसल छ। कुटानीपिसानी मिल छ। ६ हजारबाट सुरु गरेको व्यवसाय अहिले ५० लाख माथिको छ। ५ हजार ७ सयबाट व्यापार सुरु गरेको हुँ,’ उनले भने, ‘अहिले पुँजीनै ५० लाखभन्दा धेरै छ।

    नेपाली सेना हुन नपाएपनि देशप्रतिको मायामा कहिल्यै कमि भएन। खाटकै खुट्टामा पांग्रा जोडेर उनी पसल चलाउँछन्। ह्वीलचेयरको सहायताबाट मिल सञ्चालन गर्छन्। मिलबाट मात्र मासिक १५ हजार रुपैयाँ बढी आम्दानी भइरहेको छ।

    ‘गाउँमा रहेका ८०/९० घरपरिवारको अन्न पिस्ने, पेल्ने र कुट्ने गरिरहेको छु,’ उनले भने, ‘गाउँको सेवा पनि हुने, आम्दानी पनि हुने भएकोले यो बहुउपयोगी माध्यम बनेको छ।’ उनको खड्का पशुपंक्षी फर्ममासमेत यसैबाट चारो तथा दानाहरु उत्पादन गर्दछन्।

    उनको सबै कारोबार मात्र करिव अढाई लाख हुन्छ। ‘पसलबाट मात्र मैले एक लाख बराबरको कारोबार गर्छु,’ उनले भने, ‘परिवारको खर्चदेखि छोराछोरीलाई भेटेरीनरी पढाउने सबै आम्दानी यसैबाट भइरहेको छ।’

    घरका सदस्यको सहयोगमा उनी मिल मात्र हैन, आफूले पालेका कुखुराको पनि संभार गर्ने गरेका छन्। भेरीगंगा नगरपालिका पशु विकास शाखामा कार्यरत प्राविधिक विष्णु ढकालको सल्लाहमा पालेका बट्टाई, कुखुरा, बाख्रा तथा अन्य पशुहरुको उपचार गर्छन्। विष्णु सरले राम्रो सल्लाह दिनुहुन्छ, फोनबाटै सल्लाह लिन्छु,’ उनले भने, ‘हालसम्म पशु प्राविधिकहरु घरमै आउन परेको छैन।’ पालेका पशुपंक्षी घरबाटै बिक्री हुन्छन्। उनले बट्टाई र कुखुराको माग अत्याधिक भएपनि पुर्याउन नसकिएको बताए।

    दुई सयको माग आएमा १ सय मात्र दिईरहेको छु, माग बमोजिम बजारमा सप्लाई गर्न सकिएको छैन,’ उनले भने, ‘बजारलाई स्थानीय उत्पादननै पुर्‍याउने कोशिष जारी छ। अहिले उनको घरमा ५ सयबढी कुखुरा, ४ सय बढी बट्टाई छन्।

    करिव १ हजारको संख्यामा बट्टाईका चल्लाहरु उत्पादन भइरहेका छन्। उनको घरबाटै बधिया भाले प्रति किलो १ हजार रुपैयाँका दरले बिक्री वितरण भइरहेको छ। अन्यलाई ७ सय रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको हुन्छ। उनले बाख्रापालन कार्य विस्तार गर्ने प्रयोजनले विभिन्न घाँसबालीहरु विस्तार गरिरहेका छन्। हाल उनले अण्डा ह्याचरिङ्ग गर्ने मेसिनसमेत ल्याएका छन्। जसबाट हप्तामा करिव १ सय हाराहारीमा चल्लामात्र विक्री गर्दछन्।

    सत्य निरुपण तथा मेलमिलाप आयोगले २०७३ बैशाख २० मा उनको मुद्धा लियो। अहिलेसम्म कुनै राहत, क्षतिपूर्ति भने पाएनन्। राज्यले द्वन्द्वकालका घाइते तथा अपाङ्गहरुका लागि क्षतिपूर्ति दिने भनेपछि विवरण लेखायौं,’ उनले भने, ‘अहिले त आयोग पनि छ/छैन, पत्तो छैन।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal