News Portal

  • झापाली समाज अमेरिकाको प्रथम अधिवेशन सम्पन्न

    हिमाली संचार संवाददाता
    २४६ पटक

    वासिङ्टन – अमेरिकाको विभिन्न राज्यमा छरिएर वसेका झापालीहरूलाई संगठित गरी आपसमा भाईचारा र बन्धुत्वको सम्वन्ध कायम गर्दै आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित गरी झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ गठन भएको झापाली समाज युएसएको प्रथम अधिवेशन “शिक्षामा सबैको पहुँचको लागि सामुहिक योगदान, एक व्यक्ति एक विद्यार्थि हाम्रो अभियान”का साथ भब्य रूपमा सम्पन्न भएको छ।

    प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रमुख अतिथिको रूपमा झापाली समाज युएसएको भर्चुअल अधिवेशनको उद्घाटन भएको घोषणा गर्दै समाजले गर्न लागेको शैक्षिक अभियानको प्रशंसा गर्नुभयो।

    साथै प्रदेश सरकारले आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो। सभामा विशेष अतिथि नेेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले समाजको यो अभियानले शैक्षिक क्षेत्रको सुधारमा महत्वपूर्ण योगदान रहने वताउनु भयो। साथै समाजलाई यो अभियान झापामा मात्र सिमित नगरी २ नं. प्रदेश र कर्णाली प्रदेशका केही जिल्लामा पनि शुरू गर्न आग्रह गर्नुभयो।

    नेपाल सरकारका पूर्व मुख्य सचिव डा. भोजराज घिमिरेले अधिवेशनको सफलताको कामनाको शन्देश पठाउँदै समाजको ‘एक व्यक्ति एक विद्यार्थी’ अभियानको प्रसंसा गर्दै एकजना विद्यार्थीलाइ उच्च मा.वि. तहसम्म अध्ययन गर्न सहयोग पुर्याउने जानकारी दिनुभयो। साथै यो अभियान वीचैमा नरोकियोस् भन्दै यसको निरन्तरताका लागि गम्भिर बन्न आग्रह गर्नुभयो।

    नेपाल बारका पूर्व केन्द्रीय उपाध्यक्ष तथा झापा विकास मञ्चका अध्यक्ष वरिष्ट अधिवक्ता हरिप्रसाद उप्रेतीले यो अभियान अत्यन्त प्रशंसनीय भएको र झापा विकास मञ्च यो अभियानमा एक साझेदारीको रूपमा सँगै काम गर्न तयार रहेको जानकारी दिनुभयो।

    त्यसैगरी जिल्ला सहकारी संघ, झापाका अध्यक्ष गणेश ढकालले यो अभियानले जिल्लाको शैक्षिक क्षेत्रको सुधारमा उल्लेखनीय योगदान पुर्याउने र जिल्ला सहकारी संघले यो अभियानमा एक स्थानीय साझेदारको रूपमा निश्पक्ष र पारदर्शी रूपमा काम गर्दै लक्षित समुदायसम्म यो अभियानलाइ पुर्याउने वचनवद्धता व्यक्त गर्नुभयो।

    अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रीय अध्यक्ष छत्र सुब्बा (हङकङ) र संरक्षक दिनेश पोखरेल (अष्ट्रेलिया) दुवैले यो शैक्षिक अभियान अमेरिकाले शुरू गरेको भए पनि अन्तर्राष्ट्रिय झापाली समाजकै अभियानको रूपमा रहेको र संसारभर रहेका झापालीहरूलाइ यो अभियानमा सामेल गराउने वताउनु भयो।

    सभामै अझासका वरिष्ट उपाध्यक्ष दिपक खनाल (अष्ट्रेलिया)ले एक जना विद्यार्थीलाइ उच्च माध्यमिक तहसम्मको अध्ययनमा सहयोग पुर्याउने प्रतिवद्धता जाहेर गर्नुभयो। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले शैक्षिक संस्थामा हुने राजनीति बन्द भए आधा शैक्षिक क्षेत्रको समस्या समाधान हुने विचार व्यक्त गर्नुभयो।

    साथै आफूले यो अभियानमा सक्दो सहयोग गर्ने वचनबद्धता जाहेर गर्नुभयो। संसारभर रहेका झापाली समाजका राष्ट्रिय समितिहरूको तर्फबाट शुभकामना दिँदै युएइका राष्ट्रिय अध्यक्ष अशोक चापागाँइ (दुवइ)ले यो अभियानमा झापाली समाज युएइले पनि साथ दिने बताउँदै झापाली समाज युएइले नेपालमा रू.१५ लाखको अक्षयकोष शैक्षिक क्षेत्रको सुधारमा सहयोग गर्ने गरी स्थापना गरिसकेको जानकारी दिनुभयो।

    सभालाइ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मा, अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार डा.शम्भु ढुंगाना, ए.एन.ए.का अध्यक्ष खगेन्द्र अधिकारी, झापाली समाज युएसएका सल्लाहकार तथा मिशन रिविल्ड नेपालका अध्यक्ष डा. मदन उप्रेती, सल्लाहकार प्रा. डा. गोपी उप्रेती, एनआरएन आइसीसी सदस्य यमुना भट्टराइ, इन्जाको अध्यक्ष गुणराज लुइँटेल, नेपाल पोलिसि इन्स्टिच्यूटका संस्थापक तथा युएनका रिटार्यड अफिसर केदार नेउपाने (स्वीजरलेन्ड), आइसिए नेपालका संस्थापक अध्यक्ष डा. तत्वप्रसाद तिम्सिना, झापा समाज, काडमाण्डाैका अध्यक्ष डा.आनन्द श्रेष्ठ, अझासका सल्लाहकार मेघराज नेपाल (जापान) आदिले सम्वोधन गर्नुभएको थियो।

    मुकुन्द ढुंगानको सभापतित्वमा, नीलम विमलीले संचालन गर्नु भएको उक्त समारोहमा शैक्षिक अभियानको बारेमा असिस्टेन्ट प्रोफेसर डा.भेषराज मैनाली र जिल्लामा स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामको बारेमा डा.खगेन्द्र दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

    दोस्रो दिन भएको बन्द सत्रमा डा. शम्भु ढुंगानाले प्रस्तुत गर्नुभएको विधान संशोधन मस्याैदालाइ परिमार्जन सहित पारित गरेको थियो। सभाले समाजका महासचिव निलम विमलीले प्रस्तुत गर्नुभएको संगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष डिल्ली थापाले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको थियो।

    प्रा.डा.गोपीनाथ उप्रेती अध्यक्ष, डा. शम्भु ढुंगाना र खगेन्द्र अधिकारी रहेको निर्वाचन समितिले मुकुन्द ढुंगाना (भद्रपुर)को अध्यक्षतामा क्रमशः वरिष्ठ उपाध्यक्ष यमुना भट्टराइ (दमक), उपाध्यक्षहरू सीता पाण्डे (गाैरादह), प्रदिप तिम्सिना (भद्रपुर), नारायण शिवाकोटी (देउनीया), नविन पोखरेल (बुधवारे), महासचिव निलम विमली (सुरूंगा), सचिव युवराज खतिवडा (शिवगञ्ज), कोषाध्यक्ष युवराज खनाल (बिर्तामोड), सदस्यहरू डा.भेषराज मैनाली (चकचकी), डा.लीला खतिवडा (शिवगञ्ज), खगेन्द्र दाहाल (सुरूंगा), कविन्द्र सिटैाला (चारपाने), टीका पाैडेल (गाैरादह), प्रसन्न संग्राैला (कांकरभिट्टा), मोहन निराैला (दमक), मञ्जु संग्राैला (बुधवारे), डिल्ली थापा (धुलावारी), बेद बस्नेत (दमक), दिपक पाण्डे (गरामुनी), विकास उप्रेती (धुलावारी), सावित्रा ओली भण्डारी (गाैरादह), कृष्ण खतिवडा (गरामनी), मोहन उप्रेती (शिवगञ्ज) र डा. पर्शुराम दाहाल (भद्रपुर) रहेको २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गर्नुभयो।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal