News Portal

  • अन्तर्राष्ट्रिय उडान थप गर्न नेपाली समाज युएई लगायत ४४ संस्थाको अनुरोध

    हिमाली संचार संवाददाता
    २४२ पटक

    यूनाईटेड अरब ईमिरेट्स -यूएईको पहिलो तथा स्थापित संस्था नेपाली समाज युएईले नेपाल सरकारलाई अन्तर्राष्ट्रिय उडान संख्या बढाउन माग गरेको छ । नेपाली समाज युएईमा आवद्ध कृयाशील ४४ सामाजिक संस्थाहरुले एक ज्ञापनपत्र सार्वजनिक गर्दै दैनिक ५ वटा हवाई उडान हुनु पर्ने माग गरेका छन् ।

    यूएईमा रहेका ४४ सँघसंस्थाको तर्फबाट नेपाली समाज, यूएईले सम्माननीय प्रधानमन्त्री केपी ओलीलाई एक ज्ञापनपत्र लेख्दै उक्त माग राखेको हो । समाजका अध्यक्ष गोबिन्द ढकाल र महासचिव बेदप्रसाद अर्यालद्वारा हस्ताक्षर गरी प्रेषित पत्रमा सामान्य अवस्थामा दैनिक ४ सय उडान हुने मुलुकबाट नियमित उडानको नाममा १८ वटा मात्र उडान हुनु हात्तीको मुखमा जीरा भएको जिकिर गरेका छन् ।

    चार लाख भन्दा बढी नेपालीहरु रहेको यूएईमा ५० हजार भन्दा बढीले नेपाल फर्कन चाहेको बताईएको छ । १५ हजार भन्दा बढी नेपालफर्किएको र हाल ३५ हजार नेपाली नेपाल जान नपाएर अलपत्र परेको जनाईएको छ ।

    यूएईमा आम माफीको समय पनि सकिन लागेकोले कम्तिमा मासिक १ सय ५० उडान हुनु पर्ने नेपाली समाजका महासचिव बेद प्रसाद अर्यालले बताए ।

    नेपाली दुताबास अबुधावी मार्फत प्रेषित गरिएको पत्रमा पर्यटन मन्त्री र श्रम मन्त्रीलाई समेत सम्बोधन गरिएको छ भने यूएईमा रहेका ४४वटा संस्थाका अध्यक्षहरुले पनि संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

    अस्टर क्लिनिकमा सस्तोमा पिसिआर

    युएईबाट नेपाल फर्किने सबै यात्रुहरुले अनिवार्य पिसिआर नेगेटिभ रिपोर्ट साथमा लानुपर्ने भएपछि महगो दरमा परिक्षण गर्न बाध्य नेपालीहरुलाई अस्टर क्लिनिकले १९० दिराममा रिपोर्ट प्रदान गर्ने सहमति भएको छ ।
    नेपाल एयरलाइन्सका यात्रुहरुलाई सहज दरमा पिसिआर परिक्षण गर्ने व्यवस्था नेपाली समाज युएईको पहलमा भएको महासचिव वेदप्रसाद अर्यालले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal